मुख्य समाचार

नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्तावेज बनाउन सांसद वाग्लेको सुझाव

काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम र बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ कोे नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद डा वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भए पनि यसमा भएका राम्रा पक्षलाई कार्यान्वयनमा लान आवश्यक रहेको बताए। उनले नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन आग्रह गरे । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका… पुरा पढौ

बैंकिङ कसुर र आर्थिक अपराधका साढे ५ हजार मुद्दा दर्ता

काठमाडौं, ९ जेठ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा ५ हजार ३ सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौँमा दर्ता भएका ९ हजार २ सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए। “पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत… पुरा पढौ

८ सयले घट्याे सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, ९ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ रुपैयाँ ८ सय तथा चाँदी रुपैयाँ १० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले सस्तिएर तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ८ सयले गिरावट भई तोलाको १ लाख… पुरा पढौ

अर्थमन्त्री डा. महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीचकाे भेटमा के के भयाे छलफल ?

काठमाडौं,९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएकाे जनाइएकाे छ । भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो । एमसिसि सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ बर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी… पुरा पढौ

थ्रीस्टार हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ९ जेठ । थ्रीस्टार हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले बैशाख ११ गतेदेखि स्थानिय जनताका लागि का लागि ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खुलाएकाे थियाे । जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारि गरिएकाे हाे। सेयरमा खोटाङका हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साविकको… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ दरभाउ

काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूरोलगायत देशहरुको मुद्राकाे भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २३ पैसा बिक्रिदर १३२ रुपैयाँ ८३ पैसा रहेको… पुरा पढौ

आजदेखि उपत्यकामा सम्पदा घुम्ती बस सेवा सञ्चालन

काठमाडौं, ९ जेठ । नेपाल पर्यटन बोर्डको अगुवाइमा आजदेखि ‘हफ अन हफ अफ बस’ सञ्चालनमा आएकाे छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा सम्पदा घुम्ती बस सेवाका रूपमा ‘हफ अन हफ अफ बस’ सञ्चालन हुन गइरहेको जानकारी दिए। “पर्यटनमन्त्री सुदन किरातीको विशेष चासोमा समयमा सम्पदा बस सञ्चालनमा आउन लागेको हो”, उनले भने, “विश्वका प्रायःजसो पर्यटन क्षेत्रमा यस्तो बस सेवा सञ्चालनमा छ । नेपालमा लामो समयसम्म चर्चा चले पनि यस पटक… पुरा पढौ

लक्ष्मी र सनराईज बैंकले गरे मर्जरकाे अन्तिम सम्झौता

काठमाडौं, ९ जेठ । लक्ष्मी बैंक लिमिटेड र सनराईज बैंकबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । साेमबार एक कार्यक्रमका बीच दुई बैंकको मर्जरको अन्तिम सम्झौता भएको हो । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराईज बैंक लिमिटेड हुनेछ । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत हुनेछन् भने बैंक गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको… पुरा पढौ

‘आकाश छुने सपना, नेपालको रकेट’ प्रदर्शनी हुँदै

काठमाडौं, ९ जेठ । नवप्रवर्द्धनसँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान गर्दै आएको एस्ट्रल स्पेस रिसर्च नेपालले सिबिएम कलेज अफ साइन्ससँगको सहकार्यमा तयार पारेको ‘श्री’ नामक प्रोजेक्टमार्फत तयार भइरहेको रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट भएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिसर्च नेपालका अध्यक्ष शिशिर जोशीले आगामी जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यू मेक्सिकोमा हुने प्रतियोगितामा सहभागी हुने रकेटको अनुसन्धान र विकासमा अनवरत खटिइरहेका युवा वैज्ञानिक पन्ध्र जनाको नामावली टुङ्गो लागेको जानकारी दिए। “हामी एक सय… पुरा पढौ

साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋणकाे दायित्व

काठमाडौं, ८ जेठ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे रू २१ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र रू १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल रू २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख बराबर ऋण तिर्न बाँकी रहेको देखिएको हो । चालु आर्थिक वर्ष २०७९/८० शुरु हुँदा अर्थात् गत वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण रू… पुरा पढौ