मुख्य समाचार

रावा इनर्जिले जेठ १८ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं, ८ जेठ । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि ६ लाख ९६ हजार ३३० कित्ता सेयर आईपीओ निष्काशनमा गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि सेयर निष्काशन र बाँडफाँड गरेपछि सर्वसाधारणका लागि सेयर खुलाउने भएकाे हो। कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ताबाट ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि र २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारि गरेकाे थियो। ८७ लाख ६७०… पुरा पढौ

लेक चड्न थाले जाडो र हिमपात छल्न औल झरेका भेडाबाख्रा

ढोरपाटन, ८ जेठ । मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् । छ महिना बेसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक–बेसी गरी राख्छन् । बागलुङ निसीखोला, ढोरपाटन, तमानखोला, ताराखोला र गलकोटको माथिल्लो क्षेत्रमा बढी भेडाबाख्रा… पुरा पढौ

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं, ८ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । जेठ ८ गते सोमबार दिउँसोː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश… पुरा पढौ

भूटानी शरणार्थी प्रकरण : पक्राउ परेकालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ७ जेठ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकाेमा अदालतले उनीहरूलाई तीन दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। उक्त घटनामा मुछिएकाहरूमाथि अनुसन्धान थालेको आज ५६औँ दिन पूरा भएको छ । ६० दिनभित्रमा अभियोजन दर्ता गरिसक्नुपर्ने कानूनी प्रावधान छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ… पुरा पढौ

चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा १२ खर्ब चार अर्ब

काठमाडौं, ७ जेठ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ । दश महिनाको अवधिका कूल रु १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख बराबरको व्यापार गरेको छ । विभागका अनुसार सो अवधिमा नेपालले रु एक खर्ब ३० अर्ब ९० करोड… पुरा पढौ

नीति तथा कार्यक्रम यथार्थपरक छैन : अध्यक्ष ओली

काठमाडौं, ७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाएका छन्। यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजदेखि प्रतिनिधिसभामा सुरु भएको छलफलका क्रममा उनले यो नीति तथा कार्यक्रमले देश र जनताको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताए। उनले नीति तथा कार्यक्रम पुनःलेखन गर्न माग गरे। प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारको नीति तथा कार्यक्रमले १५औँ पञ्चवर्षीय… पुरा पढौ

बुटवलदेखि पाल्पाको वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि

बुटवल, ७ जेठ । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण सुरु गरिएको छ । यही जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ तयारी भइरहेको कम्पनीका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए। उनका अनुसार वसन्तपुरमा निर्माण गरिएको कामाख्या देवी मन्दिरमा जेठ १२ गतेदेखि १८ सम्म महायज्ञ सञ्चालन… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, साढे १ अर्बको कारोबार

काठमाडौं, ७ जेठ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा दाहोरो अंकको बृद्धि भएको छ । तर आजको बढोत्तरी सामान्य अंकको रहेको छ । नेप्सेमा आएको सकारात्मक दृश्यले सेयर लगानीकर्ताहरुको मनोबल बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३१ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले बढेर ३५८.३३ विन्दुमा रहेको छ । यसदिन कुल १३ वटा… पुरा पढौ

जेठ १५ गतेदेखि सर्वसाधारणका लागि खुला गरिँदै रत्न मन्दिर

पाेखरा, ७ जेठ । पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ । गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो । नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाउनुभएको थियो । राजसंस्थाको अन्त्यपछि विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो । शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए । नेपाल ट्रस्टका सञ्चालक सदस्य… पुरा पढौ

प्राध्यापकलाई दलको जिम्मेवारी दिइएकोमा आयोगद्वारा पत्राचार

काठमाडौं, ७ जेठ । निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरु राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ । केही राजनीतिक दलले विश्वविद्यालयका प्राध्यापकहरुलाई केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाइएको भन्दै आयोगले पत्राचार गरेको हो । आयोगले सम्बन्धित राजनीतिक दललाई त्यसरी प्राध्यापकलाई जिम्मेवारी दिइएको हो वा होइन ? दिन मिल्ने हो वा होइन ? भन्ने व्यहोराको पत्र पठाएको छ । साथै विश्वविद्यालयलाई सम्बन्धित प्राध्यापकहरु राजीनामा दिएर दलीय जिम्मेवारी गएको हो वा… पुरा पढौ