समाचार

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवानकाे कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

काठमाडौं, २९ कात्तिक। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्व २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्थप सुदृढ पार्न यस पर्वले प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । उहाँले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामना गरी मनाउने छठ पर्वले सूर्य देवको आराधना… पुरा पढौ

कार्तिक शुक्ल षष्ठीः छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं, २९ कात्तिक। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी… पुरा पढौ

पश्चिमी वायुका प्रभाव-वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २९ कात्तिक। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराई भेगमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको… पुरा पढौ

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

गण्डकी, २८ कात्तिक। तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको चाप बढेको छ । कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा आवास पाउन कठिन भएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको चहलपहल बढेको हो । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक… पुरा पढौ

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

काठमाडौं, २८ कात्तिक। नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिँदै पछाडि पारिएका समुदायलाई विकास प्रक्रियामा सहभागी गराउनुका साथै विकासको प्रतिफलमा उनीहरूको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभयो । शुक्रबार भएको अधिवेशनमा उहाँले राष्ट्रिय रोजगार… पुरा पढौ

पाेखराकाे एनटीएचएमसीमा ईएमबीएको भर्ना

पोखरा, २८ कात्तिक । पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले सन् २०२६ का लागि एक्जिक्युटिभ मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन कार्यक्रमको पाँचौं ब्याचमा भर्ना खुला गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कार्यक्रमका लागि कलेजले आवेदन आह्वान गरेको हो । कार्यरत पेसाकर्मी, उद्यमी, व्यवस्थापक तथा भावी नेतृत्वकर्ताहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस कार्यक्रमको अवधि १.५ वर्ष (३ सेमेस्टर) रहेको छ । कामकाजी व्यक्तिहरूको समय अनुकूलतालाई ध्यानमा राख्दै साँझ ६:०० बजेदेखि राति ८:०० बजेसम्म कक्षा सञ्चालन गरिने कलेज प्रशासनले… पुरा पढौ

टर्कीमा नेपाली श्रमिकको समस्या समाधान गर्न परराष्ट्रमन्त्रीलाई एनआरएनएको ६ बुँदे ज्ञापनपत्र

​अन्ताल्या (टर्की), २८ कात्तिक । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्की आउनुभएका परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) टर्कीले नेपाली श्रमिक तथा समुदायका समस्या समाधानको माग गर्दै ६ बुँदे ज्ञापनपत्र बुझाएको छ। ​टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु सम्मेलनको अवसरमा भएको विशेष भेटघाट कार्यक्रममा एनआरएनए टर्कीका अध्यक्ष विनोद पौडेल, उपाध्यक्षद्वय मन्दिरा खत्री र डोरबहादुर खड्का, महासचिव श्याम पाण्डेलगायत कार्यसमितिका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा… पुरा पढौ

नारायणी नदी किनारमा छठ पर्वको तयारी

नवलपुर (नवलपरासी), २८ कात्तिक। नारायणी नदीको किनारमा छठपर्वको तयारी सुरु गरिएको छ । श्रद्धा र भक्तिका साथ मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत् सुरु भएसँगै नदी किनारमा छठको तयारी सुरु गरिएको हो । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ कात्तिक शुक्ल चौथीको दिनदेखि सुरु भएको तराई सामुदायिक सेवा समितिका उपाध्यक्ष नारदप्रसाद परिहस्तले बताउनुभयो । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई नहाए खाएके दिन पनि भन्ने गरिन्छ । छठ पर्वको पहिलो दिन शुक्रबार… पुरा पढौ

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

अन्ताल्या (टर्किए), २८ कात्तिक। संयुक्त राष्ट्रसङ्कका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताउनुभएको छ । यही कात्तिक २३ गतेदेखि जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को अन्तिम पत्रकार सम्मेलनमा आज सम्बोधन गर्दै उहाँले आगामी केही वर्षसम्म प्रतिवर्ष करिब छ प्रतिशतका दरले उत्सर्जन कटौती गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । राष्ट्रिय निर्धारित योगदान (एनडिसी)अन्तर्गतका देशले प्रस्तुत गरेका… पुरा पढौ

पोखरामा छठ पर्व : चार स्थानमा पूजा

कास्की, २८ कात्तिक । पोखराका चार स्थानमा छठ पर्व मनाउनका लागि पूजाको तयारी गरिएको छ । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षहरुमा जस्तै यस वर्ष पोखरामा समेत भव्य रूपमा मनाउन लागिएको हो । पोखराको नदीपुरस्थित नारायणस्थान मन्दिर परिसर, बैदामस्थित फेवाताल किनारको केदारेश्वर मन्दिर परिसर, भद्रकालीस्थित माछापोखरी र फूलबारी र भलामको बीचमा रहेको कालीखोलामा छठ पूजाका लागि स्थान निर्माण गरिएको हो । पूजास्थलको सरसफाइ गरिएको छ । विभिन्न रङका बत्ती र सजावटले झिलिमिली बनाउनेकार्य भइरहेको र चारवटै स्थानमा… पुरा पढौ