अन्तर्राष्ट्रिय 🗺

संयुक्त राष्ट्रसङ्घद्वारा सबै प्रकारका समस्याहरुको हल गर्न सुडान र इथियोपियालाई आग्रह

संयुक्त राष्ट्रसङ्घ, १५ असार । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले शान्तिपूर्ण माध्यमबाट सबै प्रकारका समस्याहरुको हल गर्न सुडान र इथियोपियालाई आग्रह गरेका छन् । उनले पछिल्ला दिनहरुमा सुडान र इथियोपियाका अधिकारीहरुका बीचमा बढ्दै गएको तनावलाई कम गर्ने विषयमा काम गर्न ती दुई देशलाई आग्रह गरे। उहाँका प्रवक्ता स्टेफान डुजारिकले मङ्गलबार प्रकाशन गर्नुभएको एक विज्ञप्तिमा भन्नुभएको छ–आपसमा कुनै पनि तनाव नबढाउँ, शान्तिपूर्ण माध्यमबाट पनि सबै प्रकारका समस्याको समाधान खोज्न सकिन्छ । हालैमात्र यी दुई देशको सीमा क्षेत्रमा भएको विवादमा परेर सुडानी सैनिक… पुरा पढौ

भारतमा १४ हजार ५ सय भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली, १५ असार । मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३४ लाख ३३ हजार ४५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा ३० जनाको मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ७७ जनाको मृयु भएको छ । हाल भारतमा ९९… पुरा पढौ

पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन

बर्लिन, १५ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । यदि पुटिन एउटी महिला भएको भए, उनी स्पष्ट रूपमा होइनन्, तर यदि उनी भएको भए, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए, जोनसनले मंगलबार साँझ जर्मनीमा भनेका छन् । युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि उनले बताए । मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभन्दा राम्रो रणनीतिक… पुरा पढौ

कोलम्बिया जेल दङ्गाः एकाउन्न जनाको मृत्यु

बोगोटा, १५ असार । पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ । कारागारका कर्मचारीले गद्दाबाट फैलिएको आगो निभाउने प्रयत्न गरेका थिए तर त्यो विशालरूपमा फैलिएकाले उनीहरूले अग्नि नियन्त्रकहरूको आगमनको प्रतीक्षा… पुरा पढौ

युक्रेन युद्धले पूर्वी युरोपमा बिआरआई प्रभावित

बेइजिङ्, १५ असार । रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी युद्धका कारण अधिकांश मध्य र पूर्वी युरोपेली (सिइई) देशहरू चीनलगायत विदेशी शक्तिहरूबाट सतर्क हुन थालेकाले चीनको ‘१७+१ पहल’ गम्भीररूपमा प्रभावित भएको छ । सन् २०१२ मा चिनियाँ विदेश मन्त्रालयले चीन र मध्य तथा पूर्वी युरोपेली ( सिइई) देशहरूबीचको व्यापार र लगानी सम्बन्धलाई प्रवद्र्धन गर्न गठन गरेको थियो । सिइई सरकारको मनोवृत्तिमा असहजता महसुस गरेपछि चीनले रूस–युक्रेन द्वन्द्वसम्बन्धी अस्पष्ट… पुरा पढौ

अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

काबुल, १४ असार । अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार आइपुगेको हो । चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री सोमबार नै अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । पहिलो खेपमा प्राप्त सामग्रीमा त्रिपाल, लत्ताकपडा, खाद्यान्न तथा औषधि छन् । अफगानिस्तानका लागि चीनका राजदूत वाङ युले राहत सामग्री तालिबान सरकारका प्रकोप व्यवस्थापनसम्बन्धी कार्यबाहकमन्त्री गुलाम घवासलाई हस्तान्तरण गरेका हुन् । काबुल विमानस्थलमा नै एक कार्यक्रमको आयोजना गरेर ती सामग्रीहरु हस्तान्तरण गरिएको हो ।… पुरा पढौ

सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी

खार्तुम, १४ असार । सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ । केही समयअघि इथियोपियामा सात जना सुडानी सैनिकको हत्या भएको विषयलाई लिएर सुडान सरकारले सोमबार सो निर्णय गरेको हो । सुडान सरकारका प्रवक्ताका अनुसार उक्त विषयमा यहाँस्थित इथियोपियाली राजदूतलाई बोलाएर सुडानले जानकारी दिइसकेको छ । सुडानले पनि अदिसअबाबाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । सुडानले लामो समयदेखि नै आफ्ना सैनिक र एक सर्वसाधारणको हत्याको छानबीन गरी त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै… पुरा पढौ

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

म्युनिख, १४ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिएका छन् । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै शत्रुताको तत्काल अन्त्य हुनुपर्ने र वार्ता र कूटनीतिको बाटो रोजेर समाधानमा पुग्नुपर्नेमा जोड दिएका’ भारतका विदेश सचिव विनयमोहन क्वात्राले बताए । युद्धले पूर्वी युरोपमाका साथै अन्य स्थानमा खाद्य सुरक्षामा परेको प्रभावको चर्चा गर्दै शान्ति प्रवद्र्धन एवम् द्वन्द्वको अन्त्य हुनुपर्ने प्रधानमन्त्री मोदीले जी सेभेन नेताहरूलाई बताएका… पुरा पढौ

भारतमा विपक्षी दलले गर्याे राष्ट्रपति पदका लगी उम्मेदवारी दर्ता

नयाँ दिल्ली, १३ असार । भारतमा आसन्न राष्ट्रपतीय निर्वाचनका लागि विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको प्रस्तावमा यसवन्त सिंहले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उनको उम्मेदवारीका लागि संसद भवन गएका बेला काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी, राष्ट्रवादी काँग्रेस पार्टीका प्रमुख शरद पवार, समाजवादी पार्टीका प्रमुख अखिलेश यादव, जम्मु एण्ड काश्मिर नेश्नल कन्फेरेन्सका प्रमुख फारुक अब्दुल्लाह, तेलङगना राष्ट्र समितिका नेता तथा तेलङ्गनाका मन्त्री के टी रामा राओलगायतको उपस्थिति रहेको थियो ।… पुरा पढौ

स्पेन र मोरक्कोको सीमा क्षेत्रमा हालै भएको हिंसाको अनुसन्धान गर्न माग

नैरोबी, १३ असार । अफ्रिकी युुनियनले स्पेन मोरक्को सीमामा मारिएकाहरुको छानबीनका लागि आयोग बनाउन माग गरेको छ । अफ्रिकी युनियन कमिसनका प्रमुखले सो माग गरेको समाचारमा जनाइएको छ । मोरक्कोबाट स्पेनका लागि सीमा क्षेत्र पार गर्ने क्रममा त्यहाँ उपस्थित भएका अफ्रिकी नागरिकहरुमाथि हिंसात्मक हमला भएको र मारिएका सो युनियनले जनाएको छ । अफ्रिकी युनियन कमिसनका प्रमुख मोउसा फाकी माहमतले सो माग गरेका हुन् । उनले हालैमात्र मोरक्कोको सीमा क्षेत्रबाट स्पेनतर्फ जाने क्रममा २३ जना अफ्रिकी नागरिकको ज्यान गएको भन्दै यसको… पुरा पढौ