अन्तर्राष्ट्रिय 🗺

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन कोरोना सङ्क्रमित

वासिङ्टन, ५ असार । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई शनिबार कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनका अनुसार, ४५ वर्षीय सुलिभानमा सङ्क्रमणको लक्षण देखिएको छैन र उनी अमेरिकी राष्ट्रपति जो बिडेनसँग नजिकको सम्पर्कमा छैनन्। सङ्क्रमित हुने उनी बाइडेन प्रशासनका पछिल्लो सदस्य हुन् । जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्याङ्क अनुसार संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड ६० लाख कोभिड-१९ का घटनाहरू र १० लाखभन्दा बढीको मृत्यु भएको छ। पुरा पढौ

मोदीको मातृभक्तिः आमाको खुट्टा धोएर लिए आशीर्वाद

गान्धीनगर (गुजरात), ४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । “आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,”उनले आज बिहानै ट्विट गर्दै भनेका छन् । तीन महिनाअघि उनले आफ्नी आमालाई भेटेका थिए । हीराबेन मोदीको जन्म शतवार्षिकीका अवसरमा आजै गान्धीनगरको एउटा सडकलाई अब हीराबेन मोदी मार्ग नामकरण गरिने नगरप्रमुख हितेश मवानले… पुरा पढौ

‘पद्मा पुल बिआरआईको हिस्सा होइन’ : बंगलादेश

ढाका, ४ असार । बङ्गलादेशले पद्मा पुल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ ९बिआरआई०को हिस्सा नभएको स्पष्ट पारेको छ । विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पद्मा बहुद्देशीय पुलमा विदेशी लगानी नरहेको स्पष्ट गरेको हो । पद्मा बहुद्देशीय पुल पूर्णरूपमा बङ्गलादेश सरकारको लगानीमा बनाइएको र त्यसमा कुनै पनि द्विपक्षीय वा बहुपक्षीय निकायबाट आर्थिक लगानी नरहेको विदेश मन्त्रालयले जनाएको छ । बिआरआई र विदेशी लगानीमा पुल बनाइएका समाचार सार्वजनिक भएपछि बङ्गलादेश सरकारले त्यसको खण्डन गर्दै वास्तविकता जनसमक्ष प्रस्तुत गरेको हो ।… पुरा पढौ

पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालन गर्ने चिनियाँ अनुरोध इस्लामावादद्वारा अस्वीकार

इस्लामावाद, ४ असार । चीनले पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालनका निम्ति गरेको अनुरोधलाई इस्लामावादले अस्वीकार गरेको छ । चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी खोल्न गरेको अनुरोधप्रति आपत्ति जनाउँदै इस्लामावादले त्यसलाई अस्वीकार गरेको हो । गृहमन्त्री राणा सनाउल्लाहले पाकिस्तानमा कुनै पनि देशले सुरक्षा कम्पनी स्थापना गर्न नसक्ने बताएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानमा रहेका आफ्ना नागरिकहरूमाथि बढ्दो आक्रमणलाई दृष्टिगत गर्दै चीनले यहाँ सुरक्षा कम्पनी खोल्न चाहेको बताइएको छ । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) परियोजनाअन्तर्गतका ग्यास पाइपलाइन र विद्युत्… पुरा पढौ

पूर्वी युक्रेनमा मानवीय अवस्था ‘अत्यन्तै डरलाग्दो’: राष्ट्रसंघ

कीभ, ३ असार । संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था "अत्यन्तै डरलाग्दो" रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ। "युद्ध शुरु भएको झण्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था - विशेष गरी पूर्वी डोनबासमा-अत्यन्तै डरलाग्दो छ । यो अवस्था तीव्ररूपमा बिग्रँदै गएको छ," संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ। पुरा पढौ

सोमालियामा खाद्यान्न अभाव भएका क्षेत्रमा राष्ट्रसङ्घीय एजेन्सीद्धारा उद्धार सुरु

सोमालियमा केही समयदेखि खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न भएको खाद्यान्नको अभावको समस्या समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले एक न्यूनतम सहयोग कार्यक्रम सुरु गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरु विश्व खाद्य कार्यक्रम, युनिसेफ इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन, आइओएम र यी एजेन्सीहरुका सहयोगी दाता निकायहरु समेतको सहभागितामा यो न्यूनतम सहयोग तथा उद्धार कार्यक्रम सुरु गरिएको बताइएको छ । विश्व खाद्य कार्यक्रमका निर्देशक अल खिदर दालोमले यहाँका नागरिकमा खडेरीका कारण ठूलो समस्यामा परेका, भोकमरीका कारण उनीहरु विस्थापित भएका भन्दै मानवीय सहायता स्वरुप… पुरा पढौ

श्रीलङ्काका प्रधानमन्त्रीले आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्ने

कोलम्बो, ३ असार । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन्। विक्रमासिङ्घेले वर्तमान आर्थिक अवस्थाबारे छलफल गर्न बिहीबार राति भेटेका सांसद्हरूबाट प्रस्ताव र सुझाव लिएर यो रोडम्याप बनाइने बताए । बिहीबार राति अर्थ मन्त्रालयका सचिव महिन्दा सिरिवर्द्धनाले वर्तमान आर्थिक सङ्कटबाट बच्न सरकारको अल्पकालीन र मध्यकालीन रणनीतिबारे सांसद्हरूलाई जनाकारी दिए। पछिल्लो समय श्रीलङ्का स्वतन्त्र भएपछि सबैभन्दा गम्भीर आर्थिक सङ्कटको सामना गरिरहेको छ । देशको सरकारी इन्धन वितरक सिलोन पेट्रोलियम कर्पोरेशनले… पुरा पढौ

रूसको प्यासिफिक फ्लीटले फिलिपिन्स सागरमा प्रशिक्षण गर्दै

भ्लाडिभोस्टक, ३ असार । रुस प्यासिफिक फ्लीटको एक टुकडी फिलिपिन्स सागरमा प्रवेश गरेको छ । विमान विरोधी प्रशिक्षण गतिविधिहरू साथै नक्कली शत्रुको पनडुब्बीहरूको खोजीमा संलग्न रहेको फ्लीटको प्रेस सेवाले शुक्रबार जनाएको छ । तालिममा प्यासिफिक फ्लीटका नौसेना र उड्डयन टोली बीच अन्तरक्रिया पनि हुनेछ । तालिम, जसमा कमाण्ड शिप मार्शल क्रिलोभ, फ्रिगेट मार्शल शापोश्निकोभ, कर्भेट्स र ठूलो एन्टि-सबमरिन जहाज एडमिरल प्यान्टेलिभ युद्ध जहाजहरू समावेश छन् । प्यासिफिक फ्लीटको योजनाबद्ध लडाइँ प्रशिक्षणको हिस्सा पनि हो । पुरा पढौ

मलेसियामा २४ घन्टामा २ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण, पाँचको मृत्यु

क्वालालम्पुर, ३ असार । मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ । यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार यहाँ गएको २४ घन्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्ममा कोरोना भाइरसको सङ्क्रमणबाट मात्र ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ । मलेसियाका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिले करिब २५ हजार जनाजति सक्रिय संक्रमितहरु… पुरा पढौ

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

नयाँ दिल्ली, २ असार । भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् । बुधबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । यस वर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए । गत बुधबार भारतमा आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ । यसमध्ये ५८ हजार २१५… पुरा पढौ