मुख्य समाचार

आर्थिक समुन्नतिका लागि नयाँ वित्तीय स्रोतको परिचालन अपरिहार्य-अर्थमन्त्री पौडेल

काठमाडौं, २३ साउन। वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि आज प्रतिनिधिसभाको अर्थ समितिमा छलफल भएको छ । छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको आर्थिक समुन्नति र दिगो विकासका लागि नयाँ वित्तीय स्रोतको परिचालन अपरिहार्य भएको बताए । अर्थमन्त्री पौडेलका अनुसार मुलुकको समग्र विकासका लागि उच्च प्रतिफल दिने दिगो पूर्वाधारलगायत क्षेत्रमा लगानी बढाउन परियोजनाको पहिचान, प्राथमिकिकरण, आन्तरिक स्रोत व्यवस्थापन, स्वदेशी तथा विदेशी लगानी र विभिन्न वित्तीय उपकरणको यथोचित प्रयोग आवश्यक छ । उनले ऋणपत्र,… पुरा पढौ

सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा २२० प्रतिशतले बृद्धि

काठमाडौं, २३ साउन । सिद्धार्थ बैंककाे नाफामा २२० प्रतिशतले बृद्धि भएकाे छ । बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा अघिल्लो वर्षकोभन्दा ३ गुणा बढेकाे छ । साे रकम २२० प्रतिशतले बढेकाे रकम अर्थात १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। बैंकले डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएकाे थियाे । बैंककाे अब १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने आधार बनेकाे छ। अघिल्लो वर्षको सोही अवधिमा वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ थियो।… पुरा पढौ

एनएमबि लघुवित्तकाे नाफामा सुधार

काठमाडौं, २३ साउन । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा नाफा कमाएकाे छ । संस्थाको सार्वजनिक भएकाे गत आर्थिक वर्षकाे चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार संस्थाकाे नाफामा सुधार भएकाे हाे । अघिल्लो आर्थिक वर्षमा संस्था नोक्सानीमा थियाे । गत आर्थिक वर्षमा लघुवित्तले ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको हाे । अघिल्लो आर्थिक वर्षमा लघुवित्तकाे नाेक्सानी ५ करोड २९ लाख रहेकाे थियो। संस्थाकाे खुद ब्याज आम्दानी बढेको कारण तथा इम्पेरमेन्ट चार्ज रिभर्स भएकाेले नाफा भएकाे हाे । खुद… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पु-याएकोमा चिन्ता व्यक्त

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले क्षति पु¥याएको दुःखद् खबरप्रति चिन्ता व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले आफू चिन्तित भएको व्यक्त गरे। “छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले चिन्तित छु । बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु”, प्रधानमन्त्री ओलीले लेखेका छन् । प्रधानमन्त्री ओलीले बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक… पुरा पढौ

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

तुर्कमेनिस्तान, २३ साउन । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्। उनी तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरे। प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे। प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५ बजे नेपाल आइपुग्नने कार्यक्रम रहेको छ । पुरा पढौ

गण्डकीमा चार हजार ‘किशोरी आमा’

ढोरपाटन (बागलुङ), २३ साउन । कानुनले २० वर्षअगावै विवाह गर्न बर्जित गरेको छ । बालविवाह रोक्नका लागि सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यसको न्यूनीकरण भने हुनसकेको छैन । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा उमेर नपुग्दै विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या उस्तै छ । यस प्रदेशमा पछिल्लो दुई वर्षमा कुल ३९ हजार १२९ जना सुत्केरी हुँदा चार हजार २५५ जना २० वर्षमुनिका किशोरी छन्… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७४ रुपैयाँ २० पैसा… पुरा पढौ

देशभर मनसुनको प्रभाव-वर्षाको सम्भावना

काठमाडौं, २३ साउन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेस प्रदेश र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराइलगायत कोशी, कर्णाली र… पुरा पढौ

पोखरा महानगर र लक्ष्मी ग्रुपबिच तालको सरसफाइ र रोजगारी सिर्जनासम्बन्धी समझदारी

पोखरा, २२ श्रावण । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर क्षेष्ठले हस्ताक्षर गरे।  तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख आचार्यले बताए। नेपालको अग्रणी व्यापारिक… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा हिमनदी पग्लने क्रम रोक्नका लागि मिलेर काम गर्न विश्व समुदायलाई आग्रह

तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठोस कार्यहरूद्वारा हाम्रा हिमालयलाई बचाउन सकिने बताए। “हिमालका आवाजहरु पग्लने बरफमुनि मरेर नजाओस् । हिमालको रक्षाका लागि सँगै काम गर्न, नेतृत्व गर्न र साझेदारी गर्न नेपाल तयार छ । हाम्रा कदमले जलवायु न्यायमा काम गर्न विश्व समुदायलाई प्रेरित गर्न सकोस्”, प्रधानमन्त्री ओलीले… पुरा पढौ