अन्तर्राष्ट्रिय 🗺

ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भने–“संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण”

एयर फोर्स वन (अमेरिका), १२ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्ट रूपमा बताउनुभएको छ । संविधानअनुसार अमेरिकी राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालसम्म मात्र शासन गर्न सकिने प्रावधान छ । यही सीमालाई स्वीकार गर्दै ट्रम्पले भन्नुभयो, “मसँग इतिहासकै सबैभन्दा उच्च जनमत छ, तर मैले पढेको आधारमा मलाई तेस्रो पटक चुनाव लड्न अनुमति छैन । यो साँच्चै निकै नराम्रो कुरा हो ।” ७९ वर्षीय राष्ट्रपति ट्रम्प र उहाँका… पुरा पढौ

सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौं, १२ कात्तिक। सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ । चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब… पुरा पढौ

संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानमा राष्ट्रसङ्घका शान्ति सेना माथि भएको इजरायली आक्रमणको निन्दा

किएभ, ११ कात्तिक। संयुक्त राष्ट्र सङ्घ र फ्रान्सले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामाथि भएको इजरायली आक्रमणको निन्दा गर्दै घटनाले अन्तर्राष्ट्रिय कानुन र युद्धविरामको गम्भीर उल्लङ्घन गरेको बताएको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले सीमावर्ती सहर कफर नजिकै भएको आक्रमणमा इजरायली ड्रोनले शान्ति सेनाको गस्ती नजिकै ग्रेनेड खसाली शान्तिसेनामाथी ट्याङ्क फायर गरेएको जनाए। डुजारिकले विभिन्न बाहानामा शान्ति सेनाले बारम्बार इजरायली आक्रमणमको सामना गर्नु परेको बताए। लेबनानमा संयुक्त राष्ट्रको शान्ति सेना लेबनानी सेनाको साथमा इजरायल र लेबनानी सशस्त्र समूह हेजबुल्लाहबीच… पुरा पढौ

जेलेन्स्कीको आग्रह–“युरोपको निरन्तर सहयोग बिना लडाइँ कठिन”

किएभ, ११ कात्तिक । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी सेनासँगको युद्ध अझै दुईदेखि तीन वर्षसम्म लम्बिन सक्ने भन्दै युरोपेली देशहरूसँग स्थिर आर्थिक सहयोगको माग गरेका छन् । उनका अनुसार, युक्रेनले सन् २०२२ फेब्रुअरीमा सुरु भएको पूर्ण रुसी आक्रमणपछि विदेशी सैन्य र आर्थिक सहयोगकै भरमा आफ्नो प्रतिरक्षा जारी राखिरहेको छ । “मैले सबै युरोपेली नेताहरूसँग स्पष्ट रूपमा भनेको छु—हामी दशकौँसम्म युद्ध लड्ने होइनौँ, तर केही वर्षका लागि युक्रेनलाई स्थिर आर्थिक आधार प्रदान गर्न उनीहरूले प्रतिबद्धता देखाउनुपर्छ”, उनले मङ्गलबार जारी गरेको वक्तव्यमा… पुरा पढौ

चीनद्वारा ‘बहुध्रुवीय संसार’ को आगमनको स्वागत

बेइजिङ, १० कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आसन्न उच्चस्तरीय वार्तापूर्व चीनका विदेशमन्त्री वाङ यीले सोमबार ‘बहुध्रुवीय संसारको आगमन’ लाई स्वागत गर्दै वासिङ्टनको नीतिबाट विश्व बजार अस्थिर भएको आरोप लगाउनुभएको छ । “आर्थिक र व्यापारिक विषयलाई राजनीतिकरण गर्नु, विश्व बजारलाई कृत्रिम रूपमा विभाजन गर्नु र व्यापार युद्ध तथा कर युद्धको सहारा लिनु विश्व अर्थतन्त्रका लागि घातक छ”, बेइजिङमा आयोजित एक फोरममा सम्बोधन गर्दै वाङले भन्नुभयो, “सम्झौताबाट पछि हट्ने, प्रतिबद्धताहरू तोड्ने र गुटबन्दी राजनीति गर्ने प्रवृत्तिले… पुरा पढौ

