मुख्य समाचार

आज साउन १५ः खीर खाएर मनाइँदै

काठमाडौं, १५ साउन। साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका… पुरा पढौ

सुदूरपश्चिम, लुम्बिनी र पहाडी भागमा वर्षाको सम्भावना

काठमाडौं, १५ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक बदली हुनेछ भने सुदूरपश्चिमलगायत पहाडी भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली… पुरा पढौ

कालिका लघुवित्तद्वारा एकैपटक ६३ जना कर्मचारी माग

पोखरा, १५ साउन । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न पदमा ६३ जना कर्मचारी माग गरेको छ । संस्थाले आज आदर्शसमाज दैनिकमा आवश्यकताको बिज्ञापन प्रकाशित गर्दै बिभिन्न पदमा खुल्ला प्रतिस्पर्धावाट स्थायी सेवामा कर्मचारी पदपूर्ति गर्न भन्दै दरखास्त आह्वान गरेको हाे । प्रकाशित सुचना अनुसार लघुवित्तले प्रवन्धक, बरिष्ठ अधिकृत, अधिकृत, सहायक, कनिष्ठ सहायक लगायतका पदमा कर्मचारी माग गरेको छ । आवश्यक शैक्षिक योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्ने जनाइएको छ । दरखास्त दिने… पुरा पढौ

कागतीले बजार नपाउँदा किसान चिन्तित

दमौली (तनहुँ), १५ साउन। तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन्। व्यावसायिक कागतीखेतीमा लागेका उनी आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन्र। मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन् । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए । मल्लले भने, “बारीसम्म गाडी पुग्ने बाटो छैन । मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ । त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ ।” स्थानीयस्तरमा बजार… पुरा पढौ

सघन सहरी तथा भवन आयोजनाकाे ७५ करोड बजेट फिर्ता

जुम्ला, १५ साउन। जुम्लास्थित सघन सहरी तथा भवन आयोजना कार्यालयमा गत आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित कुल पुँजीगत बजेटमध्ये रु ७५ करोड दुई लाख ६९ हजार बजेट फिर्ता गएको छ । सङ्घीय सरकारले जिल्लाको विकासका लागिसबैभन्दा बढी रकम यसै कार्यालयका लागि विनियोजन गरेको थियो । पुँजीगततर्फको बजेट रु एक अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख सात हजार अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मीनबहादुर घर्तिमगरले जानकारी दिए… पुरा पढौ

नेप्से ४७.९३ अंकले घट्याे, १६ अर्ब ४४ करोडकाे काराेबार

काठमाडौं, १४ साउन । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्से नकारात्मक लयमा गएकाे छ । अघल्लाे दिन साउन १३ गते नेप्से बढेर ३००० विन्दु पार गरेकाे थियाे । यसदिन नेप्से ३०० विन्दु तल झरेर बन्द भएकाे छ । यसका साथै काराेबार रकममा पिन कमि कमि भएकाे छ । नेप्से परिसूचक ४७.९३ अंक घटेर २९५४.१४ विन्दुमा झरेको हाे । सेन्सेटिभ इण्डेक्स १०.७५ अंकले घटेको छ । फ्लोट इण्डेक्स ३.६३ अंकले घटेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७४ अंकले घटेको छ। साउन… पुरा पढौ

बगैंचा रिर्सोट एण्ड स्पाको शुभारम्भ, पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री आरजु राणा

पाेखरा, १४ साउन। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छन् । पोखराको लेकसाइडमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट एण्ड स्पाको आज शुभारम्भ कार्यक्रममा उनले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको बताइन। आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री देउवाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको धारणा राखिन्। पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै उनले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा… पुरा पढौ

आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशत खुम्चियो

काठमाडौं, १४ साउन। गत आर्थिक वर्ष २०८१/ ८२ मा सरकारले आन्तरिक ऋण शतप्रतिशत उठाउँदा बाह्य ऋण भने ५७ प्रतिशत हाराहारी मात्रै उठाउन सकेको देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत असार मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार गत आवमा आन्तरिक ऋणका लागि राखिएको रु तीन खर्ब ३० अर्बको लक्ष्य शतप्रतिशत पूरा भएको छ । तर बाह्य ऋणतर्फ रु दुई खर्ब १७ अर्ब उठाउने भनिएकोमा ५७ दशमलव ७९ प्रतिशतअर्थात् रु एक खर्ब २५ अर्ब ३९ करोड ९९ लाख मात्रै उठाइएको हो ।… पुरा पढौ

सामाजिक र विकासका लागि सैनिक कल्याणकाली कोषकाे योगदान महत्वपूर्ण-प्रधानमन्त्री ओली

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गरे। सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीका अवसरमा आज जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा कोषका संरक्षक प्रधानमन्त्री ओलीले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र आश्रित परिवारको हितका लागि सैनिक कल्याणकारी निर्देशनालयले कल्याणकारी कोषमार्फत सञ्चालन गरेका विविध कल्याणकारी कार्यको प्रशंसा गरे। संयुक्त राष्ट्रसङ्घको मिसनबाट आर्जित रकमबाट आफ्नै कोष खडा गरी स्थापना भएको सैनिक कल्याणकारी कोषले… पुरा पढौ

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ गाडी, ६ अर्ब ३१ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), १४ साउन। गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ । गत आवमा रु छ अर्ब ६० करोड मूल्यका ५० हजार २९१ वटा… पुरा पढौ