समाचार

कोप-३१-अनुकूलन वित्त बढाउने प्रस्तावमा सहमति जुट्न चुनौती

काठमाडौं, २ मङ्सिर। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को अध्यक्षताले सन् २०३५ सम्म विकासोन्मुख देशका लागि वार्षिक कम्तीमा एक खर्ब २० अर्ब अमेरिकी डलर अनुकूलन वित्त जुटाउने प्रस्ताव अघि सारेको छ । तर, उक्त प्रस्तावमा विकसित र विकासोन्मुख देशबीच सहमति जुट्न चुनौती देखिएको छ । टर्किएको अन्ताल्यामा जारी सम्मेलनमा अध्यक्षताले पक्ष राष्ट्रहरूसँगको परामर्शमा तयार पारेको निर्णयको मस्यौदामा विकसित देशलाई अनुकूलन वित्त बढाउन र त्यसका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्न आग्रह गरिएको छ । मस्यौदामा हालको अनुकूलन वित्त तीन गुणा… पुरा पढौ

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, २ मङ्सिर। हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भागको मौसम सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका… पुरा पढौ

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

गण्डकी, १ मङ्सिर । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने उक्त सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला गरेको छ । अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजया र रु. एक करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ । त्यस्तै सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र रु. एक करोड २६ लाख २३ हजार जरिवानाको… पुरा पढौ

पोखरामा चलचित्र ‘चोखोपानी’को शुभमुहूर्त, सामाजिक परिवेशमा आधारित कथा पर्दामा आउने

पाेखरा, १ मंसिर । पोखरामा चलचित्र ‘चोखोपानी’को शुभमुहूर्त, सामाजिक परिवेशमा आधारित कथा पर्दामा आउने पोखरा । सत्यदेवी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘चोखोपानी’को पोखरामा मंगलबार शुभमुहूर्त गरिएको छ। पोखरा महानगरपालिका–३ स्थित नारायणथान मन्दिरमा पूजाआराधना गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो। किसन गौतमको कथा, पटकथा तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्रले सामाजिक परिवेशलाई मुख्य आधार बनाउनेछ। समाजमा घट्ने विभिन्न घटना, मानवीय सम्बन्ध र सामाजिक यथार्थलाई कथामार्फत प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गर्न लागिएको निर्देशक गौतमले जानकारी दिएका छन्। सन्देशमूलक कथावस्तुमा… पुरा पढौ

महेश त्रिपाठी र सिम्रन खड्काको मुख्य भूमिका रहने ‘छायाँको जीत’ को शुभमुहूर्त

काठमाडौं, १ मंसिर । अभिनेता महेश त्रिपाठी र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा रहने नेपाली फिल्म ‘छायाँको जीत’ को शुभमुहूर्त गरिएको छ। मंगलबार काठमाडौंको मैतिदेवी मन्दिरमा क्यामेरा तथा पटकथा पूजा गर्दै निर्माण पक्षले फिल्मको औपचारिक सुरुवात गरेको हो। भारतीय निर्देशक शिव शोहितको निर्देशनमा निर्माण हुने फिल्म विशुद्ध प्रेमकथामा आधारित रहनेछ। जिथ्रीएस फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा महेश र सिम्रनसँगै विजय देउजा, इच्छा सिंह, कविता आले, सुदीप पौडेल, राजु कार्की, प्रतीक चौधरी, मनोज भेटवाल तथा बालकलाकार अनामा बम र केशव रोकायालगायतको अभिनय… पुरा पढौ

राष्ट्रिय कर दिवस-पोखरामा सप्ताहव्यापि कार्यक्रम गरेर मनाइदै

पोखरा, १ मंसिर । आज राष्ट्रिय कर दिवस । राष्ट्रिय कर दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पोखरामा पनि कर दिवसको अवसरमा प्रभातफेरी गरिएको छ । ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय कर दिवस २०८३ मनाइने भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्न कार्यक्रम आयोजना गरेको छ । कर सप्ताहका रूपमा मनाइने कार्यक्रममा प्रभातफेरी, वस्तुगत संघसंस्थासँग अन्तरक्रिया तथा कर प्रशिक्षण, मैत्रीपूर्ण फुटसल प्रतियोगिता र करदाता सम्मानलगायतका कार्यक्रम समावेश… पुरा पढौ

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

रसुवा, १ मङ्सिर। हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा छन् । यस्तै ओझेलमा परेको रसुवाको नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको स्थान हो, डिल्पु कुण्ड । समुद्री सतहबाट करिब चार हजार ५५० मिटरको उचाइमा अवस्थित यो कुण्ड जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत साञ्जेन हिमालको काखमा अवस्थित छ । स्थानीयस्तरमा यसलाई पाल्दोर कुण्डका नामले चिनिन्छ । हिमालबाट निरन्तर… पुरा पढौ

कोप-३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन

अन्ताल्या (टर्कीए), १ मङ्सिर. टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्तावलाई सम्मेलनको ‘कभर डिसिजन’मा सम्बोधन गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) मा कभर डिसिजन वा कभर टेक्स्ट भन्नाले सम्मेलनको अन्त्यमा जारी गरिने समग्र राजनीतिक दस्तावेजलाई जनाउँछ । त्यसले वार्ताका विभिन्न विषय तथा निष्कर्षहरूलाई एकीकृत गर्दै समग्र राजनीतिक दिशा र सन्देश निर्धारण र सम्मेलनका प्रमुख… पुरा पढौ

पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

मोरङ, १ मङ्सिर। जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको बाफ र बास्ना फैलिन थाल्छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको गेटछेउमा विगत २२ वर्षदेखि भक्का बनाएर बिक्री गर्दै आउनुभएकी डाँगीहाट निवासी माल्दा राजवंशीको दैनिकी यतिबेला व्यस्त छ । राजवंशी प्रत्येक वर्ष जाडोयाममा दैनिक लक्ष्मीमार्ग आएर भक्का बिक्री गर्नुहुन्छ । बाइस वर्षअघि प्रतिगोटा रु एकमा बिक्री गर्न सुरु गरेको भक्काको मूल्य अहिले बढेर रु १० पुगेको उहाँले बताउनुभयो । चामल, दाउरा तथा अन्य सामग्रीको मूल्य बढेकाले भक्काको मूल्य पनि… पुरा पढौ

आन्तरिक पर्यटकको रोजाइमा रेसुङ्गा पार्क

गुल्मी, १ मङ्सिर। हरियाली जङ्गल, शान्त वातावरण र मनोरम प्राकृतिक दृश्यले रेसुङ्गा पार्क आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । रेसुङ्गाको गर्जुरा क्षेत्रमा पार्क निर्माण भएपछि गुल्मीमा पर्यटकको चहलपहल बढेको हो । सदरमुकाम तम्घासदेखि करिब तीन किलोमिटर दूरीमा रहेको पार्कसम्म पुग्ने सडक कालोपत्र भएपछि आवागमन सहज भएको छ । सार्वजनिक बिदाका दिन परिवारसहित घुम्न र वनभोज खान आउने पर्यटकको यहाँ भीड लाग्ने गरेको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि उपयुक्त गन्तव्य बनेको पार्क युवापुस्ताका लागि तस्बिर तथा भिडियो खिच्ने… पुरा पढौ