तस्बिर बोल्छ

गोरखाबाट हिँडेको एकीकरण टर्च र्याली

काठमाडौं, २६ पुस । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट पुस २१ गते निस्किएको ‘एकीकरण टर्च र्याली’ धादिङ, नुवाकोट हुँदै मङ्गलबार काठमाडौंको तारकेश्वर नगरपालिका–३, पाँचमानेमा आइपुगेका र्यालीमा सहभागीहरु । तस्बिर : हरिराम भेटुवाल-रासस पुरा पढौ

माघे सङ्क्रान्तिलाई तरुलको जोहो

काठमाडौं, २५ पुस । नजिकिँदै गरेको माघे सङ्क्रान्तिमा बिक्रीका लागि कालिमाटी फलफूल तथा तरकारी बजारमा राखिएको तरुल । तस्बिर : हरिराम भेटुवाल-रासस पुरा पढौ

एकीकृत कारोबार शुभारम्भका क्रममा प्रधानमन्त्री दाहाल

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार ग्लोबल आइएमई बैक र बैंक अफ काठमाण्डू लिमिटेडद्वारा सञ्चालित एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै । तस्बिर : प्रदीपराज वन्त-रासस पुरा पढौ

अहा जुगल हिमाल !

काठमाडौं, २३ पुस । काठमाडौंको शंखरापुर नगरपालिका-५ कातिके भञ्ज्याङबाट देखिएको जुगल हिमालकाे मनाेरम दृश्य। यो हिमाल सिन्धुपाल्चोक जिल्लामा पर्दछ । पुरा पढौ

व्यावसायिक काँक्रो खेती

नवलपरासी, २२ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–१, जुकेपानीमा व्यावसायिक रुपमा किसानले गरेकोे काँक्रो खेती । यो क्षेत्र जिल्लाकै नमूना तरकारी गाउँको रुपमा परिचित छ । तस्बिरः विष्णुप्रसाद गौडेल-रासस पुरा पढौ

आधुनिक पोल्ट्री फर्म

चितवन, २१ पुस । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित अविनाश पोल्ट्री फर्ममा आधुनिक मेसिनले क्रेटमा राखेर पठाएको अण्डा मिलाउँदै श्रमिक । तस्बिर : कृष्ण आचार्य-रासस पुरा पढौ

सुन्तला शीत भण्डारमा राख्न ग्रेडिङ गरिँदै

तेह्रथुम, २१ पुस । तेह्रथुमको म्याङलुङ नगरपालिका–९ साब्लामा १ हजार मेट्रिकटन क्षमताको शीत भण्डार निर्माणपछि पहिलोपटक सुन्तला शीत भण्डारमा राख्न ग्रेडिङ गर्दै किसान । शीत भण्डार सञ्चालनमा आएपछि सुन्तला उचित मुल्य बेच्न पाउँदा कृषक खुसी भएका छन् । तस्बिर : बाला भट्टराई-रासस पुरा पढौ

चाकु बनाउने चटारो

काठमाडौं, २० पुस । माघेसंक्रान्ति नजिकिएसँगै टोखा नगरपालिका-३ मा चाकु बनाउने चटारोमा स्थानीय । तस्बिर : हरिराम भेटुवाल-रासस पुरा पढौ

बिजुलीको पोलमा काम गर्दै कर्मचारी

सिन्धुपाल्चोक, २० पुस । मेलम्ची तिपेनी सडक अन्तर्गत मेलम्ची–१० मा गएराति पहिरोले बिजुलीको पोलमा क्षति गरेपछि अवरुद्ध भएपछि मर्मत गर्दै प्राधिकरणका कर्मचारी । तस्बिर : देवराज सुवेदी-रासस पुरा पढौ

कैदीबन्दीले बुनेका मुढा

कास्की, १९ पुस । कास्की कारागार परिसरमा बिक्रीका लागि राखिएका कैदीबन्दीले बुनेका मुढा । तस्बिर : रामबहादुर थापा-रासस पुरा पढौ