अन्तर्राष्ट्रिय 🗺

भारतमा कोरोना भाइरसबाट दुई लाख सङ्क्रमित

नयाँदिल्ली, १७ माघ । भारतमा कोरोनाभाइरसका कारण थप दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । मन्त्रालयले १८ लाख ३१ हजार २६८ जना अहिले पनि सङ्क्रमितावस्थामै रहेको जनाएको… पुरा पढौ

ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु

साओपाओलो, १७ माघ, । ब्राजिलमा दुई दिन यतादेखि भिषण रुपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ ।यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन् । बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन् । ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ । सो शहरमा मात्र १८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भनेछ– हामी निकै पीडामा छौँ कि यहाँका कम्तीमा पनि १८… पुरा पढौ

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

प्योङयाङ, १६ माघ । उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ। योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै पूर्वी सागर (जापान सागर) तर्फ क्षेप्यास्त्र प्रक्षेपणको गरिएको उल्लेख गरेको छ। यस बारे थप विवरण भने दिइएको छैन। यसैबीच, जापानी तटरक्षकले आइतबार बिहान उत्तर कोरियाले सम्भावित मिसाइल प्रक्षेपण गर्न सक्ने चेतावनी दिँदै जहाजहरूलाई सावधानी अपनाउन सल्लाह दिएको छ। यदि प्रक्षेपण आधिकारिक रूपमा पुष्टि भयो भने यो प्योङयाङ द्वारा यो… पुरा पढौ

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ हजार सङ्क्रमित

नयाँ दिल्ली, १६ माघ । भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३४ हजार २८१ जना सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा चार करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल सङ्क्रमित भएका समाचारमा जनाइएको छ । सोही अवधिमा कोरोना सङ्क्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले आइतबार जनाएको छ । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९४ हजार… पुरा पढौ

बाइडेनले युक्रेनको चिन्ता छाडेर अमेरिकी सीमा रक्षा गर्नुपर्छ : ट्रम्प

वासिङ्टन १६ माघ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोड्नुपर्छ र यसको सट्टा आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । "वाशिङ्गटनमा सबैजना युक्रेनको सिमाना कसरी जोगाउने भनेर सोचिरहेका छन्, तर हाम्रो लागि अहिले संसारको सबैभन्दा महत्त्वपूर्ण सिमाना युक्रेनको सीमा होइन, यो अमेरिकाको सीमा हो र हामी यसको बारेमा केही गर्दैनौं " ट्रम्पले टेक्सासको कन्रोमा शनिबारको र्‍यालीमा आफ्ना समर्थकहरूलाई भने। ट्रम्पले अमेरिकी राष्ट्रपतिको पहिलो कर्तव्य अमेरिकी सीमाको… पुरा पढौ

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३५ हजार सङ्क्रमित

नयाँ दिल्ली‚ १५ माघ । भारतमा कोरोनाभाइरसबाट थप दुई लाख  ३५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना सङ्क्रमित भएका हुन । सोही अवधिमा अरु ८७१ जनाको मृत्यु पनि भएको भारतको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।  भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन बढ्दै गएकोमा अहिले घट्दै आएको हो ।  मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरूको सङ्ख्या… पुरा पढौ

ब्राजिलमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी

रियो दि जेनेरियो, १४ माघ । ब्राजिलमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ ।  सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रलायले जनाएको छ । ब्राजिलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो । मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण… पुरा पढौ

अमेरिकाद्वारा युरोपेली सहयोगीहरूसँग रुसी प्रस्तावको प्रतिक्रियाबारे छलफल

वासिङ्टन, १५ माघ । अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मन र फ्रान्स, जर्मनी, इटाली र बेलायतका कूटनीतिज्ञहरूले टिलिफोन वार्ता क्रममा सुरक्षा ग्यारेन्टी र नर्मन्डी ढाँचा बैठकमा रूसको प्रस्तावहरूको लिखित प्रतिक्रियाहरूबारे छलफल गरेका छन्। विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले शुक्रबार बताएअनुसार सहभागीहरूले रूसलाई अमेरिका र नाटोको लिखित प्रतिक्रियाहरू, जनवरी २६मा पेरिसमा भएको नर्मन्डी ढाँचाको बैठक र कूटनीतिमा निरन्तर प्रतिबद्धताबारे छलफल गरेका छन् । उनीहरूले युक्रेनको सिमानामा रूसको अप्रत्याशित सैन्य निर्माणको सामनामा निरन्तर घनिष्ठ समन्वय र एकताको महत्त्वमा सहमत हुँदै युक्रेनमा थप सैन्य घुसपैठलाई… पुरा पढौ

संयुक्त राष्ट्रसंघको अफगानिस्तानमा मानवअधिकार उल्लङ्घनप्रति चिन्ता

काबुल १४ माघ । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता नियोग (UNAMA) ले देशमा मानवअधिकार उल्लङ्घनका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयमा तालिवान अधिकारीहरूसँगको भेटमा युनामा मानवअधिकारले अफगानिस्तानमा यस्ता घटनाहरूको अनुसन्धान, पारदर्शिता र जवाफदेहिताको आवश्यकता रहेको बताएको छ। "UNAMA मानव अधिकारले आज @moiafghanistan मा तालिवान अधिकारीहरूसँग भेट गर्यो।“ ट्वीटमा लेखिएको छ। मानवअधिकार उल्लङ्घनका कथित मुद्दाहरू र पूर्व ANSF/सरकारी सदस्यहरू, नागरिक समाज, मिडिया, न्यायपालिका, धार्मिक धर्मगुरुहरू र महिला कार्यकर्ताहरूका सरोकारहरूबारे छलफल गरियो। छानबिन, पारदर्शिता चाहिन्छ, ट्वीटमा जनाइएको छ। अफगानिस्तानमा… पुरा पढौ

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली १४ माघ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५१ हजार २०९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल भारतमा कोरोना पोजेटिभ दर १५.८८ रहेको जनाइएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म चार करोड ६ लाख २२ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या २१ लाख ५ हजार ६११ रहेका छन् । गएको २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ४४३… पुरा पढौ