मुख्य समाचार

संसद्मा प्रतिपक्षीको विरोध, प्रधानमन्त्रीको प्रश्नोत्तर प्रभावित

काठमाडौं, ६ असार । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम प्रभावित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरे लगत्तै दुवै दलका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाए। त्यसपछि सभामुख घिमिरेले विरोधमा उभिएका सांसदहरुलाई विनियोजन विधेयकमाथिको छलफल सक्नुपर्ने र प्रश्नउत्तरलगायतका कार्यक्रम अगाडि बढाउनुपर्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरे। सभामुखको आग्रहलाई अवज्ञा गर्दै दुवै पार्टीका सांसदहरु… पुरा पढौ

स्थानीय तह प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छः अध्यक्ष यादव

काठमाडौँ, ६ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको छ । यसअघि उहाँ २०६४ सालको संविधानसभा निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र ५ र सुनसरी ५ बाट, २०७० सालमा सुनसरी क्षेत्र नं ५ तथा २०७४ सालमा सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०१६ मा सप्तरीको भागवतपुरमा जन्मिनुभएका अध्यक्ष यादवले २०३२ सालमा कम्युनिष्ट पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । विसं २०४८ मा… पुरा पढौ

दैलेखमा ग्यास फेला परेकाेमा प्रधानमन्त्री ओली खुसी

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकाेमा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरे। “दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए”, प्रधानमन्त्री ओलीले उल्लेख गरे, “११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो ।” यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम… पुरा पढौ

प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाईमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, ६ असार । प्रभु क्यापिटलले जेठ २३ गतेदेखि बिक्रीमा ल्याएकाे सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाईकाे लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । याे एउटा प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको स्किम हो। क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा रुपैयाँ २५ करोड बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएकाे हाे । स्किमको कुल आकार ४ करोड इकाई रहेको छ। यसबाट ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रबर्धक प्रभु बैंक… पुरा पढौ

विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल

नवलपुर (नवलपरासी), ६ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए। विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए। “नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो”, प्रहरी निरीक्षक तिमिल्सेनाले भने– “तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ… पुरा पढौ

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

काठमाडौं, ६ असार । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दैछन्। ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।… पुरा पढौ

आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ६ असार । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको जेठ मसान्तसम्मको अवधिमा रु सात अर्ब ५१ करोड ६४ लाख ६५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा कार्यालयले सो अवधिमा रु आठ अर्ब ५२ करोड नौ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंले चालु आवको ११ महिनामा लक्ष्यको ११३ दशमलव ३६ प्रतिशत राजस्व… पुरा पढौ

स्वस्तिक लघुवित्तले पायाे आइपिओ बिक्रीकाे अनुमति

काठमाडौं, ६ असार । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपिओ बिक्रीकाे अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई आज शेयर निष्कासनकाे अनुमति दिएको हाे । स्वस्तिक लघुवित्तले शेयर निष्कासनकाे अनुमित पाएसँगै चालु आर्थिक वर्षमा शेयर निष्कासनकाे अनुमति पाउने कम्पनीहरुकाे संख्या १२ पुगेका छन्। आर्थिक वर्ष २०८०/८१ मा शेयर निष्कासनकाे अनुमति पाउनेहरु न्युन रहेका थिए । आर्थिक वर्ष २०७९/८० मा ४२ कम्पनीले अनुमति पाएका थिए। चालु आर्थिक वर्ष सकिनै लाग्दा साे संख्या दर्जन मात्रै पुगेकाे छ ।   सेबाेनले स्वस्तिकका लागि… पुरा पढौ

यस्तो छ आजको लागि विदेशी मुद्राको भाउ

काठमाडौँ, ६ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा कायम गरिएको… पुरा पढौ

आँपको सुवासले मगमगाइरहेको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

सिरहा, ६ असार । यो आँप पाक्ने याम हो । । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ । पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । मालदहलगायत आँपको सुवासले सिरहा मगमगाइरहको छ । हरेक घरको आँगन, बगैँचाको कुना र बजारको छेउमा बगिरहेको आँपको सुगन्ध सिरहाको पहिचान हो । हावामा घुलिएको त्यो सुगन्ध, जुन स्वादमा बदलिन्छ । यही स्वाद अब व्यवसाय, रोजगारी र… पुरा पढौ