अन्तर्राष्ट्रिय 🗺

कोरोना भाइरसविरुद्धको खोपमा समन्वय गर्न पुटिनको आग्रह

मस्को, १४ कात्तिक । कोरोना भाइरसका विरुद्धमा हाल विश्वका देशहरुमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितारणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गरेका छन् । उनले खोप विश्वमा सबै देशमा उपलब्ध होस् भन्ने पक्षमा जि२० का सदस्य राष्ट्रहरुले सुनिश्चितता प्रदान गर्नुपर्नेमा पनि जोड दिए । सबै देशले कोरोना भाइरसका विरुद्धको खोपको वितवरणका साथै यसको उपलब्धताका विषयमा पनि सुनिश्चिता हुनुपर्छ र यस विषयमा आपसमा समन्वय गरेर अघि बढ्नुपर्दछ । जि२० को १६ औँ सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले… पुरा पढौ

यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, ६ को मृत्यु, कैयौँ घाइते

आदेन, १४ कात्तिक । यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् ।सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पु¥याइएको छ । त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विस्फोटनको… पुरा पढौ

चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्नसक्छः महामारी विशेषज्ञ

ग्वाङ्झोउ, १३ कात्तिक । चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् । देशका विभिन्न भागमा छिटपुट स मामिला रिपोर्ट गरिएकाले शनिबार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन् । कोरोनाभाइरस र महामारीलाई छोटो अवधिमा उन्मूलन गर्न सकिँदैन, झोङले अन्य देशलाई कोभिड–१९ विरुद्ध कडा र प्राथमिकताका उपायहरू अपनाउन र सक्रिय रूपमा खोप लगाउन आह्वान गरेका छन्। झोङले यस वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा बढी चिनियाँ बासिन्दालाई पूर्णरूपमा… पुरा पढौ

भारतमा कोरोना सङ्क्रमितको कूल संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

नयाँ दिल्ली, १२ कात्तिक । भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका रहेका छन् । हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय… पुरा पढौ

सुडानमा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री, सार्वभौम परिषद् चुनिने : अल-बुर्हान

खार्तुम १२ कार्तिक । सुडानका सशस्त्र बलका कमाण्डर-इन-चीफ अब्देल फताह अल-बुर्हानले सुडानमा नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् केही दिन भित्र चुनिने बताएका छन् । प्रधानमन्त्रीको निर्वाचन र सार्वभौम परिषद्का सदस्यहरूको नियुक्तिको समयबारे अल-बुर्हानले स्पुतनिकलाई भने, "मलाई आशा छ केही दिन वा एक हप्ता भित्र नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् चुननेछ।" सुडानी सेनाले सोमबार बिहान प्रधानमन्त्री अब्दल्ला हामडोक र सरकारका अन्य सदस्यहरूलाई हिरासतमा लिएको छ। सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अल-बुर्हानले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै आपतकालीन अवस्थाको चर्चा गर्दै सरकार… पुरा पढौ

नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु

लागोस, १२ कात्तिक नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता यहाँका डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ । यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ । १४ देखि प्रायः तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सो कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार त्यस क्षेत्रमा यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि… पुरा पढौ

अफ्रिकालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ, १२ कात्तिक संयुक्त राष्ट्रसंघले अफ्रिकालाई विभिन्न क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ । बिहीबार संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहमदले सो कुरा बताउनुभएको हो । उनले सुरक्षा परिषदमा ब्रिफिङका क्रममा अफ्रिकालाई सहयोग गर्न भनेका हुन । उनले भने, कि अफ्रिकालाई यतिखेर खासगरी सबैभन्दा बढी सहयोग काेभिड १९ का विरुद्धमा चाहिएको छ । अफ्रिकालाई कोभिडका विरुद्धमा खोप तथा अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गर्न विश्वका नेताहरुमा ऐक्यबद्धता हुनुपर्ने उनले बताए र उनले यसका अतिरिक्त दिगो विकास र आर्थिक क्षेत्रमा पनि अफ्रिकालाई… पुरा पढौ

अमेरिका,बेलायत र भारतमा नयाँ राजदूत सिफारिस

काठमाडौं, ११ कात्तिक । नेपाल सरकारले अमेरिका,बेलायत र भारतका लागी नयाँ राजदूतहरू सिफारिस गरेको छ । जसअनुसार अमेरिकामा श्रीधर खत्री , बेलायतमा ज्ञानचन्द्र आचार्य र भारतमा डा. शंकर शर्माकाे राजदूतमा सिफारिस भएको बताइएकाे छ । शर्मा यसअघि नेपालका लागि अमेरिकी राजदूत थिए । खत्री परराष्ट्र मामिलाका विज्ञ हुन् भने आचार्य संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि थिए । सरकारले हालै यी देशबाट राजदूत फिर्ता बोलाएको थियो । पुरा पढौ

जलवायु परिवर्तनबाट सृजित समस्या समाधान गर्न राष्ट्रपति सीको आग्रह

बेइजिङ, ११ कार्तिक । चीनले मानवजातिको साझा चुनौतीको रूपमा रहेको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र त्यसका निम्ति देशले अङ्गीकार गरेको नीति, कार्यक्रम र प्रगतिलाई अभिलेखीकरण गर्दै आफ्नो अनुभव र दृष्टिकोणलाई बाँकी विश्वसँग आदान-प्रदान गर्न श्वेतपत्र जारी गरेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्ने विषयमा थुप्रै विषयमा विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन्। राष्ट्रपति सीको सम्बोधनका मुख्य बुँदाहरू : यदि मानवले प्रकृतिलाई अहित गर्दैन भने, प्रकृतिले हामीलाई अहित गर्दैन । चीनले २०३० अघि कार्बनडाइअक्साइड उत्सर्जनको उच्चतम… पुरा पढौ

चीनको टेलिकममाथिको अमेरिकी प्रतिबन्ध ‘दुर्भावपूर्ण दमन’ : बेइजिङ

बेइजिङ, ११ कार्तिक । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको "चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमन" भएको प्रतिक्रिया दिएको छ। बेइजिङले यस्ता कदमले सम्बन्ध बिग्रने चेतावनी दिएको छ। वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग "गम्भीर प्रतिनिधित्व" गरेको र बेइजिङले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको बताउँनुभएको छ। पुरा पढौ