अन्तर्राष्ट्रिय 🗺

इटालीमा पहिलो चरणको राष्ट्रपतीय निर्वाचनले परिणाम दिएन

रोम, ११ माघ । इटालीमा जारी पहिलो चरणको राष्ट्रपतीय निर्वाचनले कुनै उमेद्वारलाई चुन्न सकेन। अधिकांश मतपत्रहरू खाली रहे। इटालियन संसद्को चेम्बर अफ डेपुटीजका अध्यक्ष रोबर्टो फिकोले प्रत्यक्ष रूपमा मत गणना गरेका थिए। कुनै पनि उम्मेदवारले कुल मतको दुई तिहाइ मत नपाएकाले मंगलबार १५:०० बजेदेखि दोस्रो चरणको निर्वाचन हुँदैछ । मत परिणाम अनुसार पहिलो चरणमा ९७६ मतदाताले भाग लिएका थिए । पुरा पढौ

इन्डोनेसियामा रात्रि क्लबमा भएको भीडन्तमा १९ को मृत्यु

जाकर्ता, ११ माघ । इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्धिपक्षीय भीडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ । सोमबार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरुबीच झडप भएको थियो । सो झडपमा परी सुरुमा एकजनाको ज्यान गएको थियो ।त्य सपछि त्यहाँ रहेका अरु पनि भिडन्तमा उत्रिएका थिए । सो… पुरा पढौ

हिमपातका कारण अफगानिस्तानमा ४२ को मृत्यु, ७६ घाइते

काबुल, १० माघ । अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् । तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरुले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको पनि जनाएका छन् । पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको अधिकारीहरुको भनाई छ । उनीहरुले हिमपातबाट प्रभावितहरुलाई मन्त्रालयको तर्फबाट अत्यावश्यक सेवा तथा… पुरा पढौ

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

वासिङटन, १० माघ । युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ । पछिल्ला केही हप्ताहरुमा रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको विभिन्न समाचारमाध्यमहरुले जनाएका छन् । किभको दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारका सदस्य र अत्यावश्यक काम नभएका अन्य कर्मचारीहरुलाई पनि अमेरिकी विदेश मन्त्रालयले युक्रेन… पुरा पढौ

भारतमा एकै दिन ३ लाखभन्दा बढी संक्रमित थपिए

नयाँ दिल्ली, १० माघ । भारतमा पछिल्लो एक दिनमा ३ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् । सोमबार विहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जना नयाँ संक्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा भने दैनिक संक्रमितहरुको संख्या घटेको देखिएको छ । अघिल्लो दिनभन्दा २७ हजार ४६९ कम हो । त्यसैगरी दैनिक परीक्षण पनि घटेको छ । अघिल्लो दिन १८ लाख ७५ हजार ५३३ जनाको परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार… पुरा पढौ

राष्ट्रपति बाइडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

काठमाडौं, ९ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि भेटघाट गरेका छन् । आज राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग व्यक्तिगत रूपमा क्याम्प डेभिडमा युक्रेनतर्फ निरन्तर रुसी आक्रामक कारवाहीहरू बारे छलफल गर्न भेट गरेको इट हाउसले जनाएको छ । सो अवसरमा राष्ट्रपति बाइडेनलाई युक्रेनको सिमानामा रूसी सैन्य कारबाहीको वर्तमान अवस्थाको बारेमा जानकारी दिइएको थियो र दुवै प्रयासहरूलाई हटाउनका लागि जारी… पुरा पढौ

कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

वेलिंग्टन, ९ माघ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छन्। उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिइन। बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिएकी छन्। यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ। पुरा पढौ

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

अंकारा ९ माघ । टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्किले जनाएको छ। कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा "दरबारमा गाईवस्तु" भन्ने भनाइ उल्लेख गरेको स्पुतनिकले रिपोर्ट गरेको छ। टर्कीको कानुन अनुसार राष्ट्रपतिको अपमान गर्नु फौजदारी अपराध हो। काबासको भनाइले सामाजिक सञ्जालमा व्यापक ध्यानाकर्षण भयो र टर्कीका अधिकारीहरूबाट कडा प्रतिक्रिया आएको छ। सत्तारुढ जस्टिस एन्ड डेभलपमेन्ट पार्टीका… पुरा पढौ

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा अमेरिका-चीनलाई वार्ता गर्न आह्वान

न्यूयोर्क ८ माघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गरेका छन्। चीनसँग वाशिंगटनको वर्षौं पुरानो प्रविधि विवादका विषयमा प्रश्न गर्दा गुटेर्रेसले आफू सधैं एकीकृत विश्व बजार र एकीकृत विश्वव्यापी अर्थतन्त्रको आवश्यकताको पक्षमा रहेको, सिन्ह्वाले उल्लेख गरेको छ। "मैले धेरै पटक भनेको छु कि हामीले संसारलाई दुई भागमा विभाजन गर्नबाट जोगिन आवश्यक छ, प्रत्येकको आफ्नै आर्थिक प्रणाली र नियमहरूको सेट, प्रत्येकको आफ्नै प्रभावशाली मुद्रा, प्रत्येकको… पुरा पढौ

चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यावहारिक-बेइजिङ

वासिङ्टन ८ माघ । पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ। वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकलाई बताएअनुसार, "अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ।" "हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौं," पेंग्युले भने। बाइडेन प्रशासनले कोभिड-१९ को कारण जनाउँदै केही… पुरा पढौ