अन्तर्राष्ट्रिय 🗺

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

नयाँदिल्ली, २२ वैशाख । भारतको राजनीतिमा नयाँ मोड ल्याउने सङ्केतका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गालको विधानसभामा उल्लेखनीय अग्रता हासिल गर्दै लामो समयदेखिको विपक्षी गढ तोड्ने स्थितिमा पुगेको छ । प्रारम्भिक मत परिणामहरूले राज्यको सत्ता समीकरणमा ठूलो परिवर्तन आउने सम्भावना देखाएका छन् । भारतको निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको आंशिक नतिजाअनुसार २९४ सदस्यीय पश्चिम बङ्गाल विधानसभामा भाजपा कम्तीमा १२४ सिट जित्न सफल भएको छ भने थप ८३ सिटमा अग्रस्थानमा रहेको देखिएको… पुरा पढौ

आर्मेनिया युरोपतर्फ नजिकिँदै, रुससँग दूरी बढ्दै

येरेवान (आर्मेनिया) । दक्षिण काकेशस क्षेत्रको रणनीतिक रूपमा महत्त्वपूर्ण राष्ट्र आर्मेनियाले आफ्नो विदेश नीतिमा ऐतिहासिक मोड लिँदै युरोपेली सङ्घ (इयु) सँग सम्बन्ध गहिरो बनाइरहेको छ । यही सन्दर्भमा आर्मेनियाले मङ्गलबार इयुसँग पहिलो द्विपक्षीय शिखर सम्मेलन आयोजना गर्दै लामो समयदेखिको सहयोगी रुसबाट दूरी बढाउने स्पष्ट सङ्केत दिएको छ । राजधानी येरेवानमा सम्पन्न उक्त शिखर सम्मेलन युरोपेली राजनीतिक समुदायको आठौँ भेला पछि युरोपका दर्जनौँ नेताहरूलाई एउटै मञ्चमा ल्याउँदै सम्पन्न भएको हो । सोमबार भएको छलफलमा युरोपेली सुरक्षा अवस्था र इरानमा अमेरिका–इजरायल युद्धसम्बन्धी… पुरा पढौ

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

मनिला, २१ वैशाख । फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो खरानीले जनजीवन प्रभावित बनाउँदा ३०० भन्दा बढी परिवार विस्थापित भएका छन् । अधिकारीहरूका अनुसार सप्ताहन्तमा ज्वालामुखीको ढलानमा जम्मा भएको लावा एक्कासि खस्दा ठूलो मात्रामा खरानी फैलियो, जसका कारण आसपासका बस्तीहरू तत्काल खाली गराउनुपरेको थियो । अधिकारीहरूका अनुसार मेयनबाट कुनै ठूलो विस्फोट नभए पनि यसको दक्षिणपश्चिमी ढलानमा जम्मा भएको लावाको विशाल भण्डार अचानक खस्दा पाइरोक्लास्टिक प्रवाह उत्पन्न भएको थियो । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका निर्देशक टेरेसिटो बाकोलकोलका… पुरा पढौ

अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ

प्राइया, २१ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ ) का अनुसार अटलान्टिक महासागरमा यात्रा गरिरहेको एक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । उक्त घटना अर्जेन्टिनाको उशुआइया बाट केप भर्डे तर्फ जाँदै गरेको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजमा भएको हो । विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार हालसम्म एक जनामा प्रयोगशालाबाट हान्टाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप पाँच जनामा सङ्क्रमणको शङ्का गरिएको छ । कुल छ जना प्रभावितमध्ये तीन जनाको मृत्यु भइसकेको छ भने एक जना… पुरा पढौ

होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान

क्यानबेरा, २१ वैशाख । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सोमबार विश्वव्यापी तेल आपूर्ति सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ‘अत्यन्त ठूलो प्रभाव’ पारेको बताउनुभएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग क्यानबेरामा भएको भेटवार्तापछि उहाँले दुवै देशले ऊर्जा आपूर्तिलाई सुरक्षित र स्थिर बनाउन आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँका अनुसार विश्वको करिब एक–पाँच भाग तेल सामान्य अवस्थामा होर्मुज जलडमरूमध्य हुँदै आपूर्ति हुने गर्छ । तर हालको परिस्थितिमा संयुक्त राज्य अमेरिका र इजरायलमाथि आक्रमणपछि इरानले उक्त महत्वपूर्ण समुद्री मार्गमा अवरोध सिर्जना… पुरा पढौ

