अन्तर्राष्ट्रिय 🗺

जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा करिब ९० करोड गरिब मानिस

संयुक्त राष्ट्रसङ्घ, ३१ असोज । विश्वका करिब ८० प्रतिशत गरिब अर्थात् झण्डै ९० करोड मानिस अहिले जलवायु परिवर्तनका आघातहरूको प्रत्यक्ष जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का कार्यवाहक प्रशासक हाओल्याङ जुका अनुसार खडेरी, बाढी, तातो लहर र वायु प्रदूषण जस्ता बढ्दो र गहिरिँदै गएका जलवायु प्रभावहरूबाट कोही पनि सुरक्षित छैन, तर ती प्रभावहरूको सबैभन्दा कडा चोट गरिब वर्गले बेहोर्नुपरेको छ । उहाँले आगामी नोभेम्बरमा ब्राजिलमा आयोजना हुने संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन (कोप–३०) लाई… पुरा पढौ

अमेरिकी व्यापार युद्धमा ‘अन्त्यसम्म लड्ने’ चीनको चेतावनी

बेइजिङ, २८ असोज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आउने चिनियाँ सामानमा थप १०० प्रतिशत कर लगाउने घोषणा गरेको केही दिनमै चीनले मङ्गलबार अमेरिकासँगको व्यापार युद्धमा ‘अन्त्यसम्म लड्न तयार’ रहेको कडा चेतावनी दिएको छ । राष्ट्रपति ट्रम्पको उक्त निर्णय गत हप्तामा बेइजिङले दुर्लभ पृथ्वी (खनिज) तत्वहरूको निर्यातमा नयाँ नियन्त्रण लगाउने निर्णयको प्रतिक्रियामा आएको हो । ती तत्वहरूमा अहिले चीनको विश्वव्यापी प्रभुत्व रहेको छ, जसले उच्च प्रविधि उद्योगमा ठूलो प्रभाव पार्ने बताइन्छ । ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमार्फत नोभेम्बर १ देखि… पुरा पढौ

भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

नयाँदिल्ली, २८ असोज । विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले भारतमा अभूतपूर्व लगानी योजना घोषणा गरेको छ । कम्पनीले आगामी पाँच वर्षभित्र १५ अर्ब अमेरिकी डलर बराबरको पूँजी लगानी गर्दै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको विशाखापट्टनम सहरमा अमेरिका बाहिरको सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हब निर्माण गर्ने बताएको छ । गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकारी थोमस कुरियनले नयाँदिल्लीमा आयोजित समारोहमा यस हबलाई ‘गिगावाट–स्केल एआई आधार’ का रूपमा विकास गरिने जानकारी दिए। उनले भने, “यो गुगलले अमेरिका बाहिर गर्ने सबैभन्दा ठूलो एआई लगानी… पुरा पढौ

आज अर्थशास्त्रको नोबेल पुरस्कार घोषणा हुँदै

स्टोकहोम, २७ असोज । आयोजकहरूले अर्थशास्त्रमा प्रदान गरिने प्रतिष्ठित नोबेल स्मारक पुरस्कारका विजेता वा विजेताहरूको घोषणा गर्ने तयारी गरेसँगै यस वर्षको नोबेल पुरस्कार सिजनको अन्तिम अध्याय आज खुल्दैछ । औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको सम्झनामा आर्थिक विज्ञानमा बैंक अफ स्विडेन पुरस्कार’ भनेर चिनिने अर्थशास्त्र पुरस्कार सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको हो । यो पुरस्कार १९औँ शताब्दीका महान् आविष्कारक, व्यापारी तथा रसायनशास्त्री अल्फ्रेड नोबेलको स्मृतिमा सुरु गरिएको थियो । नोबेलले डाइनामाइटको आविष्कार गरेर पाँचवटा प्रमुख नोबेल पुरस्कारको परम्परा आरम्भ गर्नुभएको… पुरा पढौ

