जेनेभा, २४ कात्तिक । कम्तिमा ११ हजार व्यक्तिहरू पूर्वी डेमोक्रेटिक रिपब्लिक कङ्गोबाट हालै भड्किएको द्वन्द्वबाट बच्न युगान्डा छिरेका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले मङ्गलबार बताएअनुसार यो सङ्ख्या युगान्डामा वर्षभरिमा हुनेभन्दा ठूलो शरणार्थी आगमन हो । एजेन्सी प्रवक्ता साबिया मन्टुले दिएको जानकारीअनुसार ती व्यक्तिहरूमा धेरैजसो महिला र बालबालिका छन् । प्रवक्ता मन्टुले जेनेभामा एक ब्रिफिङ्गमा बताएअनुसार “पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा जारी द्वन्द्वले आइतबार रातिदेखि कम्तीमा ११,००० मानिसहरूलाई सीमा पार गरेर युगान्डा भाग्न बाध्य बनाएको छ ।” उत्तरी किभुको रुत्सुरु क्षेत्रमा…
पुरा पढौ