तस्बिर बोल्छ

पोखराको नयाँ बजारमा सडकमै पार्किङ

पोखरा, १ चैत । पोखराको नयाँ बजारमा सडकमै पार्किङ गरिएका मोटरसाइकल । अव्यवस्थित पार्किङले ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ । तस्बिर : रामबहादुर थापा-रासस पुरा पढौ

शुक्लाफाँटामा नाचिरहेको मयूर

महेन्द्रनगर, ३० फागुन । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर । शुक्लाफाँटा ४५९ प्रजातिका चराचुरुंगीको बासस्थान हो । तस्बिरः शेरबहादुर सिंह-रासस पुरा पढौ

नवनिर्वाचित राष्ट्रपतिलाई निवर्तमान राष्ट्रपतिको बधाई

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएपछि बधाई तथा शुभकामना दिँदै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : रत्न श्रेष्ठ-रासस पुरा पढौ

भक्तपुरमा गमला बनाउँदै स्थानीय

भक्तपुर, २९ फागुन । भक्तपुर जिल्लाको दरबार स्वाएर आसपास क्षेत्रमा माटोको गमला बनाउँदै स्थानीयवासी । तस्बिर : चन्द्रकला क्षेत्री-रासस घाममा सुकाइएका गमला पुरा पढौ

अम्रिसोको कुचो बनाउँदै महिला

म्याग्दी, २८ फागुन । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका महिला फुर्सदको समयमा अम्रिसोको कुचो बनाइँदै । बजारमा प्रतिकुचो रु ६० देखि ८० सम्ममा बिक्री हुने गर्दछ । तस्बिर: ध्रुवसागर शर्मा-रासस पुरा पढौ

मनमोहक लोमन्थाङ

मुस्ताङ, २६ फागुन । हिमालपारिको जिल्ला मुस्ताङको लोमन्थाङ । यसले माटाको शहरको उपमा पाएको छ । तस्बिरः वासुदेव पौडेल-रासस पुरा पढौ

अन्नपूर्ण हिमशृङ्खलामा हाँसिरहेको माछापुच्छ्रे

पोखरा, २५ फागुन । पोखरा बजारबाट बिहीबार बिहान देखिएको अन्नपूर्ण हिमशृङ्खला । लामो समयपछि वर्षा हुँदा हिमालहरु सेताम्मे भएका छन् । तस्बिर: कृष्ण दवाडी-रासस पुरा पढौ

राष्ट्रपति पदका उम्मेदवारद्वय पौडेल र नेम्वाङ

काठमाडौं, २५ फागुन । राष्ट्रपति पदको निर्वाचनका दिन मतदानस्थल संसद भवन नयाँबानेश्वरमा एकै साथमा राष्ट्रपति पदका उम्मेदवार द्वय रामचन्द्र पौडेल र सुवास नेम्वाङ । तस्बिरः रत्न श्रेष्ठ-रासस पुरा पढौ

जसलाई नारी दिवसले छोएन

दाङ, २४ फागुन । दाङको बङलाचुली गाउँपालिका–३ का महिला जङ्गलबाट घाँसको भारी बोकेर घर फर्कँदै । 'आज त नारी दिवस हो नि !' भन्ने प्रसङ्गमा आफूलाई कुनै दिवसले नछोएको उनीहरु बताउँछन् । तस्बिर : रञ्जिता अधिकारी-रासस पुरा पढौ

लालीगुराँससँगै रमाउँदै बालबालिका

मनाङ, २३ फागुन । चामे गाउँपालिका-१ गौरिशंकर आधारभुत विद्यालयका बालबालिका राष्ट्रिय फूल लालीगुराँससँगै रमाउँदै । तस्बिर: नवीन लामिछाने/रासस पुरा पढौ