अन्तर्राष्ट्रिय 🗺

रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता शुरु

इस्तानबुल, १५ चैत । रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०:३० बजे (०७३० GMT) पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ। दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए । स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न "यस त्रासदीको अन्त्य" गर्न आग्रह गरेका छन्। पुरा पढौ

जापानले कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह गर्ने

टोकियो १५ चैत । जापानी सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी) को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताएका छन् । "अहिलेसम्म त्यस किसिमको कारोबार गर्ने बारे सूचनाहरू छैनन् ताकि जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू रूबलमा रूपान्तरणको आवश्यकतामा पर्नेछ। यद्यपि त्यस्ता मागहरू प्राप्त भएमा जापानी सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ।, "उनले भने । । जारी रुस युक्रेन द्वन्द्वले गर्दा रुस आफ्नै मुद्रालाई अन्तरराष्ट्रिय मुद्राको रूपमा… पुरा पढौ

युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै

कीभ [युक्रेन], १५ चैत । युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ। स्थानीय समय अनुसार बिहान १०.३० बजे (०७३० GMT) शुरु हुने वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ। यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसा समेत गरेका थिए।… पुरा पढौ

चीनको ठूलो सहर साङ्घाईमा ओमिक्रोन फैलिन थालेपछि लकडाउन गरिदैं

बेइजिङ, १५ चैत । चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणवद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने कोभिड परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा सुरूमा लकडाउन गरिने स्थानीय प्रशासनले जनाएको छ । त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसङ्ख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख केन्द्र बनेको छ । चीनमा आइतबार एकै दिन कोभिडका चार हजार ५०० सङ्क्रमित देखिएको यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको… पुरा पढौ

युक्रेनका स्वास्थ्य संस्थामा ७२ आक्रमण भएको डब्लुएचओको दावी

न्युयोर्क, १४ चैत । रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो । रुसले युक्रेनमा गत फेब्रुअरी २४ देखि निरन्तर शसस्त्र आक्रमण गर्दै आएको छ । स्वास्थ्य संस्थाहरू माथि आक्रमण गर्नु आधारभूत मानवअधिकार विरुद्धको अपराध र अन्तर्राष्ट्रिय युद्ध अपराध सरह हुने अधिकारवादीहरूले जनाएका छन् । रुसी सुरक्षाकर्मीहरूले युक्रेनी स्वास्थ्य संस्थाहरूमा आक्रमण गर्दा ७१ जनाको मृत्यु पनि… पुरा पढौ

इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

जेरुसेलम १४ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । “हिस्टोरिक समिट” का क्रममा उनीहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो । उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहनु भएको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेकाे जनाइएको छ । उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा… पुरा पढौ

३८ लाख यूक्रेनी विदेशी शरणमा : राष्ट्रसंघ

जेनेभा, १४ चैत । एक महिनाअघि रूसले यूक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका संयुक्त राष्ट्रसंघको आइतबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । यद्यपि शरणार्थीको बहावमा पछिल्लो साता उल्लेख्य रुपमा सुस्ताएको छ । संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले युद्ध सुरूभएदेखि ३८ लाख २१ हजार ४९ युक्रेनीहरू देशबाट भागेका तथ्याङ्क सर्वजनिक गरेको हो । यो शनिबारको तथ्याङ्कभन्दा ४८ हजार ४५० सङ्ख्याको वृद्धि हो । विदेशमा पलायन भएकामध्ये ९० प्रतिशत महिला तथा केटाकेटीहरू रहेका यूएनएचसीआरले जनाएको छ । यूक्रेनबाट जीवनका लागि… पुरा पढौ

एल साल्भाडोरमा एकै दिन ६२ को हत्या

सान साल्भाडोर, १३ चैत । एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन गरिरहेका छन्। "यस शनिबार मार्च २६, देशमा ६२ हत्याका घटनासाथ समाप्त भएको छ," राष्ट्रिय जनपद प्रहरीले ट्विटरमा पोस्ट गरेको छ । "हामी गिरोहहरू विरुद्धको यो युद्धमा पछि हट्ने छैनौं । यी कार्यका लागि जिम्मेवार अपराधीहरूलाई पक्राउ नगरेसम्म हामी आराम गर्ने छैनौं," प्रहरीले बताएको छ। पुरा पढौ

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा बेलारूसी विपक्षी नेता सिखानुस्कायासँग वार्ता

वाशिंगटन [युएस], १३ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार एयर फोर्स वनमा बेलारूसी विपक्षी नेता स्विटलाना सिखानुस्कायासँग वार्ता गर्दै मानव अधिकारको रक्षा र सम्वर्धनमा बेलारूसी जनताको पक्षमा रहेको बताएका छन्। "राष्ट्रपति जोसेफ आर. बाइडेन जुनियरले बेलारुसका प्रजातान्त्रिक विपक्षी नेतासँग एयर फोर्स वनमा कुरा गर्नुभयो। उहाँले आज राति वार्सामा आफ्नो सम्बोधनमा उपस्थित भएकोमा उनलाई धन्यवाद समेत दिए । राष्ट्रपतिले बेलारूसी जनताको पक्षमा संयुक्त राज्य अमेरिकाको निरन्तर समर्थनलाई जोड दिए । अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष निर्वाचन लगायत मानव अधिकारको रक्षा… पुरा पढौ

यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियासँग ३ दिने युद्धविराम घोषणा

सन्ना [यमन], १३ चैत, । यमनको हुथी समूहले तीन दिने युद्धविरामको घोषणा गरेको छ । समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने "स्थायी" युद्धविरामको सम्भावना प्रस्ताव गरेको समेत अल जजीराले उल्लेख गरेको छ। साउदी अरेबिया ग्रान्ड प्रिक्स दौड अघि शुक्रबार जेद्दाह तेल डिपोमा आगलागी भएको बेलामा यो प्रमुख घटनाक्रम आएको हो। हुथी राजनीतिक नेता महदी अल-मशातले क्षेप्यास्त्र र ड्रोन आक्रमण र सबै सैन्य कारबाही तीन दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्। "यो एक निष्कपट… पुरा पढौ