अन्तर्राष्ट्रिय 🗺

दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

सोल, १३ माघ । दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १४ हजार ५७१ जना संक्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको संख्या सबैभन्दा धेरै… पुरा पढौ

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति सीको शाङ्सीको भ्रमण

एयुवान, १३ माघ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले वसन्त चाड वा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा उत्तरी चीनको शान्सी प्रान्तको भ्रमण शुरु गरेका छन् । लगातार १० वर्षसम्म पार्टीको शीर्ष नेताको रूपमा सीले चिनियाँ पात्रोको सबैभन्दा महत्त्वपूर्ण बिदा र वसन्त चाडको पूर्वसन्ध्यामा प्राथमिक तहका मानिसहरू, विशेष गरी पिछडिएका समूहहरूलाई भेट्ने अभ्यास शुरु गरेका हुन् । पुरा पढौ

भारतमा कोरोाना सङ्क्रमितको सङ्ख्या चार करोड नाघ्यो

नयाँ दिल्ली, १२ माघ । कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ । बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यसै अवधीमा कोरोना सङक्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना शुरु भएदेखि हालसम्म यस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९१ हाजार १२७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको… पुरा पढौ

चीनको सहयोग लाओस पुग्यो

भेन्टियान, १२ माघ । चीनकाे सहयोग गरेको कोभिड–१९ खोपको आठौं समूह लाओस पुगेको र अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ । लाओसका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले लाओसका प्रधानमन्त्री फान्खाम विपभान्हलाई १५ लाख डोज खोप हस्तान्तरण गर्दै लाओसमा महामारीविरुद्धको काममा सकारात्मक प्रगति भएको बताए। खोपहरुको कारण कोभिड १९ संक्रमण उल्लेखनीय रूपमा कम भएको उनले बताए । लाओसमा कोभिड–१९ को प्रकोप भएदेखि चीनले लाओसलाई कोभिड–१९ विरुद्धको खोपको ८९ लाख खोप डोज उपलब्ध गराएको फान्खामले बताए। यसबाट गहिरो मित्रता र बहुमूल्य सहयोगलाई पूर्ण रूपमा… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली, १२ माघ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार विहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मङ्गलबार भने भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरेको थियो । कुल सङ्क्रमितहरु मध्ये ९३।२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन। ती मध्ये दुई लाख ९९ हजार ७३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।… पुरा पढौ

फ्रान्समा एकै दिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित

पेरिस, १२ माघ । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन् । फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा संक्रमण देखिएको बताइएको हो । फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा ५ लाख १ हजार ७७९ जनामा संक्रमण देखिएको हो । फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक बढिरहेको अधिकरीहरुको भनाइ छ ।… पुरा पढौ

दक्षिण सुडानमा जातीय दंगामा ३२ को मृत्यु

१२ माघ, १२ माघ । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ ।मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो । सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए । सो हमलामा परेर ३२ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए । यी दुई राज्यमा यहाँका स्थानीय जातीय समुदायबीचमा समय समयमा हुने हिंसामा परी कैयौँ मानिसको ज्यान जाने गरेको छ । पुरा पढौ

उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई मिसाइल प्रहार

सोल, ११ माघ । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको स्रोतले जनाएको छ । क्रुज मिसाइलहरूको प्रक्षेपण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन भने नभएको बताइएको छ । प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाएकोमा नपरेको जनाइएको… पुरा पढौ

इयु नेताहरूसँग राष्ट्रपति बाइडेनको १ घण्टा २० मिनेट छलफल

वाशिङ्गटन, ११ माघ युक्रेन सङ्कटबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपेली नेताहरूसँग १ घण्टा २० मिनेट भिडियो कन्फरेन्समार्फत् छलफल गरेका ह्वाइट हाउसले जनाएको छ। "युरोपेली नेताहरूसँग राष्ट्रपतिको सुरक्षित भिडियो कल ३:०५ बजे शुरु भएर ४:२५ बजे सकिएको," प्रेस पुल रिपोर्टले सोमबार साँझ उल्लेख गरेको छ। बैठकमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री मारियो ड्राघी, नेटोका महासचिव जेन्स स्टोल्टेनबर्ग, पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडा र… पुरा पढौ

बुर्किना फासोका राष्ट्रपति अपदस्थ

ओउगादुउगु, ११ माघ । बुर्किना फासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै सरकार र राष्ट्रिय सभा विघटन गरेको छ । सेनाले सोमबार घोषणा गरेअनुसार देशका सीमाहरू समेत बन्द गरिएका छन् । यसै बीच सत्तारुढ दलले भने यसअघि विज्ञप्तिमार्फत् राष्ट्रपति रोच हत्याको प्रयासबाट बचेको बताएको थियो। पुरा पढौ