इरानले गाजा सम्झौताका लागि हुने शिखर सम्मेलनमा भाग नलिने-अब्बास

तेहरान, १७ असोज । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले सोमबार गाजा युद्ध अन्त्य गर्न इजिप्टको शर्म अल–शेखमा सोमबार हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा तेहरानले भाग नलिने बताएका छन् । कूटनीतिक संलग्नताको पक्षमा हुँदा, पनि राष्ट्रपति र इरानी जनतालाई आक्रमण गर्ने धम्की र प्रतिबन्ध जारी राख्ने समकक्षहरूसँग संलग्न हुन नसक्ने अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत जनाए। यद्देपी इरानले गाजामा इजरायलको “नरसंहार“ अन्त्य गर्ने र इजरायली सेनाको निष्कासन सुनिश्चित गर्ने सबै पहललाई स्वागत गर्ने उनले बताए। अराघचीले प्यालेस्टिनीहरू “आत्मनिर्णयको मौलिक अधिकार… पुरा पढौ

गाजाबाट मुक्त हुने २० जीवित इजरायली बन्धकहरू, छैन विपीन जोशीको नाम

जेरुसेलम, २७ असोज । इजरायल र हमासबीच युद्धविराम भएसँगै गाजामा बन्दी बनाइएका जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएका २० जनाको सूचीमा नेपाली नागरिक विपीन जोशीको नाम समावेश भएको छैन । इजरायलले २२ जना अझै जीवित रहेको विश्वास गरेको थियो । यद्यपि बाँकी दुई जना जीवित बन्धकमा जोशी पनि हुनसक्ने आशा जीवितै छ । उक्त युद्धविराम सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न भएको हो । यी बन्धकहरू सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको ऐतिहासिक आक्रमणका क्रममा अपहरणमा परेका… पुरा पढौ

अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप

बेइजिङ, २६ असोज । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ । ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गर्नुभएको थियो । उहाँले नोभेम्बर १ देखि लागू हुने गरी नयाँ करहरू थप्ने र ‘महत्त्वपूर्ण सफ्टवेयर’ निर्यातमा नियन्त्रण लगाउने निर्णयसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आगामी भेट रद्द गर्ने धम्की… पुरा पढौ

जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

तेल अभिव, २६ असोज । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले… पुरा पढौ

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, उद्धार र राहत कार्य तीव्र गतिमा

मनिला, २४ असोज । दक्षिणी फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको खतरा अब समाप्त भएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ । प्रारम्भिक रूपमा इन्डोनेसिया र फिलिपिन्सका केही तटीय क्षेत्रमा साना छालहरू देखिएका थिए, जसमा इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वारको स्तर करिब १७ सेन्टिमिटर (६.७ इन्च) माथि पुगेको बताइएको छ । होनोलुलुस्थित केन्द्रका अनुसार भूकम्पपछिका करिब दुई घण्टासम्म समुद्रमा हल्का उतारचढाव भइरहने सम्भावना भने कायम छ । भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन जारी छ । राष्ट्रपति… पुरा पढौ

पेरुकी राष्ट्रपति बोलुआर्तेलाई कङ्ग्रेसद्वारा पदबाट हटाउने निर्णय

लिमा, २४ असोज । दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराधको लहरबीच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरुको कङ्ग्रेसले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ । सांसदहरूले सरकार अपराध नियन्त्रण गर्न असफल भएको भन्दै बोलुआर्तेलाई हटाउनका लागि प्रस्तुत चारवटा अलग–अलग प्रस्तावलाई अनुमोदन गरेका थिए । एक सय ३० सदस्यीय एकसदनीय कङ्ग्रेसमा प्रत्येक प्रस्तावले आवश्यक न्यूनतम ५६ मतभन्दा बढी प्राप्त गरेपछि राष्ट्रपति पदमाथि बहस र महाभियोग प्रक्रियाको बाटो खुलेको थियो । त्यसपछि सांसदहरूले राष्ट्रपति बोलुआर्तेलाई आफ्नो पक्षमा बचाउ… पुरा पढौ