मुख्य समाचार

नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डलाई अर्थसमितिकाे निर्देशन

काठमाडौं, ५ असार। नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढाउन अर्थसमितिले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ। मंगलबार बोर्डलाई लाइसेन्सबारे स्पष्टिकरण साेधेकाे समितिले प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। ‘पहिलोपटक सार्वजनिक संस्थामा जवाफदेहिताको सम्पूर्ण नमूना पेश गरिएको बारे उपस्थित सबैलाई विश्वस्त पारियो, धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले भने । बिहान ८ बजेदेखि सुरु भएको छलफल पौने ११ बजेसम्म चलेको थियो। वार्ता लगत्तै समितिले प्रक्रिया रोक्ने निर्देशन फिर्ता लिएको हो । नयाँ स्टक ब्रोकर एसोसिएसन र लगानीकर्ताहरुको ठूलो दबाबपछि नयाँ ब्रोकर लाईसेन्स… पुरा पढौ

काठमाडौं महानगरद्वारा ११ महिनामा ८ अर्ब राजस्व सङ्कलन

काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा ८ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९-८० को ११ महिनामा ८ अर्ब २९ करोड ९५ लाख ५९ हजार २ सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो । महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख राखेको थियो । यसमध्ये… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, सुनमा २ सय र चाँदीमा १० रुपैयाँकाे गिरावट

काठमाडौं, ५ असार। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। मंगलबार सुन तोलामा २ सय र चाँदी १० रुपैयाँले घटेको हो। सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ। त्यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १४ सय ३० रुपैयाँ भएको छ। सोमबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ४० रुपैयाँ थियो भने साताको प्रारम्भमा तोलाको १४ सय ४५ रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थोरै घटेको… पुरा पढौ

४ महिनाकाे श्रमदान र १ करोड खर्चमा रामनगरमा खानेपानी

चितवन, ५ असार । चितवनको रामनगरमा झन्डै ४ महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ। भरतपुर महानगरपालिका– २९ स्थित खहरेखोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका हुन् । उनीहरुलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए । भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रमदानको सुरुआत गरेका थिए । उनले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समयमा खानेपानी ल्याइएको छ । आठ किलोमिटर लामो दूरीमा नयाँ पाइप बिछ्याएर रामनगरस्थित ट्याङ्कीमा… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको दरभाउ

काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोलगायत अन्य देशको मुद्राकाे भाउ केहि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८० पैसा बिक्रिदर… पुरा पढौ

कृषकलाई प्रोत्साहन गर्न अनुदान नीतिलाई प्राथमिकता

दमौली, ५ असार । तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडी सारेका छन् । कृषकलाई कृषि पेशामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् । कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिका लगायतले कृषकलाई विभिन्न उपकरण अनुदानमा वितरण गर्दै आएका छन् । कृषि पेशामा लागेका कृषकलाई आयआर्जनमा सहयोग पुग्ने खालका सामग्री वितरणलाई प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बतए । उनले भने, “निर्वाहमुखी पेशा गरिरहेकालाई सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्य सहित केन्द्रले मौरीघार,… पुरा पढौ

बहाल करकाे अन्योल हटाउन कामपा प्रमुख शाहको आग्रह

काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गरेका छन् । संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा कामपाको वार्षिक आयमा करिब रु एक अर्ब ४३ करोड ४० लाख क्षति भएको छ । घरबहाल कर सङ्कलन गर्ने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै प्रमुख शाहले यस्तो बताए । बहाल आयमा लाग्ने कर सङ्कलनको अधिकार संविधानले स्थानीय तहलाई मात्र दिएको भन्दै प्रमुख शाहले यसबाट सिर्जना भएको अन्योला तत्काल… पुरा पढौ

ध्वजे डाँडामा सार्क राष्ट्रसहित २२ देशको झन्डा फहराउदै

धनकुटा, ५ असार । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ । गाउँपालिकाले एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ । झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिए। आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झन्डा पनि राखिने उनले जानकारी दिए। पर्यटन मन्त्रालयको रु पाँच लाख, गाउँपालिकाको एक लाख… पुरा पढौ

सेबोनले गर्यो घोराही सिमेन्टको आईपीओ स्थगन, ५ अर्ब बढीकाे फर्जी आवेदन

काठमाडौं, ४ असार । नेपाल धिताेपत्र बाेर्ड (सेबाेन)ले घोराही सिमेन्टको सेयर (आईपीओ) राेकेकाे छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सेबाेनलाई सेयरमा फर्जी आवेदन परेको जानकारी गराएको थियो । यसबारे बाेर्डले केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिन भित्र स्पष्टिकरण दिन भनेकाेमा नदिइ आधारबिना सेयरकाे म्याद थपेकाेले साे सेयर निष्काशनकाे सबै कार्य राेकिएकाे हाे । बाेर्डकी सहायक निर्देशक सरिता महर्जनले लेखेकाे पत्रमा कम्पनीकाे सेयर निष्काशनमा माग भन्दा बढि कित्ताका लागि आवेदन प्राप्त भइसक्दा पनि सेयर निष्काशनकाे म्याद थप गरेकाे सूचना निकालेपछि स्थगन गर्नु परेकाे जनाएकी… पुरा पढौ

तीन करोड ५६ लाखको अवैध सम्पत्ति कमाएको अभियोगमा राजभण्डारीविरुद्ध मुद्दा दायर

काठमाडौं, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आरोपी राजभण्डारीविरुद्ध रु तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ बराबरको बिगो कायम गरी आज मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिए। विसं २०५१ फागुन ३० गते सार्वजनिक सेवामा प्रवेश गरेका राजभण्डारी २०७९ भदौ ३१ गते मात्रै सेवाबाट अवकाश पाएका थिए । आयोगका अनुसार राजभण्डारीको वैधानिक… पुरा पढौ