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान, २० वैशाख । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ प्रस्तावबारे एशिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीहरूसँग जानकारी आदानप्रदान गर्नुभएको छ । शुक्रबार र शनिबार भएका छुट्टाछुट्टै टेलिफोन वार्ताहरूमा उहाँले टर्कीए, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रुस, दक्षिण कोरिया, जापान, फ्रान्स, इटाली लगायत देशहरूका अधिकारीहरूसँग क्षेत्रीय अवस्थाबारे छलफल गर्नुका साथै वासिङ्टनसँग सम्भावित युद्धविरामका विषयमा पनि कुराकानी गर्नुभएको बताइएको छ । साथै युरोपेली सङ्घका परराष्ट्र नीतिसम्बन्धी प्रमुखसँग पनि उहाँले… पुरा पढौ

होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

तेहरान, २० वैशाख । इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार दिएको अभिव्यक्तिमा देशका सशस्त्र बलहरूले होर्मुज जलडमरूमध्यको सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त महत्वपूर्ण समुद्री मार्गबाट जहाजहरूको आवागमन इरानी निकायहरूको समन्वय र स्वीकृतिमा आधारित रहनेछ । उहाँले होर्मुज जलडमरूमध्यको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा उपायहरू अपनाइएको बताउनुभयो । साथै, इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आइआरजीसी) र राष्ट्रिय सेनाले संयुक्त रूपमा उक्त क्षेत्रमा निगरानी तथा सुरक्षा… पुरा पढौ

इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत

फ्लोरिडा, २० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा इरानले पठाएको नयाँ शान्ति प्रस्तावको समीक्षा गर्ने बताउनुभएको छ, तर त्यसलाई स्वीकार गरिने सम्भावना कमजोर रहेको सङ्केत पनि गर्नुभएको छ । उहाँले इरानले विगतका वर्षहरूमा गरेको गतिविधिका कारण विश्व र मानवतामाथि गम्भीर असर परेको भन्दै हालको प्रस्तावप्रति आशावादी हुन नसकिने धारणा राख्नुभयो । पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले इरानमाथि भविष्यमा पुनः सैन्य कारबाही हुन सक्ने सम्भावनालाई पनि स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो, “यदि उनीहरूले गलत व्यवहार गरे वा कुनै… पुरा पढौ

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ, १९ वैशाख । चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा उन्नत प्रविधि र डेटा विकासका विविध प्रयोगहरू प्रस्तुत गरिएका छन् । करिब ५६ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा मानवजस्तै रोबोटहरूले आगन्तुकलाई स्वागत गरेका छन्, जहाँ लेखन गर्ने, चिया बनाउने तथा खेल खेल्ने रोबोटहरूले वास्तविक जीवनमा प्रविधिको प्रयोग देखाएका छन् । आगलागी जस्ता जोखिमपूर्ण अवस्थामा प्रयोग हुने सुरुङ निरीक्षण तथा उद्धार रोबोटदेखि स्वचालित रूपमा अवरोध छल्ने चारखुट्टे रोबोटसम्मका नवीन उपकरणहरू प्रदर्शनमा राखिएका छन् । करिब ४०० उद्यमहरूले… पुरा पढौ

मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

वासिङ्टन, १९ वैशाख । अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीहरूले कम्तीमा ८ देशमा फैलिएका १६ अमेरिकी सैन्य स्थलहरूमा आक्रमण गरी क्षति पुर्‍याएका छन् । समाचार प्रतिवेदनअनुसार, तीमध्ये धेरैजसो सैन्य स्थलहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्, जसका कारण केही आधारहरू लगभग प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् । एक संसदीय सहयोगीका अनुसार,… पुरा पढौ