मुख्य समाचार

एनआरएन इन्फ्रास्ट्रक्चरले साढे ८ लाख कित्ता शेयर बिक्री गर्ने

काठमाडौं, १२ माघ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको शेयर बिक्री गर्ने निर्णय गरेको छ। हिमालयन पावर पार्टनरको ८ लाख ५६ हजार ९६० कित्ता साधारण शेयर दोस्रो बजारबाट बिक्री गर्न लागिएकाे जनाइएकाे छ । कम्पनीका अनुसार माघ ११ गते बसेको 'सम्पत्ति, दायित्व तथा लगानी सल्लाहकार उपसमिति'को बैठकले साे काे निर्णय लिएकाे हाे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँलका अनुसार औपचारिक जानकारी सेबाेनकाे सुपरिवेक्षण विभागलाई गराइएकाे छ । ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको… पुरा पढौ

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं, १२ माघ । माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको सीमा बढाउनुपर्ने माग गरेका हुन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमेत उपस्थित रहनुभएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले रु पाँच लाखभन्दा माथिको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थामा संशोधन आवश्यक रहेको बताउनुभयो ।… पुरा पढौ

छ महिनामा ४ खर्ब ३८ अर्बकाे वस्तु तथा सामान आयात

वीरगञ्ज (पर्सा), १२ माघ। वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ । गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको छ महिनामा भने रू तीन खर्ब ८० अर्ब छ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको छ… पुरा पढौ

गुराँस लघुवित्तको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं, १२ माघ । गुराँस लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा बढेको छ। संस्थाकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हाे । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ७२.१५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिकाे नाफा १ करोड ५४ लाख थियो। लघुवित्तको खुद ब्याज आम्दानी ५५.१८ प्रतिशतले बढेको छ ।… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १२ माघ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३२ पैसा र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९१ पैसा कायम… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं, १२ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो । आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गर्नुभएको थियो । उहाँले कुनै निर्वाचन क्षेत्रमा केही समस्या… पुरा पढौ

माछापालनबाट आत्मनिर्भर बन्दै शैलेन्द्र

भद्रपुर (झापा), १२ माघ। विदेश जानु नै सफलता हो भन्ने आम बुझाइकाबीच यहाँको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने विदेशबाट फर्किएर नेपालकै माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । स्नातक तहको अध्ययन सकेपछि सन् २०१५ मा भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुग्नुभएका शैलेन्द्र त्यहाँ एक वर्ष पनि टिक्नुभएन । मरुभूमिको देशमा सीमित पानी र प्रतिकूल वातावरण हुँदाहुँदै पनि आधुनिक प्रविधिको प्रयोग गरेर कृषि र पशुपालन सफलतापूर्वक गरिएको देखेपछि उहाँको… पुरा पढौ

मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने

मनाङ, १२ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तीन चिन्हमा मतदान हुने टुङ्गो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । “निर्वाचनका लागि पाँच दलबाट… पुरा पढौ

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौं, ११ माघ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन चुनौतीपूर्ण बन्दै आएको छ । मुलुकको विषम स्थितिमा आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन नजिकिँदै गर्दा यो विषय पेचिलो हुने देखिएको छ । आसन्न निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता भइसकेको छ । त्यस क्रममा मधेस प्रदेशको एक जिल्लामा कुनै एक पार्टीले छिमेकी भारतको बिहारबाट ल्याइएका भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिएको भनेर सामाजिक सञ्जालमा आलोचनाको विषय बन्यो । ती… पुरा पढौ

गुन्द्रुक प्रवर्धनका लागि राष्ट्रिय कार्यशाला गर्दै हान

काठमाडौं, ११ माघ । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तिहुन (गुन्द्रुक) को प्रवर्धनका लागि राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ । हानका अध्यक्ष विनायक शाहले ‘द भ्वाइस अफ सेफ्स’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, “नेपाल आउने करिब ९० प्रतिशत विदेशी पर्यटकले नेपाली खाना खोज्ने गरेका छन् र त्यसका लागि हामीले हाम्रो परम्परागत खानालाई प्रवद्र्धन गर्नुपर्छ ।” उहाँले गैरआवासीय नेपाली तथा विदेशमा… पुरा पढौ