मुख्य समाचार

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंककाे नयाँ शाखा खुल्याे

काठमाडाैं, ३१ बैशाख । ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा बैशाख ३१ गते बुधबारबाट २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष सूर्य बहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका थिए । त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेकाे… पुरा पढौ

नेप्से १३.९६ अंकले घट्याे, ८ अर्ब ७३ कराेडकाे काराबार

काठमाडौं, ३१ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव ९६ अङ्कले घटेर दुई हजार ६२० दशमलव २७ को विन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर एक लाख १२ हजार ५७७ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार ५०५ बराबरको कारोबार भएको हो । विकास बैंक समूह एक… पुरा पढौ

एनआरएनएलाई एकताबद्ध,मर्यादित र उद्देश्य केन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गरेका छन्। सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखापर्नु उचित नहुने भनाइसहित सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरेका हुन्। “आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने यस किसिमको साझा संस्थामा विवाद हुनु राम्रो होइन । व्यक्तिका लागि विधान फेर्ने ढङ्गले संस्था चल्न सक्दैन । यसमा विवेक र तर्कले काम गरोस् । व्यक्तिगत स्वार्थका… पुरा पढौ

सोल्टी होटलले पाैने ४७ करोड नाफा कमायो

काठमाडौं, ३१ वैशाख । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सोल्टी होटलले ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा होटलले ४१ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको व्यवसायिक आम्दानी १२.४८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ८ लाख रुपैयाँ पुगेको छ । साथै होटलको सञ्चालन आम्दानी ५९ करोड १७ लाख रुपैयाँ छ । कम्पनीको सञ्चालन नाफा १५.४१ प्रतिशतले बढेको हो । चुक्ता पूँजी १ अर्ब २… पुरा पढौ

सरकारको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ: सांसद पदम गिरी

काठमाडौं, ३१ वैशाख। प्रतिनिधि सभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पदम गिरीले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको टिप्पणी गरेका छन । बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर बाहेक)’ माथिको छलफलका क्रममा पूर्वमन्त्रीसमेत रहनुभएका गिरिले विनियोजित विधेयकले जनतामा आशा जगाए पनि बजेटमार्फत कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण रहेको बताए। उनले भने, “विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता हेर्ने हो भने सरकार… पुरा पढौ

बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग

पाटन (ललितपुर), ३१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कानुनले सबैलाई अवसर दिँदै समान दृष्टिकोणले हेर्नुपर्ने बताएका छन् । प्रदेश सुशासन केन्द्र बागमती प्रदेशद्वारा आज ललितपुरमा आयोजित प्रदेशसभाका महिला सदस्यहरूका लागि सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले कार्यक्रमको उद्देश्य लैङ्गिक समानता र समावेशीकरणका साथै बजेट निर्माणमा लैङ्गिक समावेशीकरणलाई जोड दिएर अभिमुखीकरण गर्ने भएको बताए । उनले भने, “ प्रदेशसभामा महिलाहरूको उल्लेख्य सहभागिता छ, अबको समयमा समावेशीकरणमा ठूलो फड्को मार्नेछ भन्ने आशा छ, यस्ता अभिमुखीकरणबाट प्राप्त हुने ज्ञानले सबै वर्ग, समुदाय,… पुरा पढौ

भोजपुरमा उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम सुरु

भोजपुर, ३१ वैशाख । पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु भएको छ । कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा कार्यक्रम सुरु भएको हो । दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिकाभित्रका ४० जना उद्यमीलाई छनोट गरिएको छ । छनोटमा परेकालाई उद्यमशीलतासम्बन्धी तीनदिने प्रशिक्षण पनि प्रदान गरिएको छ । छनोटमा परेका १० जना व्यवसायीलाई नवप्रवर्द्धन गर्न रु एक–एक लाख सहयोग गरिने संयोजक विश्वकर्माले जानकारी दिए। गाउँपालिकाका व्यवसायीहरूमा उद्यमशीलताको विकासका लागि… पुरा पढौ

पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रेपलाञ्चोक, ३१ वैशाख । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् । साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन् । “आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपरयो”, स्थानीय रामबहादुर दनुवारले भने। उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पूर्जा लिए । लालपूर्जाविहीनका… पुरा पढौ

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

लोमान्थाङ (मुस्ताङ), ३१ वैशाख । म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा झण्डै १८० किलोमिटरको दूरीमा रहेको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, यसको महत्व प्राकृतिक र पर्यटकीय दृष्टिले पनि उत्तिकै छ । पर्यटनका लागि प्रचुर सम्भावना हुँदा पनि विभिन्न नीतिका कारण यहाँ अपेक्षाकृत विदेशी पर्यटक आउन नसकेको यहाँका जनप्रतिनिधिको गुनासो छ । नजिकैको मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ मन्दिर दर्शनका लागि वार्षिक हजारौँ विदेशी पर्यटक आउँदा पनि जोमसोमबाट करिब ७५ किलोमिटर उत्तरमा रहेको लोमान्थाङमा… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौ, ३१ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८… पुरा पढौ