मुख्य समाचार

सांसद ढकालसहित लगानीकर्ताले दिए गभर्नरलाई ८ बुँदे सुझाव

काठमाडौं, ४ असार । सेयर लगानीकर्ताहरुले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि साेमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ८ बुँदे  सुझाव दिएका छन् । सुझाव दिनका लागि उनीहरु सांसद हरि ढकालको नेतृत्वकाे टाेलिमा गएका थिए । उनीहरुले गभर्नर अधिकारीलाई ८ बुँदे  सुझाव दिदै सेयर धितोकर्जामा लगाइएको १२ करोडको क्यापलाई हटाउन माग गरे । उनीहरुले पेश गरेकाे ८ बुँदे सुझाव यहाँ प्रस्तुत गरिएकाे छ । टाेलिले पेश गरेकाे ८ बुँदे सुझावहरु १. अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नेपालको पूँजी बजारलाई दीर्घकालीन रुपमा चलायमान… पुरा पढौ

नेप्सेमा झिनो अंको गिरावट, ४ अर्ब ७४ करोडको कारोबार

काठमाडौं, ४ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सामान्य गिरावट भएको छ । संघीय राजधानीमा काठमाडौं महानगरपालिकाद्वारा भारतीय चलचित्र आदि पुरुषलाई प्रदर्शनीमा लगाईएको रोक र नेपालस्थित वितरकले नेपाल भरको प्रदर्शन रोकेकै दिनको असरमा सेयर बजारमा पनि देखिएको छ । भारतमा पनि यसकाे असर देखिएकाे छ । उसो त भारतमा पनि सो फिल्मकाे प्रदर्शनीको बारेमा विरोध भईरहेको छ । यसमा पौराणिक कथावस्तुको उपहास र मानमर्दन गरिएको जनाईएको छ । यद्यपि लेखक तथा निर्माण पक्षले सोमबार… पुरा पढौ

प्रशासनिक सेवालाई चुस्त बनाउन मुख्यसचिव डा. अर्याललाई चेम्बरकाे सुझाव

काठमाडौं, ४असार । नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयवद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउन सुझाव दिएको हो। अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वय मार्फत जनतासंग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिईएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । उनले भने ‘समयवद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ… पुरा पढौ

आधिकारिक सूचना बिना प्रदर्शन राेकेकाे भन्दै वितरक कम्पनीले गर्याे ‘आदिपुरुष’ फिल्म उतार्ने निर्णय

काठमाडौं, ४ असार। अहिले चर्चामा रहेकाे भारतीय फिल्म ‘आदिपुरुष’को नेपालका लागि वितरक कम्पनी ब्यांकटेस फिल्म्सले आजदेखि देशभर प्रदर्शन राेक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएसँगैं सबैतिर फिल्मको प्रदर्शन रोकिएको बताएका छन । काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले फिल्मको प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै राठीले फिल्म उतार्ने निर्णय भएको बताए । ‘हल व्यवसायीले काेहीले फेसबुकमा स्टाटस लेखेको भरमा फिल्म रोक्नुहुन्छ भने हामीले अन्त चलाइरहनु जरुरी छैन,’ उनले भने । उता काठमाडौं… पुरा पढौ

प्रधानमन्त्री दाहालद्वारा लायन्सका अन्तराष्ट्रिय डाइरेक्टर इन्डाेर्सी बुर्लाकोटीलाई सम्मान र बिदाई

काठमाडाैं, ४ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लायन्सका अन्तराष्ट्रिय डाइरेक्टर इन्डाेर्सी बालकृष्ण बुर्लाकोटीलाई सम्मान र बिदाई गरेका छन । नेपालका लायन्स लिडरहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएकाे भेटमा प्रधानमन्त्री दाहालले नेपाली लायन्सका अन्तराष्ट्रिय डाइरेक्टर इन्डाेर्सी बुर्लाकोटीलाई अन्तराष्ट्रिय डाइरेक्टरकाे सपथ लिन आज साझँ अमेरिका प्रस्थान गर्न लागेकाेमा बधाई ज्ञापन गर्दै राष्ट्रिय झण्डा ओढाएर सम्मान र बिदाई गरेकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले बताएकाे छ । भेटमा प्रधानमन्त्री दाहालले लायन्सकाे अन्तराष्ट्रिय डाइरेक्टरमा नेपालका बुर्लाकाेटीले नेतृत्व गर्न लागेकाेमा अत्यन्त खुसी लागेकाे बताउदै लायन्स मार्फत नेपाल… पुरा पढौ

घोराही सिमेन्टकाे आइपीओ भर्ने म्याद असार १४ सम्म थपियाे

काठमाडौं, ४ असार । घोराही सिमेन्ट इण्डष्ट्रीले बिक्रीमा ल्याएकाे आइपीओमा आवेदन दिने म्याद असार १४ गतेसम्म थपिएकाे छ । यसअघि आजसम्म सेयर भर्ने अन्तिम दिन ताेकिएकाे थियाे । अब सेयर लगानीकर्ताले असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जेठ ३२ गतेदेखि ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरकाे सेयर खुलाएकाे हाे । प्रिमियम मूल्यमा खुलाइएकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे छ। आइतबारसम्म ४ लाख ४५ हजार ८९० जनाले ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५०… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीमा गिरावट

काठमाडौं, ४ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीमा रुपैयाँ ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी… पुरा पढौ

सडक पूर्वाधारका लागि गण्डकी प्रदेशद्वारा ११ अर्ब १६ करोड बजेट विनियोजन

काठमाडौं, ४ असार । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप ३ सय किलोमिटर सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारको आव २०८०-८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइएको छ । सडक पूर्वाधार निर्माणका लागि रु ११ अर्ब १६ करोड विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए। सडक कालोपत्रेसँगै २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल सम्पन्न गर्ने… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, अन्यको कस्ताे ?

काठमाडौं, ४ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको थोरै घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८० पैसा बिक्रिदर १३१ रुपैयाँ ४० पैसा… पुरा पढौ

प्रणालीमा आएको समस्याका कारण पटक पटक बिजुली काटियो: प्राधिकरण

काठमाडौं, ४ असार । प्रणालीमा आएको खराबीका कारण मुलुकको केही स्थानमा बिजुली आप्रवाहमा समस्या आएको भए पनि अथक मेहनतका कारण हाल ती सबै समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । वर्षाको समयमा प्रणालीमा समस्या आउनु स्वाभाविक भए पनि मध्य र पश्चिम नेपालका केही जिल्लामा अस्वाभाविक जस्तो लाग्ने समस्या देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। देशव्यापी रूपमा गर्मी बढेका कारण बिजुलीको माग अत्यधिक बढेकाले पनि प्रणालीमा केही जटिलता आएको र त्यसको समाधानका लागि अनेकन प्रयास गरिएको उनको भनाइ… पुरा पढौ