अन्तर्राष्ट्रिय 🗺

महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनप्रति विश्वास घट्दो: सर्वेक्षण

वासिङ्टन, ११ कार्तिक । राष्ट्रपति जो बाइडेनले कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई बचाउन सक्ने क्षमतामा अमेरिकीहरूको विश्वास घट्दोक्रममा रहेको सार्वजनिक गरिएको एक सर्वेक्षणले देखाएको छ। अक्टोबर २२-२५ मा गरिएको एक्सिओस इपोस (Axios-Ipsos) सर्वेक्षणले ४४ प्रतिशत उत्तरदाताहरूले कोभिडग्रस्त अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनको क्षमतामा गत जनवरीदेखि क्रमश कमी आउँदै गएको टिप्पणी गरेका छन्। आधिकारिक तथ्याङ्कले सेप्टेम्बर २०२० देखि सेप्टेम्बर २०२१ सम्म मुद्रास्फीति ५.४ प्रतिशतले बढेको देखाएको छ जसले वस्तु र सेवाहरूमा मूल्यवृद्धि गरेको छ। विश्लेषकहरूका अनुसार विभिन्न आपूर्ति शृङ्खलाका अवरोधहरू, उच्च बेरोजगारी, र… पुरा पढौ

सिरियामा मानवीय सहायताको खाँचो : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, ११ असोज । संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडो याममा थप सहायताको खाँचो रहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले यसअघि नै जनाएको थियो । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताउछन् सिरियाको उत्तरपश्चिमी क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको कुरा गिरिफिथले बताए । उनले जाडो याममा यहाँका थप नागरिक संकटमा पर्नसक्ने भन्दै… पुरा पढौ

सुडानका प्रधानमन्त्रीअब्दल्ला हम्डोक रिहा

खार्तुम, १० कात्तिक । सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई रिहा गरिएको उनको कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय रुपमा भएको कडा दबाबपछि उनलाई सैन्य कूबाट हटाइएको छ । यद्यपी सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताइएको छ । अन्य मन्त्रीहरु र नागरिक नेताहरू गिरफ्तारमा नै रहेका उनको कार्यालयले थप जानकारी दिएको छ । सैन्य कूपछि अमेरिका र ईयूले सुडानलाइ दिइरहेको सहायता निलम्बन गर्ने चेतावनी दिएको थियो । यसैबीच संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सुरक्षा परिषद्को आपतकालीन बैठक शुरु हुनु भन्दा अगाडी नै… पुरा पढौ

आइएसको आक्रमणमा दशको मृत्यु

बग्दाद, १० कात्तिक । इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार सो आक्रमणमा परी अरु १२ जना घाइते भएका छन् । दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो । इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको बताएको छ । त्यसक्रममा गत हप्तामात्र पनि सो दियाला… पुरा पढौ

सुडानमा सैन्य ‘कू’ विरुद्धमा व्यापक प्रदर्शन, सातको मृत्यु, १४० घाइते

खार्तुम, ९ कात्तिक । सुडानमा सेनाले सोमबार गरेको कूका विरुद्धमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारी सुरक्षाकर्मीहरुले दमन गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु १४० जना घाइते भएका छन् । नागरिक अगुवा र सैनिक प्रतिनिधिहरु सामेल भएर बनाइएको सरकारलाई अपदस्त गर्दै सैनिक नेतृत्वले सैन्य शासन लागू भएको घोषणा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो । प्रदर्शनका लागि हजारौ नागरिक सडकमा उत्रिएका छन भने प्रदर्शनलाई निस्तेज पार्न सुरक्षाकर्मीहरु पनि ठूलो संख्यामा परिचालन गरिएका छन्… पुरा पढौ

विश्वसँग चीनको सम्बन्धमा राष्ट्रपति सीको टिप्पणी

चीनका राष्ट्रपति सी चिनफिङले संयुक्त राष्ट्र संघमा जनवादी गणतन्त्र चीनको वैधानिक स्थानको पुनर्स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित स्मरणार्थ सम्मेलनमा महत्त्वपूर्ण सम्भाषण गरेका छन्। सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपतिले चीन र विश्वबीचको सम्बन्धका बारेमा आफ्नो धारणा व्यक्त गरे । सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपतिले चीन र विश्वबीचको सम्बन्धका बारेमा आफ्नो धारणा व्यक्त गरे। "यी पचास वर्षदेखि चिनियाँ जनताले विश्वभरका जनतासँग ऐक्यबद्धता र सहयोगमा उभिएका छन् र अन्तर्राष्ट्रिय समानता र न्यायलाई समर्थन गर्दै विश्व शान्ति र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्," सीले भने। राष्ट्रपति… पुरा पढौ

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माले, ९ कात्तिक । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । अक्टोबर १ देखि २४ सम्म एक लाख २ हजार ४३४ पर्यटकले माल्दिभ्स भ्रमण गरेका पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सन् २०२० जुनको सोही अवधिको तुलनामा हाल ५९९ प्रतिशतले बढेको छ । तर २०१९ को तुलनामा २ प्रतिशतले घटेको छ । माल्दिभ्सले यस वर्ष अहिलेसम्म कुल नौ लाख… पुरा पढौ

विवादका बीच जापानकी राजकुमारीद्धारा सर्वसाधारण युवकसँग बिवाह

टोकियोऽ ९ कात्तिक । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन । आफ्नी बहिनीलाई अँगालो हालेकि थिइन । जापानको शाही परिवार सम्वन्धी नियमअनुसार उनले सर्वसाधारणसँग विहे गरेसँगै उनको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेमसम्वन्ध मंगलबारदेखि बैवाहिक सम्वन्धमा रुपान्तरण भएको हो ।… पुरा पढौ

दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन

सोल, ९ कात्तिक । दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ बर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उनको स्वास्थ्यमा सुधार भएन र मङ्गलबार निधन भएको हो । पूर्व सेना प्रमुख समेत रहेका रोह सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष दक्षिण कोरियाको राष्ट्रपति बनेका थिए। उनी राष्ट्रपति भएको बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको माग भइ त्यसलाई स्विकारेका थिए । रोह डेमोक्रेटिक जस्टीस पार्टीका नेता… पुरा पढौ

म्यानमारमा सिंगापुरबाट संयुक्त राष्ट्रसंघका नयाँ राजदूत नियुक्ति

संयुक्त राष्ट्रसंघ, कात्तिक ९ । सिंगापुरका समाजशास्त्री नोएलिन हेजरलाई म्यानमारका लागि नयाँ विशेष दूत रुपमा नियुक्त गरिएको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार घोषणा गरेका छन् । ७३ वर्षीया हेजरले स्विट्जरल्याण्डकी क्रिस्टिन श्रनर बर्जेनरलाई विस्थापित गरेका छन् । हेजरले संयुक्त राष्ट्रसंघमा विशेष गरी सन् २००७ देखि २०१४ सम्म एसिया र प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको प्रमुखका रुपमा कैयौ वरिष्ठ पदहरू सम्हालिसकेकाे पाइन्छ । सन् २०१३ देखि २०१५ सम्म उनले पूर्वी टिमोरको लागि विशेष सल्लाहकारको रुपमा सेवा गरेका थिए… पुरा पढौ