मुख्य समाचार

पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर स्थापना

लुम्बिनी, १३ जेठ । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु भएको छ । भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राणप्रतिष्ठाका लागि सुरु भएको महापुराण यही जेठ १८ गतेसम्म सञ्चालन हुनेछ । ‘कामाख्या भगवती मूर्ति प्राणप्रतिष्ठा अनुष्ठान समारोह’ नाम दिइएको यस पुराणमा जपात्मक, पाठात्मक र हवनात्मक विधिमार्फत वसन्तपुरमा निर्मित मन्दिरमा कामाख्या देवीको स्थापनार्थ कालिका पुराणको पाठपरायण र… पुरा पढौ

सदनको कामकारबाहीलाई प्रभावकारी बनाउन शीर्ष नेताहरु छलफलमा

काठमाडौं, १३ जेठ । प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुटेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका… पुरा पढौ

घट्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कस्तो ?

काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यरोको भाउ घटेको छ । साथै अन्य अधिकांश देशकोहरुको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८३… पुरा पढौ

सन्दर्भः गणतन्त्र दिवस-सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय

काठमाडौं, १३ जेठ । सरकारले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने विषयलाई प्राथमिकता दिएको छ । त्यसका लागि सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरिसकेको छ । उक्त विधेयक कानुन तथा मानवअधिकार समितिमा दफावार छलफलमा छ । समितिले त्यसको विशेष अध्ययन गर्नका लागि उपसमितिसमेत गठन गरिसकेको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एक सय ८६ वटा संशोधन परेको छ । समितिको प्रारम्भिक छलफलका क्रममा नेपाली कांग्रेसका सभापति एवं समितिका सदस्य शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायको विषय छिट्टै निष्कर्षमा पुर्याउनुपर्ने बताए। “सङ्क्रमणकालीन… पुरा पढौ

प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजे

काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । हिजाे बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक बस्न नसकेपछि बैठक आज अपरान्ह बस्ने भएको हाे । प्रतिनिधिसभाको बैठक विशेष कारणवस हिजाे नियमित हुन नसकेकाले आज अपराह्न ४ बजेको लागि तय गरिएको हो । सङ्घीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, “६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको बैठक मिति विसं २०८०… पुरा पढौ

निर्माण सम्पन्न भएको पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

काठमाडौं, १३ जेठ । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिए। “चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायतका विषय समेटेको छु । यो चलचित्रले त्यो समयलाई पर्दामा जीवित राखेको छ”, निर्देशक वलले भने। भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल,… पुरा पढौ

फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय

पोखरा, १३ जेठ । पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय… पुरा पढौ

‘कर्मचारीबिना राज्य संचालन हुन्न भन्ने परिकल्पना गर्न सकिन्न’

पोखरा, १२ जेठ । सयपत्री समाज कास्की, नेपालले प्रादेशिक ऐन नियमहरुको विश्लेष गर्दै आईरहेको छ । यसै सन्दर्भमा समाजले दुईवटा ऐनका बारेमा एक दिवसीय छलफल सम्पन्न गरेको छ । समाजले गण्डकी प्रदेश सरकारको स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवश्था गर्न बनेको ऐन २०७९ र गण्डकी प्रदेशको निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवश्था गर्न बनेको ऐन २०७९ को आयाम, अवसर र चुनौतीका विषयमा शुक्रबार पोखरामा छलफल सम्पन्न गरेको हो । नेपाल सरकारका पूर्व मुख्य सचिव… पुरा पढौ

निर्यातमा सहजीकरण र करको दायरा फराकिलो बनाउन चेम्बरको माग

काठमाडौं, १२ जेठ । नेपाल चेम्बर अफ कमर्सले भन्सार प्रशासनलाई चुस्त एवं करको दायरा फराकिलो बनाउन आग्रह गरेको छ । भन्सार कर तथा राजस्व सम्बन्धमा आयोजना गरिएको अन्तरक्रियामा उद्योगी–व्यवसायीले निर्यात सहजीकरण एवं करको दायरा बढाउन सरकारसँग माग गरेका छन् । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राजस्व घटिरहेको सन्दर्भमा कर प्रशासनलाई चुस्त बनाउनुपर्नेमा जोड दिए। उनले भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए। अध्यक्ष मल्लले भने, “विश्व व्यापार सङ्गठनबाट निर्धारित मूल्याङ्कन पद्धतिमा रहेर भन्सार प्रयोजनका लागि… पुरा पढौ

केन्द्रीय बैंकले २९ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड बराबरको ट्रेजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो । पछिल्लो पटक बिक्री गर्न लागिएको ट्रेजरी बिल २८ दिने अवधिदेखि तीन सय ६४… पुरा पढौ