अन्तर्राष्ट्रिय 🗺

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ घाइते

जकार्ता, १५ वैशाख । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । दुर्घटना पछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गर्नु भएको छ । उहाँका अनुसार मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको… पुरा पढौ

सन् २०२६ मा अफगानिस्तानको आर्थिक वृद्धि ४ प्रतिशतले बढ्ने विश्व बैङ्कको प्रक्षेपण

काबुल, १४ वैशाख । “अफगानिस्तानको अर्थतन्त्र सन् २०२६ मा करीव चार प्रतिशतले वृद्धि हुने अनुमान गरिएको टोलो न्यूजले विश्व बैङ्कको एक विज्ञप्तिलाई उद्धृत गरी सोमबार जानकारी गराएको छ । बलियो घरेलु माग, बढ्दो निजी लगानी र श्रम बजारमा फर्कने आप्रवासीहरूको सुधारिएको एकीकरणको समर्थनले अफगानिस्तानको आर्थिक वृद्धिमा सकारात्मक भूमिका खेलेको छ । प्रतिवेदनमा भनिएको छ, “इरानमार्फत हुने कारोबारले आर्थिक गतिविधिलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको र व्यापार मार्गहरूको विविधीकरणको प्रयासले अधिक स्थिर वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । सन् २०२५… पुरा पढौ

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो, १४ वैशाख । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबीच आएको यो कम्पनले जोखिम अझै टरेको छैन भन्ने सङ्केत दिएको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ५ः२३ बजे होक्काइडोको दक्षिणी क्षेत्रमा केन्द्रित भएर आएको हो । यसको गहिराइ करिब ८३ किलोमिटर रहेको जनाइएको छ, जुन प्रारम्भिक ६.१ म्याग्निच्युडको अनुमानलाई संशोधन… पुरा पढौ

युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय

सियोल, १४ वैशाख । रुस–युक्रेन युद्धमा आफ्ना सैनिकको संलग्नता थप प्रस्ट पार्दै उत्तर कोरियाले मारिएका सैनिकहरूको सम्झनामा प्योङयाङमा स्मारक सङ्ग्रहालय स्थापना गरेको छ । दुई देशबीच बढ्दो सैन्य सहकार्यको सङ्केतका रूपमा आएको यो कदमले उत्तर कोरिया र रुसको सम्बन्ध अझ मजबुत बन्दै गएको देखाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उक्त सङ्ग्रहालयको उद्घाटन आइतबार कुस्र्क क्षेत्रमा भएको सैन्य अभियानको अन्त्य भएको एक वर्ष पूरा भएको अवसरमा गरिएको हो । कार्यक्रममा नेता किम जोङ उनले रुसका उच्च अधिकारीहरूसँग… पुरा पढौ

दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

काठमाडौं, १३ वैशाख । स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ। उक्त घटनामा कम्तिमा ६ जना यात्रु घाइते भएका छन्। यो घटना आइतबार बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। दिल्लीबाट जुरिख जाँदै गरेको उडान बिहान करिब १:०८ बजे धावनमार्गमा थियो। विमानमा कुल २३२ जना (२२४ यात्रु र ४ शिशु सहित) सवार थिए। आगलागी भएपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो। घाइतेहरूलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ।… पुरा पढौ

मालीमा भएका आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको गम्भीर चिन्ता

माली, १३ वैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्तोनियो गुटेरेसले मालीमा हालै भएका समन्वित आक्रमणका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै ती हिंसात्मक कार्यहरूको निन्दा गर्नुभएको छ । उहाँका प्रवक्ता स्टेफान डुजारिकद्वारा जारी गरिएको विज्ञप्तिअनुसार महासचिवले उक्त घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै प्रभावित परिवार तथा सम्पूर्ण मालीका जनताप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्नुभएको छ । महासचिव गुटेरेसले नागरिकहरूको जीवन, सुरक्षा तथा सार्वजनिक पूर्वाधारको संरक्षणलाई अत्यन्त महत्त्वपूर्ण विषयका रूपमा उल्लेख गर्दै कुनै पनि परिस्थितिमा निर्दोष नागरिकहरू लक्षित हुने घटनाहरू अस्वीकार्य रहेको स्पष्ट पार्नुभएको छ… पुरा पढौ

राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित

वासिङ्टन, १३ वैशाख । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठूलो सुरक्षा घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार ती व्यक्तिले बन्दुक र चक्कु लिएर कार्यक्रम स्थलको लबी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए, जसपछि सुरक्षाकर्मीहरू तत्काल सक्रिय भएका थिए र उनलाई नियन्त्रणमा लिएका थिए । घटनाका क्रममा गोली चलेको आवाज सुनिएको थियो र केही अतिथिहरू डराएर टेबलमुनि लुकेका थिए । राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीहरूले तुरुन्तै सुरक्षित स्थानमा लगेका थिए र उहाँ… पुरा पढौ

कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

बोगोटा, १३ वैशाख । कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका छन् । रिपोर्टका अनुसार काली र पोपायान जोड्ने पान–अमेरिकी राजमार्गको एल टुनेल क्षेत्रमा गुडिरहेको बसमा बम प्रहार गरिएको थियो, जसले बसको छाना र झ्यालहरूमा गम्भीर क्षति पुर्‍याएको छ साथै राजमार्गमा पनि नोक्सानी भएको देखिन्छ । प्रत्यक्षदर्शी चालकहरूका अनुसार हतियारधारी व्यक्तिहरूले एक ट्रक र बस अपहरण गरी सडक अवरुद्ध बनाएका थिए र ती सवारीसाधनहरूमा एक विद्रोही… पुरा पढौ

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

काठमाडौं, १३ वैशाख। आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल २६ लाई यस दिवसका रूपमा मनाउने घोषणा गरेको हो । सन् २०१७ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो । चेर्नोबिल आणविक दुर्घटना भएको यो ४० औँ वर्ष हो । युक्रेनस्थित चेर्नोबिल आणविक विद्युत् केन्द्रमा भएको विस्फोटपछि रेडियोधर्मी बादल सोभियत सङ्घका विशाल भू–भागमा फैलिएको थियो । ती हाल बेलारुस, युक्रेन र रुसी महासङ्घका… पुरा पढौ

इराकी समूह नेतामाथि एक करोड डलर इनाम

वासिङ्टन, ११ वैशाख । इराकमा सक्रिय एक सशस्त्र समूहका नेताको खोजीलाई तीव्र बनाउँदै अमेरिकी विदेश मन्त्रालयले ती नेताको बारेमा विश्वसनीय सूचना दिने व्यक्तिलाई एक करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ । तेहरान समर्थित मानिने उक्त समूह कातेब सैयद अल–शुहादा (केएसएस) का नेता हाशिम फिन्यान रहिम अल–सराजीबारे सूचना सङ्कलन गर्ने उद्देश्यले यो कदम चालिएको हो । अल–सराजीलाई अबु अला अल–वलाई पनि भनिन्छ । अमेरिकी विदेश मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सामाजिक सञ्जाल सन्देशमार्फत अल–सराजीको गतिविधि, स्थान तथा पहिचानबारे जानकारी उपलब्ध… पुरा पढौ