मुख्य समाचार

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

भक्तपुर, १४ चैत। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ः०० बजे गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको उहाँले जानकारी दिनुभयो । पूर्वगृहमन्त्री लेखक पक्राउ यस्तै पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री शाहलाई चीनको बधाइ

काठमाडौं, १४ चैत। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई चीनले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा चीनका तर्फबाट प्रधानमन्त्री शाहलाई बधाई दिनुभयो । उहाँले परम्परागत मित्र र छिमेकीका रूपमा, चीनले सधैं नेपाललाई आफ्नो स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउन, साथै एकता, स्थायित्व, विकास र समृद्धि हासिल गर्न सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । सो अवसरमा प्रवक्ता लिनले चीन नयाँ नेपाली सरकारसँग मिलेर परम्परागत मित्रतालाई अझ सुदृढ बनाउन, व्यावहारिक सहकार्यलाई गहिरो बनाउन तथा विकास र समृद्धिका… पुरा पढौ

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

काठमाडौं, १४ चैत। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलरलगायत अधिकांश विदेशी मुद्राको भाउ पनि उकालो लागेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५… पुरा पढौ

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौं, १४ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ । देशभर अधिकांश बादल लागेको छ । हाल गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा तथा देशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू–भागको थोरै… पुरा पढौ

नवनियुक्त पर्यटनमन्त्री पौडेलद्वारा पदबहालीः ‘समृद्धिको खाका मन्त्रालयबाट सुरु हुन्छ’

काठमाडौं, १३ चैत। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज पदबहाली गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री पौडेललाई मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा कर्मचारीहरूले स्वागत गर्नुभएको थियो । पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मुलुक समृद्धिको खाका यहीँ मन्त्रालयबाट सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन मन्त्रालय मेरो रुचिको तर… पुरा पढौ

‘कार्की आयोग’को प्रतिवेदनप्रति महासंघको कडा आपत्ति

काठमाडौं, १३ चैत। नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रको क्षेत्राधिकार नाघेर अमर्यादित र हास्यास्पद सुझावहरू समेटिएको भन्दै 'गौरीबहादुर कार्की नेतृत्वको आयोग'को प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रतिवेदनले प्रेस स्वतन्त्रताको मर्ममाथि प्रहार गरेको ठहर गरेको छ। २०८२ भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित उक्त आयोगले पत्रकार र सञ्चार माध्यमका सम्बन्धमा दिएका कतिपय सुझावहरू संविधान र विद्यमान कानुनी प्रावधान विपरीत रहेको महासंघको दाबी छ। महासंघका मुख्य आपत्तिहरू: हास्यास्पद मापदण्ड: पत्रकार हुनका लागि… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिका, भारत र पाकिस्तानको बधाई

काठमाडौं, १३ चैत। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ । प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्रीको बधाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । आज शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको हो । सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीले लेख्नुभएको… पुरा पढौ

मन्त्रिपरिषद् बैठकद्वरा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं, १३ चैत । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरेका मध्ये सुरक्षा निकायका हकमा अर्काे अध्ययन समिति गठन गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता… पुरा पढौ

ऊर्जाबाट कोही पनि वञ्चित नहोस्ः ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १३ चैत। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताउनुभएको छ । नवनियुक्त ऊर्जामन्त्री श्रेष्ठले आज मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै ऊर्जा क्षेत्रबाट कोही पनि वञ्चित हुन नहुने बताउनुभएको हो । “२१औँ शताब्दीमा स्वच्छ ऊर्जाको माग झन् बढेर गएको छ, समयसापेक्ष रुपमा नीति बनाएर स्वच्छ ऊर्जाको विकासमा लागिनेछ,” उहाँले भन्नुभयो । मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माणका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिने उल्लेख गर्नुभयो । अन्तरमन्त्रालय समन्वय गरेर ऊर्जा र सिँचाइ क्षेत्रको… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं, १३ चैत। गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ । सङ्घका अध्यक्ष डा हेमराज शर्माले आज विज्ञप्तिमार्फत शाहलाई प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष शर्माले प्रधानमन्त्री शाहको कार्यकालमा सङ्घ र विदेशमा रहेका नेपालीले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो तथा विश्वसनीय साझेदारका रूपमा योगदान पु¥याउने अपेक्षा राखेको उल्लेख गर्नुभएको छ । पुरा पढौ