अन्तर्राष्ट्रिय 🗺

राष्ट्रसङ्घीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

संयुक्त राष्टसङ्घ, ३० जेठ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा यमनमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको संयुक्त राष्टसङ्घीय महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका हुन् । उनीहरूबीच इरानी आणविक सम्झौतका विषयमा पनि आवश्यक छलफल भएको समाचारमा जनाइएको छ । त्यस अवसरमा महासचिव गुटर्रेसले हाल यमनमा जारी रहेको भनिएको शान्ति वार्ताका लागि इरानले गरेको सहयोगका लागि इरानलाई धन्यवाद पनि दिएको समाचारमा जनाइएको छ… पुरा पढौ

अफगानिस्तानद्धारा साउदी अरेबियाको सहयोगको स्वागत

काबुल, ३० जेठ । अफगानिस्तानले साउदी अरेबियाको सहयोगको स्वागत गरेको छ । साउदी अरेबियाले हालै अफगानिस्तानलाई ३ करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको थियो । सो सहयोगप्रति अफगानिस्तानको सरकारले स्वागत व्यक्त गरेको हो । अफगानिस्तानको काम चलाउ सरकारको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशन गरी सो सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेको छ । अफगानिस्तानको इस्लामिक विकास बैंकमा साउदी अरेबियाले सो सहयोग उपलब्ध गराएको थियो । उक्त सहयोग अफगानिस्तानलाई उपलब्ध गराइने मानवीय सहायता अन्तर्गत दिइएको साउदी अरेयिबा सरकारले जनाएको… पुरा पढौ

गाँजाका झारपातको अद्भूत भूमिमा परिणत हुँदै थाइल्याण्ड

इस्लामावाद, २८ जेठ । थाइल्याण्ड गाँजालाई वैधानिक मान्यता दिने एशियको पहिलो देश भएको छ । थाइ सरकारले गाँजाखेती गर्न र त्यसलाई आफ्नो स्वामित्वमा राख्न पाउने कानुनी प्रबन्ध गरे पनि धुमपानका रुपमा गाँजाको सेवनलाई निरुत्साहित गरेको छ । चिलिममा गाँजा सेवन गर्ने अम्मली पुरानो पुस्ताका निम्ति सरकारी घोषणा सपना झै भएको छ । बिहीबारदेखि गाँजा खेतीले वैधानिक मान्यता पाएपछि गाँजाको धुवाँमा रमाउने बुढो पुस्ताले विविधतायुक्त थाई ‘स्टिक’लाई सम्झेका छन् । देशका जनस्वास्थ्य मन्त्रीको दश लाख गाँजाका विरुवा वितरण गर्ने योजनाले शुक्रबारदेखि… पुरा पढौ

पाकिस्तानको दिगो आर्थिक विकासका निम्ति नब्बे खर्ब ५० अर्बको बजेट

इस्लामावाद, २८ जेठ । देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति रू ९० खर्ब ५० अर्बको बजेट सार्वजनिक गरेको छ । वित्तीय चुनौती बढेको वर्तमान अवस्थामा सन्तुलित एवम् जनता केन्द्रित बजेट ल्याइएको अधिकारीहरूले बताएका छन् । शुक्रबार सङ्घीय अर्थमन्त्री मिफता इस्माइलले संसद्को तल्लो सदनमा बजेट प्रस्तुत गर्दै त्यसले देशको दिगो आर्थिक विकासलाई केन्द्रमा राखेको र आगामी वर्ष पाँच प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको बताए । कुल रू नौ खर्ब ५० अर्बको बजेजमध्ये… पुरा पढौ

राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा थपिए पाँच सदस्य

संयुक्त राष्ट्रसङ्घ, २७ जेठ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्रल्याण्ड निर्विरोध निर्वाचित भएका छन् । एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२ स्वीट्जरल्याण्डले १८७ मत पाएका छन् । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने भएकाले १५ सदस्यीय सुरक्षा परिषद्मा निर्वाचित हुन धेरै देशले त्यसलाई ठूलो उपलब्धि एवम् सफलता मान्ने गरेका छन् । विश्वभर युक्रेन युद्ध अहिलेको जल्दोबल्दो विषय बनेको छ । रूसको भिटो शक्तिले परिषद्लाई… पुरा पढौ

भारतमा सात हजार ५८४ नयाँ सङ्क्रमित थपिए

नयाँदिल्ली, जेठ २७ । भारतमा २४ घण्टाको समयावधीमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २६७ रहेका छन् । यो कुल सङ्क्रमितको०.०८ प्रतिशत भएको जनाइएको छ । हिजो कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका थिए । बिहीबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ७९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४४ हजार ९२… पुरा पढौ

सिचुआनमा ६.० म्याग्निच्युडको भूकम्प

बेइजिङ, २७ जेठ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ । तेह्र किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । यसअघि शुक्रबार यस सहरमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यस भूकम्पको हालसम्म धनजनको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन् । पुरा पढौ

युगान्डामा पनि भोकमरी समस्या, सहयोगका लागि राष्ट्रसङ्घीय एजेन्सीको आग्रह

कम्पाला, २७ जेठ । युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोगका लागि आह्वान गरेका छन् । ती एजेन्सीहरुले बुधबार यहाँका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ । युगान्डामा रहेका राष्ट्रसङ्घीय एजेन्सीहरुले बुधबार सो आह्वान गरेका बताइएको छ । युगान्डाको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या भएको हो । राष्ट्रसङ्घीय एजेन्सीहरुका अनुसार यहाँ प्रतिदिन खाद्यान्नको अभाव हुदै गएको र यहाँ अहिले महिनामा कम्तीमा पनि तीन दिनका लागि कुनै पनि… पुरा पढौ

भारतमा कोभिड सङ्क्रमण करिब ४१ प्रतिशतले वृद्धि, सात हजार २४० नयाँ सङ्क्रमित

भारतमा बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार २४० कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । सोमबाार तुलना मङ्गलबार कोरोना सङ्क्रमण ४१ प्रतिशतले बृद्धि भएको थियो । गत मङ्गलबारबाट महाराष्ट्र राज्यमा कोरोना सङ्क्रमण बृद्धि दर बढ्को पाइएको छ । बुधबार साँझसम्म महाराष्ट्रमा दैनिक सङ्क्रमण दुई हजार ७०१ जनामा देखिएको थियो । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना… पुरा पढौ

राष्ट्रपति सी पुनः सत्तामा पुग्ने तयारीमा

बेइजिङ, २६ जेठ । राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका बेला चीन कोभिड–१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले बताएका छन् । सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको छ । विश्व महाशक्ति राष्ट्र बन्ने चीनको चाहना गतिहीन भएको छ तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने मौका खोजिरहेका छन् । यसैवर्ष… पुरा पढौ