मुख्य समाचार

‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०८२’ सार्वजनिक (पूर्णपाठ)

काठमाडौं, १२ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले 'मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०८२' अनुमाेदन गरेकाे छ । नेप्से सञ्चालक समितिकाे बुधवार बसेको बैठकले साे कार्यविधि पारित गरेकाे हाे । सञ्चालक समितिले पारित गरेकाे साे कार्यबिधि आज वेबसाइटमा सार्वजनिक गर्दै मार्जिन कारोबारका मार्ग खुला गरेकाे जनाइएकाे छ । सेबाेनकाे मार्जिन कारोबार सम्बन्धी निर्देशिका अनुसार नेप्सेले कार्यविधि तयार गरेकाे हो। कार्यविधिमा उल्लेख भएअनुसार सबै सूचीकृत कम्पनीमा मार्जिन सुविधा दिइने छैन। यसका केहि मापदण्ड राखिएकाे छ। यसअनुसार २५ लाख कित्ता शेयर… पुरा पढौ

प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै

रसुवा, १२ चैत। सेवाग्राहीले बैङ्क पुगेपछि लाइन, झन्झटिलो प्रक्रिया र घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अहिले बिस्तारै इतिहास बन्दै गएको छ । यहाँस्थित नेपाल बैङ्क लिमिटेडको धुन्चे शाखाले बैङ्किङ सेवालाई प्रविधिमैत्री बनाउँदै कार्यसम्पादनलाई एकदेखि पाँच मिनेटमै सीमित गर्न सफल भएको छ । पहिले ‘चेक’ भुक्तानी गर्न लामो समय लाग्ने भए पनि अहिले अधिकांश सेवा पाँच मिनेटभित्रै सम्पन्न हुन थालेको सेवाग्राही खड्गबहादुर बोगटी बताउनुभयो । उहाँले भन्नुभयो, “बैङ्कको सेवा प्रविधिमैत्री हुँदा सहज भएको छ । ” जिल्लामा बैङ्कले धुन्चे शाखा र स्याफ्रुबेँसी… पुरा पढौ

नेप्सेमा १४ अङ्ककाे बृद्धि, १३ अर्ब १६ करोडकाे काराेबार

काठमाडौं, १२ चैत। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव २१ अङ्कले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज ३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार ३१५ कित्ता शेयर एक लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ दशमलव ४८ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा… पुरा पढौ

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं, १२ चैत। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामबाट निराश नभई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले यसअघि पनि पार्टीले देश र जनता पक्षमा काम गरेको स्मरण गराउँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका… पुरा पढौ

लुम्बिनी प्रादेशिक अस्पताल तेस्रोपटक पनि नेपालमै प्रथम

लुम्बिनी, १२ चैत। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका रुपमा उत्कृष्ट घोषित भएको छ । उक्त अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा उत्कृष्ट नतिजा प्राप्त गरेको हो । विगत दुइ वर्षदेखि यस अस्पतालले उत्कृष्टता हासिल गर्दै आएको छ । यसवर्ष पनि ‘सेकेण्डरी बी’ लेभल मूल्याङ्कनमा सुधार गर्दै ९० अङ्कसहित तेस्रोपटक नेपालमै प्रथम भएको हो । अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्तिलगायतका बारेमा प्रस्तुती गरिएको थियो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले… पुरा पढौ

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौं, १२ चैत। नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ । बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै आज १ः३० बजे सल्लाहकार समिति बैठक पनि बोलाएको छ । बारका महासचिवमा केदारप्रसाद कोईरालाले रासससँग कुरा गर्दै भन्नुभयो, “न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक असर पुग्ने गरी प्रतिवेदन आएको छ, यसमा हाम्रो असहमति छ । यसबारे कानुन व्यवसायीबीच गम्भीर छलफल हुनेछ ।” न्याय सुलभ पार्न… पुरा पढौ

वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली

काठमाडौं, १२ चैत. हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली हुने सयम हो । तर, यसपटक भने काठमाडौँ उपत्यकामा अघिल्ला वशन्तहरु भन्दा केही बढी हरियाली छाएको देखिएको छ । वसन्त ऋतुको आगमनसँगै यतिखेर काठमाडौँका कतिपय सडक दायाँबायाँ र बस्तीछेउ सफा र हराभरा भएका छन् । अघिल्लो हप्तासम्म खडेरी र धुवाँधुलोले काठमाडौको आकाश धु््म्म थियो । केही दिनयताको वर्षाले रुखविरुवाका पात पखालिए भने सडक र बस्ती पनि सफा भएका छन् । वर्षासँगै काठमाडौँ उपत्यकाको आकाशमा देखिएको… पुरा पढौ

सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), १२ चैत। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनामा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु १३ अर्ब ३६ करोड बढी राजस्व सङ्कलन भएको बताउनुभयो । चालु आवको साउनमा रु १८… पुरा पढौ

बिहिबार अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ, १२ चैत। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ ११ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ २३… पुरा पढौ

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

दमौली (तनहुँ), १२ चैत। जिल्लामा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तरराष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै मौरीपालनतर्फ थप आकर्षित हुन थालेका हुन् । सूर्य नेपाल प्रालिको हिमालयन ट्रेजरले यहाँ उत्पादित मह किसानसँग खरिद गरी बजारीकरण गर्न थालेको छ । प्रारम्भिक चरणमा दुई हजार १०० किलो मह प्रतिकिलो रु दुई हजारका दरले खरिद गरिएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत किसानलाई कफीका… पुरा पढौ