अन्तर्राष्ट्रिय 🗺

एक दिनमा एक हजार ५६९ कोरोना सङ्क्रमित

नयाँदिल्ली, ४ जेठ । भारत २४ घण्टाको समयावधिकाे मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार १७७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ३३ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २९३ पुगेको छ । यस समयमा भारतमा ७५३ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ६४७ रहेका पनि… पुरा पढौ

पश्चिमी इन्डोनेसियाको बेंकुलुमा शक्तिशाली भूकम्प महसुस

जकार्ता ३ जेठ । इन्डोनेसियाको जाकार्तामा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मंगलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुस भएको बताइएको छ । सो भूकम्प ५‍.८ म्याग्निच्युडको रहेको यहाँका अधिकारीहरुले जनाएका छन् । यहाँको भौगर्भिक सर्वेक्षण संस्थाले जनाए अनुसार सो भूकम्प शक्तिशाली रहेको र यसको क्षतिको खोजी भइरहेको छ । भूकम्पको प्रभावित रहेको क्षेत्रमा उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ । प्रारम्भिक रिपोर्टमा अहिलेसम्म कुनै क्षतिको विवरण थाहा भएको छैन । तर अधिकारीहरुले भूकम्प शक्तिशाली… पुरा पढौ

श्रीलंकाको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीद्धारा सबैले मिलेर काम गर्न आह्वान

कोलम्बो ३ जेठ । श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताए। उनले सोमबार साँझ एक सन्देशमा भने– यतिखेर देश निकै नै अप्ठेरो अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने अवस्था छ । दक्षिण एसियाली मुलुक यतिखेर आर्थिक तथा राजनीतिक संकटमा गुज्रिएको छ । तर यहाँ राजनीतिक संकटका समयमा… पुरा पढौ

लिबियाको विद्रोही नयाँ सरकार त्रिपोली प्रवेश

त्रिपोली, ३ जेठ । संसदद्वारा नियुक्त लिबियाको विद्रोही सरकारले मङ्गलबार राजधानी त्रिपोली आइपुगेको बताएको छ ।यद्यपि एकीकृत सरकारले सत्ता छोड्न भने अस्वीकार गरेको छ। यहाँको प्रेस सेवाले "लिबिया सरकारका प्रधानमन्त्री फाथी बाशाघा अन्य थुप्रै मन्त्रीहरूसँग राजधानी त्रिपोलीमा पुगेर आफ्नो काम शुरु गर्न लागेको" जनाएको छ । एएफपी पत्रकारले जनाएअनुसार नयाँ प्रधानमन्त्रीको राजधानी प्रवेश सँगै शहरमा सशस्त्र समूहहरूबीच रातभर झडप भएको थियो । पुरा पढौ

उत्तरी अफगानिस्तानमा खाद्य विषाक्तताका कारण ४२ जना बिरामी

तालुकान, २ जेठ । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा सामूहिक खाद्य विषाक्तताका कारण ४२ जना बिरामी परेको स्थानीय प्रहरीले सोमबार जानकारी दिएको छ । घटना आइतबार राति चाह हब जिल्लाको तखान अबाद गाउँमा एक विवाह समारोहको क्रममा भएको प्रान्तीय प्रहरी विभागका अब्दुल मुबिन साफीले सिन्ह्वालाई बताएका छन्। बिरामी हुनेहरूमा दुलहा र दुलही पनि रहेको स्रोतले उल्लेख गरेका छन् । प्रभावित व्यक्तिहरूलाई जिल्ला अस्पतालमा लगिएको थियो जहाँ धेरै बिरामीहरू सघन हेरचाह इकाईमा उपचारत छन्। सुदूरपश्चिम जिल्लामा खाद्य विषाक्तताको मुद्दामा तीन जनालाई पक्राउ… पुरा पढौ

स्वीडेनले नेटो आणविक हतियार विस्तारको विरोध गर्ने

मस्को, २ जेठ । सत्तारुढ स्वीडिस सोशल डेमोक्र्याटिक पार्टीले नेटो आणविक हतियारहरू र आफ्नो भूमिमा सैन्य अखडाहरू तैनाथ गर्ने कार्य गरिए त्यसको विरोध गर्ने बताएको छ। "सामाजिक प्रजातन्त्रवादीहरूले स्वीडेनले आफ्नो सदस्यता आवेदन स्वीकृत गरेमा आणविक हतियार र स्वीडेनको भूभागमा स्थायी सैन्य अड्डाहरूको तैनाथीको बिरूद्ध एकपक्षीय रिजर्भेसन व्यक्त गर्ने काम गर्नेछ," पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ । यसअघि आइतवार, पार्टीले नेटो सदस्यताको लागि समर्थन गर्ने आधिकारिक निर्णय गरेको थियो। छिमेकी छिमेकी फिनल्याण्डले नेटोमा सामेल हुने आधिकारिक निर्णयको घोषणा गरेको केही… पुरा पढौ

ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय त्रुटिपूर्णः एलोन मस्क

वाशिंगटन १ जेठ । टेस्लाका सीईओ एलोन मस्कले ट्वीटरको कानुनी टोलीले स्वचालित प्रयोगकर्ताहरूमा सोशल मिडिया प्लेटफर्मको जाँचको लागि नमूना आकार १०० रहेको खुलासा गरेर गैर-प्रकटीकरण सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको बताएका छन्। एक सोशल मिडिया प्लेटफर्ममा लैजाँदै, मस्कले भने: "ट्विटर कानुनीपक्षबाट भर्खरै गुनासो गर्न बोलाइएको थियो जसमा मैले बोट चेक नमूना आकार १०० छ भनेर खुलासा गरेर उनीहरूको एनडिए उल्लङ्घन गरेको बताइएको छ। "ट्विटरले हालै टेस्लाका सीईओ एलोन मस्कले ४४ बिलियन अमेरिकी डलरको सम्झौतामा अधिग्रहण गर्न सहमत भएको छ ।… पुरा पढौ

मलेसियामा २४ घन्टामा २ हजार ३०० संक्रमित, तीनको मृत्यु

क्वाललम्पुर, १ जेठ । मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ संत्रमित थपिएका छन् ।साथै यो अवधिमा यहाँ कोभिडबाट तीन जनाको ज्यान पनि गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ देशभित्र र बाहिरबाट आएकाहरुमा कोभिडको संक्रमण देखिएको छ । पहिलेको तुलनामा यहाँ संक्रमितहरु घटेको भए पनि यहाँ कोभिडको संक्रमण उल्लेख्य मात्रामा कम हुन भने सकेको छैन । यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै कोभिड संक्रमण सुरु भएदेखि अहिलेसम्म यहाँ ३५… पुरा पढौ

भारतीय प्रधानमन्त्री मोदी भोलि लुम्बिनी आउँदैं

लुम्बिनी, १ जेठ  । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीकाे औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउने भएका छन । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत रहेकाे बताइएकाे छ । प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद… पुरा पढौ

उत्तर कोरियाद्धारा कोभिडको नियन्त्रणका लागि कडा मापदण्ड

प्योङयाङ, १ जेठ । उत्तर कोरियाले कोभिड १९ को संक्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । सो मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ । यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । तर पछिल्ला केही दिनयता ज्वरोका विरामीहरु बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ । यहाँ शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको बताइएको थियो । उत्तर कोरियालमा पछिल्ला केही दिनहरुमा ज्वरोका विरामी बढेका पाइएको छ । ती ज्वरोका विरामीहरुमा कोभिड भएको… पुरा पढौ