अन्तर्राष्ट्रिय 🗺

बर्नाड आर्नल्ट बने संसारकै सबैभन्दा धनी व्यक्ति

अमेरिका ,११ जेष्ठ। फ्रान्सका बर्नाड आर्नल्ट संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। फेसन टाइकुन बर्नाड संसारकै धनी व्यक्ति बनेका हुन्। सोमबार मात्र फोर्ब्सले उनलाई सबैभन्दा धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा राखेको हो। फोर्ब्सका अनुसार जेफ बेजोसलाई पछि पार्दै सोमबार उनको सम्पत्ति बढेर १८६ दशमलव ३ अर्ब अमेरिकी डलर पुगेको हो। बेजोसको सम्पत्ति १८६ अर्ब अमेरिकी डलर रहेको छ। फोर्ब्सका अनुसार आर्नल्टको यो सम्पत्ति बेजोसको भन्दा तीन सय मिलियन डलर बढी हो। आर्नल्टको फ्रेन्च कम्पनी लुइस भ्यूटन मेइट हेनेसी (एलभीएमएच)ले सन्… पुरा पढौ

भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित बिरामी फेला

उत्तर प्रदेश, १० जेठ । कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढुसी (फङ्गस) को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ । तर यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेंलो ढुसीको सङ्क्रमण भेटिएको सोमबार, यहाँका नाक कान घाँटी (इएनटी) विशेषज्ञ बीपी त्यागीले पुष्टि गरे । त्यागीले भने, “बिरामीलाई पहेंलो ढुसीका साथै कालो र सेतो ढुसी पनि संक्रमण छ र हाल उक्त विरामीलाई स्थानीय अस्पतालमा उपचार… पुरा पढौ

जापानको टोकियो, ओसाकामा खोप केन्द्रहरु खुले

टोकियो, १० जेठ । जापान सरकारले टोकियो र ओसाकामा ठूलो संख्यामा मानिसहरुलाई खोप लगाउन सक्ने गरी खोप केन्द्रहरु सोमबार खुला गरेको छ । जापानमा खोप अभियान सुस्त भएको आलोचना भइरहेका बेला सरकारले व्यापक अभियान थालेको हो । टोकियो ओलम्पिक आउन दुई महिना बाँकी रहँदा जापानी सेनाका चिकित्सक र नर्सहरुलाई तीन महिनासम्म यी खोप केन्द्रहरु सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । सेनाका चिकित्सक एवं नर्सहरुले हालैमात्र स्वीकृत गरिएको मोडर्ना कम्पनीका खोप लगाउन थालेका छन् । संयुक्तराज्य अमेरिकामा विकास गरिएको मोडर्नाको खोपलाई… पुरा पढौ

म्यान्मारकी नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित

बैंकक, १० जेठ । म्यान्मारकी नेतृ आङ सान सु की पहिलो पटक अदालतमा स्वयं उपस्थित भएकी छन् । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सु कीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो । उनका एक जना वकील मिन मिन सो ले टेलिफोनमा बताए अनुसार सु कीलाई राजधानी न्यापिटअस्थित नगर परिषद भवनमा स्थापना गरिएको विशेष अदालतमा उपस्थित हुनुअघि आफ्ना वकीलहरुसँग भेट गर्न दिइएको छ । कानुन व्यवसायीहरुले अपदस्थ राष्ट्रपति विन मिन्टसँग पनि भेटघाट गरेका छन् । मिन्ट… पुरा पढौ

कंगोमा ज्वालामुखी विस्फोटमा परी १५ जनाको मृत्यु

किन्सासा, १० जेठ । कंगोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परेर कम्तीमा पनि १५ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन् । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा १५ जनाको ज्यान गएको थियो । कंगोका अधिकारीहरुले माउन्ट निरागोगोमा विस्फोट भएको र त्यस क्रममा उनीहरु सो क्षेत्रबाट भाग्न खोजेका… पुरा पढौ

भारतमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो, थामिएन मृत्यु

नयाँदिल्ली, १० जेठ भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोनाभाइरस महामारीको विगत २४ घण्टामा थप चार हजार ४५४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । कोभिड–१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन… पुरा पढौ

युद्धविरामको मर्मलाई उल्लङ्घन नगर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ, १० जेठ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टिनी अधिकारीहरुलाई आग्रह गरेको छ । मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न इजरायली र प्यालेस्टिनी पक्षहरू सहमत भएकाले शो युद्धविरामको अक्षरश पालना गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्ले ध्यानाकर्षण गराएको हो । सुरक्षा परिषद्ले वार्ताबाटै समस्या समाधानका लागि पहल गर्ने र युद्धग्रस्त क्षेत्रमा तत्काल मानवीय सहायता उपलब्ध गराउन पनि सम्वद्ध राष्ट्रहरुको ध्यानाकर्षण गराएको छ । ११ दिनसम्म चलेको युद्धका क्रममा ६६… पुरा पढौ

चीनमा झण्डै ५० करोड डाेज खाेप लगाइयाे

बेइजिङ, ९ जेठ । कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा हालसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको छ । कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ । विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ । चीनले आफ्नै देशका सिनोफार्म समेतका कम्पनीले उत्पादन गरेका खोपहरु लगाइरहेको… पुरा पढौ

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

गान्सु, ९ जेठ । चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन । चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ । पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको… पुरा पढौ

भारतमा अहिलेसम्मकै धेरै एकै दिनमा २१ लाख २३ हजारको कोरोना परीक्षण

नयाँ दिल्ली, ९ जेठ । भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एकै दिनमा २० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको यो पाँचौ दिन हो । पछिल्लो २४ घण्टामा भारतमा २१ लाख २३ हजार ७८२ हजार जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । भारतमा दैनिक २५ लाख जनाको कोरोना… पुरा पढौ