मुख्य समाचार

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं, ३१ वैशाख । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । उनले भने, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।” आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो… पुरा पढौ

यसकारण माण्डु हाइड्रोपावरकाे आम्दानी घट्याे

काठमाडौं, ३१ वैशाख । माण्डु हाइड्रोपावरकाे आम्दानी घटेकाे छ । कम्पनीको  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट २० करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत वर्षकाे सोही अवधिकोभन्दा ६४.८२ प्रतिशत कम हो। गएकाे वर्ष सोही अवधिमन कम्पनीले ५८ करोड २० लाख  आम्दानी गरेको थियो। कम्पनीको खुद नाफा पनि घटेको छ।  खुद नाफा ३२.१८ प्रतिशत घटेर १५ करोड २ लाख रुपैयाँ रहेकाे… पुरा पढौ

‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि क्रान्ति हाे-प्रधानमन्त्री ओली

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रको मागबमोजिम अब काभ्रेको बनेपामा स्टुडियो बन्ने बताए। उनले चलचित्रकर्मीले करिब छ दशकदेखि उठाउँदै आएको माग सम्बोधन हुने प्रक्रियामा रहेको पनि बताए। प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त स्टुडियो निर्माण गर्ने निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत विविध कारणले काम… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्ककाे गिरावट, साढे ९ अर्बकाे कारोबार

काठमाडाैं, ३० वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार चार सय ४५ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ बराबरको कारोबार भएको छ । विकास… पुरा पढौ

हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर

काठमाडौं, ३० वैशाखःर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित छजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले २०६० सालदेखि हुलाक बचत बैङ्कको जिम्मा लिँदै आएकाहरुले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुसी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको जनाएको छ । उनीहरुले बैङ्कमा जनताको निक्षेप सङ्कलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिष्टरमा नराखेको, बैङ्क दाखिला नगरी आफूखुसी… पुरा पढौ

आर्थिक सुधारलाई उच्च महत्व दिएका छौ-अर्थमन्त्री पाैडेल

काठमाडौं, ३० वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्वका साथ अघि बढाइरहेको बताएका छन्। आगामी आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा उनले आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने बताए । “केही समयदेखि आर्थिक सुधार थालेका छौँ । त्यसबाट सकारात्मक नतिजा पाइरहेका छौँ । भविष्यमा पनि आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिनेछाैं”, उनले भने, “अध्यादेशबाट गरिएका कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका… पुरा पढौ

‘नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्छ’

काठमाडौं, ३० वैशाख । उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरूले मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताएका हुन् । बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल निर्माणका लागि रू तीन अर्ब ४२ करोड लागत अनुमान गरिएकाले त्यति रकम विनियोजन गर्न सरकारसँग आग्रह गरे। नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद जुली कुमारी महतो… पुरा पढौ

च्याउखेतीबाट वार्षिक रु १८ लाख कमाउदै अजित

धरान (सुनसरी), ३० वैशाख । तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरिरहेका छन्। दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उनी अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहेका छन् । अजितले दुबईमा काम गर्दा महिनाको रु ३५–४० हजार कमाउथे तर त्यो पैसाले खासै जीवन चलाउन सजिलो थिएन । आफूलाई खाना खर्च अनि घरखर्च पठाउँदै सकिन्थ्यो । बचत त के गर्नु र कहिलेकाहीँ त ऋणै… पुरा पढौ

अपि पावरको नाफामा ६८९ प्रतिशतले बृद्धि, ईपीएस कति ?

काठमाडौं, ३० वैशाख । अपि पावर कम्पनीकाे नाफा बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा अधिक बढेको छ। चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ६८९ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेकाे थियो। कम्पनीको खुद नाफा बढ्नमा विद्युत बिक्री आम्दानी… पुरा पढौ

यसकारण लमजुङमा विद्युत् उत्पादनमा वृद्धि हुन सकेन

लमजुङ, ३० वैशाख । बर्खा सुरु हुन लाग्दा पनि लमजुङमा विद्युत् उत्पादन वृद्धि हुन सकेको छैन । हिउँ नपग्लिनु, मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायत खोलामा पर्याप्त पानी नहुँदा गत मङ्सिरदेखि घटेको विद्युत् उत्पादन वृद्धि हुन नसकेको हो ।जिल्लामा उत्पादन थालेको सबैभन्दा ठूलो लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा गत मङ्सिरको सुरुआतदेखि उत्पादन घटेर २४ मेगावाटमा सीमित भएको थियो । अहिले केहीमात्रामा बढेर ३२ मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन थालेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख पवन… पुरा पढौ