अन्तर्राष्ट्रिय 🗺

जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने

टोकियो, ७ माघ । जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो । कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो विवरण अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख रहेका छन भने उनीहरूलाई आगामी मार्चदेखि खोप लगाउन थालिने छ । अमेरिकी र जर्मनी कम्पनीले… पुरा पढौ

घानामा ट्रक विष्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु

अक्रा, ७ माघ । घानाको पश्चिमी क्षेत्रमा ट्रक विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विष्फोटक पदार्थ बोकेको ट्रकमा विष्फोटन भएको थियो। विष्फोटबाट नजिकैका भवन र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको जनाइएको छ । अन्य सञ्चारमाध्यमहरूले घटनामा करिब ६० जना घाइते भएको पनि उल्लेख गरेका छन्। यद्यपि घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ । पुरा पढौ

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद सहायता प्रदान

काबुल, ७ माघ । संयुक्त राष्ट्रसंघले बिहीबार अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद प्रदान गरेको छ । सो रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआईबी) लाई हस्तान्तरण गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। अफगानिस्तानको केन्द्रीय बैंक-दा अफगानिस्तान बैंकले अफगानिस्तानलाई संयुक्त राष्ट्र संघको सहायता जारी रहेको र उनीहरूले अमेरिकी डलर ३२ मिलियन नगद प्राप्त गरेको खामा प्रेसले जनाएको छ। सो रकम अफगानिस्तानलाई मार्च २०२२ सम्म साप्ताहिक रूपमा २ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रक्रियाको एक हिस्सा हो। तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो… पुरा पढौ

कङ्गोमा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

किन्सासा, ७ माघ । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक भारका कारण दुर्घटना भएको हुनसक्ने संयुक्त राष्ट्रसंघ समर्थित समाचार आउटलेट रेडियो ओकापीले केही जीवित व्यक्तिहरूको भनाइलाई उद्धृत गर्दै जनाएको छ। विशेष गरी कङ्गो नदीमा प्रायः रातको यात्रा, ओभरलोड र जहाजहरूको खराब अवस्थाका कारण बारम्बार दुर्घटना हुने गर्दछ । पुरा पढौ

भारतमा एकैदिनमा थप साढे तीन लाख सङ्क्रमित

नयाँ दिल्ली, ७ माघ । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित भएका हुन । दैनिक सङ्क्रमितहरूको सङ्ख्या १७.९७ प्रतिशतको दरले वृद्धि भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिन विहीवार सार्वजनिक गरिएको तथ्याङ्कको तुलनामा शुक्रबार सार्वजनिक गरिएको विवरणमा सङ्क्रमितहरूको सङ्ख्या २९ हजार ७२२ बढी रहेको छ । अघिल्लो दिन भारतमा तीन लाख… पुरा पढौ

जर्मन नौसेनाका प्रमुख र भारतीय वायुसेना प्रमुख बीच भेट

याँ दिल्ली, ७ माघ, । जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चीफ मार्शल वीआर चौधरीसँग भेटवार्ता गरेका छन् । सो अवसरमा द्विपक्षीय रक्षा सहयोग अभिवृद्धि गर्ने उपायबारे छलफल भएको जनाइएको छ। भारतीय वायुसेनाले ट्वीटरमा जनाएअनुसार "जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले एयर चीफ मार्शल वीआर चौधरीसँग भेट गरे र द्वीपक्षीय रक्षा सहयोगका विषयमा छलफल भयो।" पुरा पढौ

भारतमा एकैदिनमा थप तीन लाख १७ हजार सङ्क्रमित

नयाँ दिल्ली, ६ माघ । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख १७ हजार ५३२ जना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेको अधिकारीहरुले जनाएका छन् । गत २४ घण्टामा परिक्षण गरिएका मध्ये १६.४१ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १९ लाख २४ हजार ५१ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट दुई लाख २३ हजार… पुरा पढौ

रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी इब्राहिम बीच भेट

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसीलाई भेटेर अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताएकाे स्पुतनिकले जनाएको छ। "अब अवश्य पनि तपाईं र हामी दुबै अफगानिस्तानमा विकास भइरहेको अवस्थाको बारेमा चिन्तित छौँ। म तपाईंसँग यी सबै मुद्दाहरू छलफल गर्न चाहन्छु र यस समस्यामा तपाईंको धारणा जान्न चाहन्छु," स्पुतनिकले पुटिनलाई उद्धृत गर्दे लेखेको छ। सो अवसरमा इरानी पक्षले भने मस्कोलाई २० वर्षको अवधिका लागि रणनीतिक सहयोग सम्झौताको मस्यौदा हस्तान्तरण गरेको छ । इरानी राष्ट्रपति… पुरा पढौ

छ वटा फ्रान्सेली राफेल लडाकु विमान ग्रीस पुगे

एथेन्स, ६ माघ । फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रीसले माग गरेका २४ वटा फ्रान्सेली निर्मित राफेल लडाकु विमानमध्ये पहिलो छ वटा बुधबार ग्रीस आइपुगेका छन्। बाँकी जेटहरू यस वर्षको अन्त्यमा र सन् २०२३ सम्ममा पठाइने बताइएको छ। ग्रीसले १६ महिना अघि ग्रीक सशस्त्र बलको प्रतिरोध क्षमतालाई बलियो बनाउन पाँच वर्षे योजनाको रूपमा जेटहरू खरिद गर्ने निर्णय गरेको थियो। डसल्ट एभिएसनसँगको सम्झौतालाई एथेन्स र पेरिसले ग्रीक-फ्रान्सेली सहयोगमा कोसेढुङ्गाको रूपमा लिएका छन् । यसबाट युरोपलाई आफ्नै रणनीतिक स्वायत्तता निर्माण गर्न मद्दत… पुरा पढौ

ब्राजिलमा २४ घन्टामा ३३८ कोरोना संक्रमितको मृत्यु

रियो डि जेनेरियो, ६ माघ । ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार यहाँ पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणसँगै मृत्युको संख्या पनि अघिल्लो महिनाका तुलनामा बढिरहेको छ । यस देशमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि ६ लाख २१ हजार ८८५ जनाको ज्यान गएको छ । ब्राजिल कोरोना भाइरसका कारण ज्यान जाने विश्वकै दोस्रो ठूलो देश हो । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी… पुरा पढौ