किएभ, १८ जेठ । पश्चिमी राष्ट्रहरूले युक्रेनलाई थप अधिक उन्नत हतियारहरू उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जर्मनीले बुधबार युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र रडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ भने अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली समावेश भएको हतियार प्याकेज प्रदान गर्ने जनाएको छ । जर्मन चान्सलर ओलाफ स्कोल्जले जर्मनीसँग रहेका सबैभन्दा आधुनिक रक्षा प्रणालीका क्षेप्यास्त्र युक्रेनलाई पठाइने सांसदहरूलाई बताउनुभएको छ । युक्रेनलाई प्रदान गरिने हतियारबाट रूसी हवाई आक्रमणबाट पूरै शहरको रक्षा गर्न सकिने उहाँले बतानुभयो ।…
पुरा पढौ