जेनेभा, २१ चैत । लिबियाबाट शरणार्थी बोकेको डुङ्गा दुर्घटनामा परी करिब १०० आप्रवासीको भूमध्यसागरमा मृत्यु भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्। "अर्को भूमध्यसागरीय त्रासदीमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। युरोपले युक्रेनबाट ४० लाख शरणार्थीहरूलाई उदारतापूर्वक र प्रभावकारी रूपमा आमन्त्रित गर्ने क्षमता प्रमाणित गरेको छ। यसले अब ढोका ढकढकाउने, संकटमा परेका अन्य शरणार्थी र आप्रवासीहरूलाई यो कसरी लागू गर्ने भनेर तुरुन्तै विचार गर्नुपर्छ," ग्रान्डीले आइतबार ट्विटरमा भने। आप्रवासीहरू बोकेको भीडभाड भएको डुङ्गाले "धेरै दिन अघि" लिबिया…
पुरा पढौ