मुख्य समाचार

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने अवधि लम्बियाे

काठमाडौं, २२ चैत । सानिगाड हाइड्रो लिमिटेडकाे आईपीओमा आवेदन दिने अवधि लम्बिएकाे छ । कम्पनीले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियाे । अब आईपीओमा २०८३ बैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले २ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा २८ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेकाे… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २२ चैत। नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा कायम गरिएको… पुरा पढौ

कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपात

काठमाडौं, २२ चैत । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ÷असिना÷हुरीबताससहित मध्यम… पुरा पढौ

मैले नबुझेको विकास

नेपालमा “विकास” भन्ने शब्द धेरै सुनिन्छ। राजनीतिक भाषणमा, चुनावी कार्यक्रममा, सरकारी योजनामा सबैतिर विकासको कुरा हुन्छ। तर कहिलेकाहीँ म आफैँलाई सोध्छु, के हामीले विकासलाई साँच्चै बुझेका छौँ ? कि हामीले विकासलाई केवल देखिने ठूला संरचनासँग मात्र जोडेर बुझिरहेका छौँ? नेपालमा प्रायः विकास भनेको ठूला पूर्वाधार बनाउनु भनेर बुझिन्छ। नयाँ सडक बन्यो भने विकास, ठूलो पुल बन्यो भने विकास, ठूला भवन र आयोजनाहरू बने भने विकास भयो भनेर हामीले मान्ने गरेका छौँ। यस्ता संरचना देशको लागि आवश्यक छन्, यसमा कुनै शंका… पुरा पढौ

आँखा लोभ्याउने ‘रंगीचंगी’ खाना: आकर्षण कि स्वास्थ्य माथिको गम्भीर खेलबाड ?

काठमाडाैं । बजार जाँदा हाम्रो आँखा सबैभन्दा पहिले कहाँ अडिन्छ ? टलक्क परेको रातो सस, चम्किलो पहेँलो जुस, वा रंगीबिरंगी मिठाई र स्न्याक्स । स्वाद जिब्रोले चाख्नुअघि नै आँखाले त्यसको 'टेस्ट' लिइसकेको हुन्छ । खाद्य उद्योगले उपभोक्ताको यही मनोविज्ञानलाई दशकौँदेखि हतियार बनाउँदै आएको छ । तर, प्रश्न उठ्छ- के यी रङहरू वास्तवमै सुरक्षित छन् ? के नेपालको नियमनकारी निकायले हाम्रो थालमा पस्किइने यो 'केमिकल' को मात्रा जाँच्ने सामर्थ्य राख्छ ? यो प्रश्न आज झन् सान्दर्भिक छ, जब बालबालिकामा अत्यधिक रंगिन… पुरा पढौ

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी, २१ चैत। पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले आज नेपाल प्रहरीसहितको सहयोगमा डोजर लगाएर सेदिदेखि खपौदीसम्मका मापदण्डविपरीत विभिन्न ३२ वटा टहरा भत्काएको महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिनुभयो । महानगरपालिकाले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्न मापदण्डविपरीत रहेका संरचना भत्काएको उहाँले बताउनुभयो । यसअघि महानगरपालिकाले पहिलो चरणमा ६५ मिटर सीमा क्षेत्रमा पिल्लर गाडेको उहाँले जानकारी दिनुभयो । नवगठित सङ्घीय सरकारले फेवातालमा भएको अतिक्रमण तीन महिनाभित्र हटाउन सुरु गर्ने निर्णय गरिसकेको छ ।… पुरा पढौ

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौं, २१ चैत। नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना गरिएको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’को तयारी तीव्र पारिएको छ । औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा यही चैत २६ गतेदेखि आगामी वैशाख ६ गतेसम्म भक्तपुरस्थित सल्लाघारीमा महोत्सव हुँदैछ । भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको सङ्गमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संयोजक दीपक थापाले जानकारी दिनुभयो । महोत्सवको तयारी तीव्र पारिएको उहाँको भनाइ छ । महोत्सवमार्फत उपभोक्तालाई एउटै… पुरा पढौ

५० प्रतिशत सहकारीले बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौं, २१ चैत। काठमाडौं महानगरपालिका भित्र करिब १ हजार ९ सय सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेका सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो । कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका करिब एक हजार ९०० सहकारीमध्ये नियमित रूपमा ७२३ ले मात्रै वार्षिक प्रतिवेदन बुझाउने गरेका छन् । कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार महानगरले यसअघि पटकपटक नियमित रूपमा वार्षिक प्रतिवेदन बुझाउनक… पुरा पढौ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौं, २१ चैत। मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो टुङ्गिएकोजस्तो लाग्छ । सपना अधुरै रोकिन्छन् । भविष्य अँध्यारो लाग्ला । तर, त्यही अँध्यारोभित्र उज्यालो पनि हुन्छ, जसलाई देख्ने आँट गर्नुपर्छ । शिशिर दाहालको कथा त्यही उज्यालो खोज्ने साहसको कथा हो । सिन्धुलीमा जन्मिनुभएका शिशिर अहिले भक्तपुरको दधिकोटमा आफ्नो जीवनका सपनालाई पछ्याइरहनुभएको छ । २५ वर्षको उमेरमै उहाँले जीवनका उकाली–ओराली नजिकबाट भोगिसक्नुभयो । विसं २०७८ शिशिरका लागि जीवनको एउटा कठोर मोड बन्यो । उहाँ दुर्घटनामा पर्नुभयो । मेरुदण्डमा… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा कायम… पुरा पढौ