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

ब्युनस आयर्स, १० कात्तिक । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गरेका छन् । मिलेई नेतृत्वको ला लिबर्टाड अवान्जा (एलएलए) पार्टीले प्रतिनिधिसभा र सिनेटका लागि भएको निर्वाचनमा ४०.८४ प्रतिशत मत प्राप्त गर्दै ठूलो जीत हासिल गरेको छ । यसले विगतका अवरोधहरू पार गर्दै पुनरुत्थान गरेको भन्दै लगानीकर्ताहरूले यस परिणामलाई नजिकबाट हेरिरहेका थिए । ५५… पुरा पढौ

रूसद्वारा नयाँ आणविक क्षमतायुक्त क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’ को सफल परीक्षण

मस्को, ९ कात्तिक । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार देशले विकास गरेको नयाँ आणविक–सञ्चालित क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’ को अन्तिम सफल परीक्षण सम्पन्न भएको औपचारिक घोषणा गरे। उनले यस मिसाइललाई ‘संसारमा अद्वितीय र अतुलनीय सिर्जना’ भन्दै यसको रणनीतिक क्षमताको प्रशंसा गरे। क्रेमलिनले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत युक्रेनमा जारी युद्धका बीचमा आयोजित उच्चस्तरीय सैनिक बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भने, “निर्णायक परीक्षणहरू अब पूर्ण भएका छन् र म रूसी सशस्त्र सेनामा यस हतियारलाई सेवामा राख्नका लागि आवश्यक पूर्वाधार निर्माणको आदेश दिन्छु ।”… पुरा पढौ

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका, ९ कात्तिक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन् । यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको थियो । राष्ट्रपति ट्रम्पले उक्त विज्ञापनलाई ‘नक्कली र भ्रामक’ भन्दै क्यानाडासँगका सबै व्यापार वार्ता दुई दिनअघि नै समाप्त गर्नुभएको थियो । “उनीहरूले त्यो विज्ञापन तुरुन्तै हटाउनुपर्ने थियो, तर उनीहरूले गत रात विश्व शृङ्खलाको समयमा समेत… पुरा पढौ

५ दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

उखरुल (भारत), ६ कात्तिक । करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्कनु भएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ । ९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ स्थानीय नागा नागरिक परम्परागत पोशाकमा स्वागतका लागि उपस्थित थिए । पुरुषहरूले भाला र ढाल बोकेका थिए भने महिलाहरूले पङ्खले सजिएको हेडगियर र रङ्गीन पोशाकमा सांस्कृतिक नृत्य प्रस्तुत गरिरहेका थिए । विद्यालयका बालबालिकाहरूले इन्द्रेणी र सेतो ताराले सुसज्जित नीलो पृष्ठभूमिको… पुरा पढौ

अमेरिकी राष्ट्रपतिको दक्षिण कोरिया भ्रमणअघि उत्तर कोरियाद्वारा धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण

सियोल, ५ कात्तिक । उत्तर कोरियाले बुधबार बिहान धेरैवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यो प्रक्षेपण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्व नेताहरू दक्षिण कोरियामा हुने शिखर सम्मेलनका लागि आउनु एक हप्ताअघि गरिएको पहिलो परीक्षण हो । दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार ‘छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू मानिएका धेरै प्रोजेक्टाइलहरू’ पत्ता लगाइएको छ । ती मिसाइलहरू राजधानी प्योङयाङको दक्षिणी क्षेत्रबाट बुधबार बिहान करिब ८ः१० बजे (मङ्गलबार २३१० जिएमटी) प्रक्षेपण गरिएको थियो । सियोलको सेनाले ती क्षेप्यास्त्रहरू करिब… पुरा पढौ