पोखरा, ११ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको चाहना, आवश्यकता बमोजिम बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक गणतन्त्र, संघीय शासन व्यवस्था, समावेशिता, समाजवाद उन्मुख अर्थतन्त्र लगायत संविधानका आदर्श र दिशा निर्देशलाई अनुसरण गर्दै सरकारले प्रदेशवासीको चाहना, आवश्यकता बमोजिमको बजेटका सिद्धान्त, प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट ल्याउने सो प्रतिबद्धता व्यक्त गरेका हुन् । कोरोना कहरपछि आर्थिक क्रियाकलाप सामान्य अवस्थामा आउँदै…
पुरा पढौ