मुख्य समाचार

निर्वाचनका लागि चीनले ४० लाख डलर बराबरको अनुदान सहयोग गर्ने

काठमाडौं, १२ फागुन। चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्यण गरेको छ । साथै बैठकले काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्नेगरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने निर्णय गरेको छ… पुरा पढौ

नेप्सेमा छायाे हरियाली, कारोबार रकम घट्यो

काठमाडौं, १२ फागुन । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा हरियाली छाएकाे छ । यसदिन पनि नेप्से परिसूचक बढेकाे छ। सोमबार पनि नेप्सेमा सामान्य अंकले बढेर बजार बन्द भएको थियाे। नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.४० अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले बढेको छ। तर मंगलबार कारोबार घटेको छ। अघिल्लाे दिन सोमबार ५ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा आज ३२८ वटा कम्पनीहरुकाे… पुरा पढौ

एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौं, १२ फागुन। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएका ६८ दलमध्ये नौ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलहरुमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन्… पुरा पढौ

बत्ती पुग्ने आशामा अपिवासी (आलेख)

दार्चुला, १२ फागुन “चौलानीको कञ्चन पानी, बिजुलीको खानी अँध्यारोमै बित्न लाग्यो, हाम्रो जिन्दगानी आशा छ अब त सरकार, बिजुली बालिदेला घरघरमा बत्ती बल्दा, खुसीले मन छाउँला ।” देउडिया प्रेमसिंह कार्कीले गुनगुनाउने यी शब्दमा अपिहिमालको पीडादायी यथार्थ लुकेको छ । टुकी र सोलारको भरमा जीवन बिताउँदै आएका कार्की अहिले ७० वर्ष पुगिसक्नुभयो । गाउँको तल चमेलिया नदी कलकल बगिरहे पनि उनीहरूको बस्ती भने अझै अन्धकारमै छ । स्थानीय भाषा ‘चम्लेउ’ (चौलानी) भनेर चिनिने चमेलिया नदी अपिहिमाल (सात हजार १३२ मिटर) को… पुरा पढौ

फागुन २१ मै चुनाव हुन्छ, तयारी पूरा भइसक्यो-गृहमन्त्री अर्याल

काठमाडौं, १२ फागुन । गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने र निर्वाचित सरकारलाई वैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने हो । सोही बमोजिम सरकारले आफ्नो पहिलो प्राथमिकता निर्वाचनलाई बनायो र संवैधानिक व्यवस्थाअनुरुप नै ६ महिनाभित्रै निर्वाचन सम्भव पनि हुँदैछ । यही फागुन २१ गते हुन गइरहेको निर्वाचनका अब केही दिन मात्र बाँकी छन् । नेपाल सरकार तथा निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताएको छ । शान्तिसुरक्षा निर्वाचनको प्रमुख आधार र… पुरा पढौ

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर हुँदै

काठमाडौं, १२ फागुन । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने शिविरमार्फत जलनका घटनाबाट पीडित भएकाहरु लाभान्वित हुने बैंकले जनाएको छ । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर आयोजना गरेको हो । बैंकले यसप्रकारका शिविर धनगढीबाट सुरु गरी विभिन्न प्रदेशमा आयोजना गरिने समेत उल्लेख गरेको छ । बैंकका अनुसार पहिलो चरणमा धनगढीमा सुषमा… पुरा पढौ

प्रमुख राजनीतिक दलका वाचाः सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं, १२ फागुन। प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका साथ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । यही फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको उन्नयन गर्दै सबल बनाउने योजना अगाडि सारेका हुन् । अर्थतन्त्रको आकार वृद्धि, गुणात्मक आर्थिक वृद्धि तथा अर्थतन्त्रको तेस्रो चरणको सुधारको योजनासमेत घोषणापत्रमा समावेश गरिएको छ । अर्थतन्त्रको बहुआयामिक विस्तार, आत्मनिर्भरता एवं आन्तरिक सवलीकरणका विषयलाई महत्वका साथ प्रमुख राजनीतिक दलले समावेश गरेका छन् । राजनीतिक स्थिरतासँगै… पुरा पढौ

निर्वाचन आउन ९ दिन बाँकी-आयोगले स्मरण गरायो आचारसंहिता

काठमाडौं, १२ फागुन। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ । नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई पूर्णरूरुपमा आचारसंहिता लाग्छ । यस्तै, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र… पुरा पढौ

खाद्यान्न र फलफूल बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन

काठमाडौं, १२ फागुन। निर्वाचनका समयमा बजारमा हुने गैरकानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्ने उद्देश्यका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन २६ वटा फर्ममा अनुमगन गरेको छ । विशेषगरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने फर्ममाथि अनुगमन गर्दै विभागले कानुनको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । निर्वाचनको बहानामा खाद्यपदार्थ लुकाउने, कालोबजारी गर्ने, तोकिएकोभन्दा बढी मूल्य लिनेजस्ता समस्या देखिएको भन्दै गुनासो आएपछि विभागले थप सक्रिय भएको छ । विभागले सोमबार एकैपटक कुलेश्वर क्षेत्रमा अनुमगन गरेको हो । अनुमगनका… पुरा पढौ

नेप्सेमा सामान्य सुधार, काराेबार ५ अर्ब १३ करोडमा सिमित

काठमाडौं, ११ फागुन । साताको शेयर काराेबार हुने दोस्रो दिन साेमबार नेप्सेमा सामान्य बृद्धि भएकाे छ । नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । केहि दिन लगातार घट्दै आएकाे नेप्सेमा यसदिनकाे उकालाेकाे यात्राले लगानीकर्तामा उत्साह थपिएकाे छ । नेप्से परिसूचक २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.६५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंकले बढेकाे छ । सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले बढेको छ। नेप्सेमा सामान्य बृद्धि भएपनि कारोबार रकम घटेको छ। आइतबार ६ अर्ब ६९… पुरा पढौ