मुख्य समाचार

शेयर बजारको सुधार गर्न यस्ता छन् नयाँ बजेटमा धितोपत्र बोर्डले दिएको सुझाव

काठमाडौं, ११ जेठ । आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बोर्डले सरकारलाई सुझाव पेश गरेको छ । बोर्डले सरकारलाई दिएको अल्पकालीन र दीर्घकालीन पुँजीगत लाभकर संशोधन गर्ने, विशिष्टीकृत लगानी कोषको आर्जित आयमा कर नलाग्ने व्यवस्था गर्ने लगायत रहेको छ । बोर्डले दिएको सुझावमा धितोपत्र बजारमा गरिने दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न १८० दिन भन्दा कम अवधिका लागि गरिने लगानीलाई अल्पकालीन मानी ६.५ प्रतिशत र सो अवधि भन्दा बढी समयका लागि दीर्घकालीन अवधि मानी ४ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गर्ने रहेको छ… पुरा पढौ

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ७० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ७० करोड १९ लाख ३६ हजार ६ सय ५५ रुपैयाँबराबरको संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार एक वर्षे निक्षेपका रूपमा ५६ करोड २७ लाख ५३ हजार पाँच सय ३६ रुपैयाँ ९५ पैसा र कल निक्षेपका रूपमा १३ करोड ९१ लाख ८३ हजार एक सय १८ रुपैयाँ ८९ पैसासमेत गरी उक्त परिमाणमा रकम राख्न लागिएको हो । निक्षेप लगानीका लागि राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स… पुरा पढौ

नयाँ बजेटमा अर्थ समितिको १३ पेज लामो सुझाव : ५ वर्षमा कृषिमा आत्मनिर्भर हुने गरी कार्यक्रम बनाउनु

काठमाडौं, ११ जेठ । अर्थसमितिले मंगलबार सरकारलाई बजेटमा समावेश गर्नका लागि १३ पृष्ठ लामो सुझाव दिएको छ । गलबार सरकारलाई बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रमा के समावेश गर्ने भन्ने विषयमा सुझाव दिएको छ । समितिले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी वस्तु, उत्पादन तथा प्रवर्द्धन गर्नेदेखि मेक इन नेपाल अभियानलाई प्रोत्साहन गर्न सुझाव दिएको छ । साथै, पूर्वाधार निर्माणका आयोजनाहरु निर्माणमा सार्वजनिक–निजी साझेदारी अवधारणा अनुरुप डिजाइन–बिल्ट–फाइनान्स–अपरेटर–म्यानेज जस्ता आधुनिक करार सम्झौता अबलम्बन गरी गुणस्तरमा सुनिश्चितता कायम गर्ने कार्य अघि बढाउन सुझाव दिएको छ… पुरा पढौ

नयाँ बजेटमा परिसंघको सुझाव :‘बैंकिङ क्षेत्रले तिर्ने कर्पोरेट ट्याक्स ३० प्रतिशतबाट घटाएर २५ प्रतिशत कायम गरिनुपर्छ’

काठमाडौं, ११ जेठ ।  बैंकिङ क्षेत्रले तिर्ने कर्पोरेट ट्याक्स ३० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने सुझाव बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) ले दिएको छ । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको छाता संस्था– बैंक तथा वित्तीय संस्था परिसंघले आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटले सम्बोधन गर्नुपर्ने विविध विषयवस्तुहरूमा संस्थागत सुझावहरू अर्थ मन्त्रालयमा बुझाएको छ । सिबिफिनले बजेटका लागि सुझाव दिँदै बैंक तथा वित्तीय संस्थाहरूले तिर्ने आय कर (कर्पोरेट ट्याक्स) ३० प्रतिशतबाट घटाएर अन्य व्यवसायसरह २५ प्रतिशत कायम गरिनुपर्ने,… पुरा पढौ

कालीगण्डकीले ४ हजार ६०० घरधुरीलाई इन्डक्शन चुल्हो दिने, ग्यास चुल्हो लिने

वालिङ, ११ जेठ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्शन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने, “घर–घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्शन चुल्हो दिने निर्णय… पुरा पढौ

महानगरबाट सुशासनको प्रत्याभुत हुने सेवा प्रवाह गर्ने पहिलो काम हुने : आचार्य

काठमाडाैं, ११ जेठ । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने बताए । उनले भने, “हाम्रो पहिलो काम पोखरालाई सुशासनको प्रत्याभुत दिने हुनेछ, महानगर र वडाबाट पोखरेली नागरिकलाई दिने सेवा व्यवस्थितरूपमा बिनाझन्झट प्रदान गर्छौँ ।” पोखराको समग्र विकासका लागि पूर्वाधार निर्माणलगायत… पुरा पढौ

पाेखरा महानगरकाे सर्वाधिक लाेकप्रिय मत मञ्जु गुरूङलाई, बनिन् उपमेयर

काठमाडाैं, ११ जेठ । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा सबैभन्दा बढी लाेकप्रिय मत ल्याएर नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएकि छन् । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरे । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए ।… पुरा पढौ

प्रदेश १, बागमती, गण्डकी र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडाैं, ११ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जनाएकाे छ। देशभर आंशिक देखी सामान्य बदलीको अवस्था रहेको छ। जेठ ११ गते (बुधबार) दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना… पुरा पढौ

ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी, उपप्रमुखमा एमालेकी मञ्जली शाक्य विजयी

काठमाडाैं, ११ जेठ । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी भएकी छन् । प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाए । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत ल्याएर विजयी भइन । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए। महानगरका २९ वडामध्ये कांग्रेस र… पुरा पढौ

नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गर्ने घोषणा

काठमाडाैं, ११ जेठ । सरकाले ‘आफ्नो उत्पादन आफ्नै व्यापार’ नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा कृषि नीति तर्जुमा गरी कृषि अनुसन्धान यान्त्रिकीकरण, व्यवसायीकरण र जलवायु अनुकूल प्रविधिको प्रवद्र्धन गरिने भएको छ । यस अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ सञ्चालन गरिने भएको छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन र विस्तार… पुरा पढौ