अन्तर्राष्ट्रिय 🗺

ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या चार लाख ५० हजार नाघ्यो

ब्रासिलिया, १२ जेठ ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७३ हजार ४५३ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ । यस प्रकोप शुरु भएयता ब्राजिलमा… पुरा पढौ

चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

नयाँ दिल्ली, १२ जेठ । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुआति प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस… पुरा पढौ

ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या चार लाख ५० हजार नाघ्यो

ब्रासिलिया, १२ जेठ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७३ हजार ४५३ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ । यस प्रकोप शुरु भएयता… पुरा पढौ

‘यास’ चक्रवातको प्रभावले हुने क्षति कम गर्न भारतमा सेना परिचालन

भारत, १२ जेठ। ‘यास’ चक्रवातको प्रभावले हुने क्षति कम गर्न भारतको पश्चिम बंगालमा सेना परिचालन गरिएको छ। त्यहाँको सरकारले चक्रवातको असरले हुने क्षति कम गर्न पश्चिम बंगालका १० सहरमा सेना खटाएको हो। हावडा, हुगली, पूर्व र पश्चिम मेदिनीपुरसहित १० जिल्लामा उद्दार र राहतको लागि सेनाका १७ कम्पनीलाई जिम्मा दिइएको भारतीय संचार माध्यमले जनाएका छन्। चक्रवातकै कारण हुनसक्ने क्षति कम गर्नको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा आवातजावतमा रोक लगाइएको छ। चक्रवातको असरले भारी वर्षा हुँदा तटीय क्षेत्र डुबानमा परेको छ । राजधानी कोलकतामा… पुरा पढौ

विश्वभर कोरोना जित्नेको संख्या १५ करोड नाघ्यो

विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण जित्नेको संख्या १५ करोड नाघेको छ । अहिलेसम्म १६ करोड ८५ लाखमा कोरोना पुष्टि हुँदा निको हुनेको संख्या १५ करोड ४० हजार नाघेको हो । अझैपनि १ करोड ४९ लाख सक्रिय संक्रमित रहेकामा ९९ दशमलव ४ प्रतिशत अर्थात १ करोड ४८ लाखको अवस्था सामान्य रहेको र बाँकी शून्य दशमलव ६ प्रतिशत अर्थात ९६ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले जनाएको छ । ३४ लाख ९९ हजारको भने कोरोनाका कारण मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा… पुरा पढौ

बाइडन र पुटिनबीच भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने भएका छन्। बाइडन राष्ट्रपति भएपछि पहिलोपटक पुटिनसँग भेट्न लागेका हुन्। दुई राष्ट्रपतिले १६ जुनमा जेनेभामा भेट्ने तयारी गरेका ह्वाइट हाउसले जनाएको हो। ह्वाइट हाउसको प्रेस सेक्रेटरी जेन साकीले १६ जुनमा हुने भेटमा सबै मुद्‍दामा छलफल हुने भन्दै अमेरिका र रुसको सम्बन्ध सुधारेर विश्वव्यापी विषयमा सहयोग गर्ने बताइन्। ‘मिटिङमा सबै विषयमा छलफल हुनेछ। के के विषय हुन् सबैलाई थाहा छ’, साकीले भनेकी छन्, ‘हामी रुस र अमेरिकाको सम्बन्धमा सुधार होस् र ग्लोबल… पुरा पढौ

युरोपेली युनियनका नेताहरु कमजोर राष्ट्रहरुलाई १० करोड डोज खोप प्रदान गर्न सहमत

ब्रसेल्स, ११ जेठ । युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो । ब्रसेल्समा आयोजित दुई दिने शिखर सम्मेलनमा सहभागी २७ राष्ट्रका सरकार एवं राष्ट्र प्रमुखहरुले विश्वमा देखिएको कोभिड–१९ विरुद्धको खोपको मागलाई सम्बोधन गर्न खोपको उत्पादन क्षमता बृद्धि गर्ने एउटा सम्झौतामा पनि सहमति जनाएका छन् । नेताहरुले कोभिड–१९ को खोपको समतामूलक वितरण गर्नेतर्फ… पुरा पढौ

एसियाली पूर्वाधार बैंकद्वारा बंगलादेशलाई २६ करोड ऋण प्रदान

ढाका, ११ जेठ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो पुल हो । बेइजिङस्थित एआईआईबीको कार्यालयले जारी गरेको विज्ञप्तिमा केवटथली पुलको निर्माणले बंगलादेशको उत्तरी शहर मिमेनसिंहको बढ्दो ट्राफिक समस्या सुल्झाउन ठूलो मद्दत गर्ने उल्लेख छ । यसबाहेक, यो पुल ढाका–मिमेनसिंह–भारत सीमा कोरिडरको एक हिस्सा पनि हुनेछ र यो पुल स्थानीय एवं क्षेत्रीय सम्पर्क सञ्जालका लागि रणनीतिक महत्वको रहेको छ ।… पुरा पढौ

कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो

किन्सासा, १२ जेठ । कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो । तर पनि त्यसमा परेर कम्तीमा पनि ३२ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन् । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको… पुरा पढौ

जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्धारा आफ्ना नागरिकलाई सुझाव

न्युयोर्क, १२ जेठ अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सो सूचना जारी गरेको हो । लेभल–४ को स्वास्थ्य सम्बन्धी यात्रा सूचना जारी गर्दै कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकका रुपमा जापान र श्रीलंकालाई पनि राखेको छ । त्यसैले आफ्ना नागरिकलाई कोभिड १९ को खतरा बढ्दै गएको भन्दै जापान र श्रीलंका नजान भनिएको सो सूचनामा जनाइएको समाचारमा… पुरा पढौ