तस्बिर बोल्छ

हाँसिरहेको अन्नपूर्ण

म्याग्दी, १८ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ लेकगाउँबाट देखिएको अन्नपूर्ण हिमाल । तस्बिर : कमल खत्री - रासस पुरा पढौ

सुन्तला बजार पठाउने तयारी

बागलुङ, १८ पुस । बागलुङ नगरपालिका–८ सिगानामा उत्पादन भएको सुन्तला ग्रेडिङ गरेर पोखराको बजमार पठाउने तयारी गर्दै किसान । तस्बिर : खेमराज गौतम-रासस पुरा पढौ

करिब ६ सय वर्ष पुरानो बझाङ दरबार

बझाङ, १७ पुस । बझाङ राज्यका पहिलो राजा शक्ति सिंहको पालामा निर्माण भएको बझाङ राज्यको दरबार । छबिस पाथिभेरा गाउँपालिकाको चौघानपाटाभन्दा अगाडिको डाँडाको टुप्पोमा देखिएको यो राज्य विसं १५०० मा निर्माण सुरू भई विसं १५०२ मा सम्पन्न भएको र १५०३ देखि राजकाज सुरू भएको थियो । त्यस बेलामा राज्य निर्माण गर्नकै लागि सोही ठाउँमा बनाएका इँट्टाको प्रयोग गरेर बनाइएको थियो । तस्बिर: भूमिराज पिठातोली-रासस पुरा पढौ

सौराहामा आन्तरिक पर्यटकको घुइँचो

चितवन, १७ पुस । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का कारण शनिबार साँझ अन्तरिक पर्यटकले भरिभराउ भएको चितवनको सौराहा । तस्बिरः कृष्ण आचार्य-रासस पुरा पढौ

विद्यार्थीले बनाए मकै छोडाउने मेसिन

दाङ, १५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–१२, हरिपौरास्थित मेट्रो कलेजमा अध्ययनरत डिप्लोमा इन मेकानिकल इन्जिनियरिङका विद्यार्थीले बनाएको मकै छोडाउने मेसिन । करिब २० हजारको लागतमा उक्त मेसिन निर्माण भएको हो । तस्बिरः दीपक बोहरा-रासस पुरा पढौ

यस्तो छ कवि शिरोमणि पौडेलको जन्म घर

कास्की, १५ पुस । कास्कीको अर्घौं अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर । उनी जन्मेको पुरानो घरलाई संरक्षण गरेर राखिएको छ । तस्बिरः ऋषिराम बराल-रासस पुरा पढौ

शुक्लाफाँटामा बाघ अनुगमन गर्न राखिएको क्यामेरा

कञ्चनपुर, १४ पुस । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र बाघको अनुगमनका लागि राखिएको स्वचालित क्यामेरा । शुक्लाफाँटामा बाघको सङ्ख्या ३६ रहेको छ । तस्बिरः शेरबहादुर सिंह-रासस पुरा पढौ

म्याग्दीको नारच्याङ झरना

म्याग्दी, १४ पुस । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ गाउँमा पर्ने नारच्याङ झरना । यो झरना पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर : ध्रुवसागर शर्मा-रासस पुरा पढौ

पोखरामा नेपथ्य लाईभ कन्सर्ट

पोखरा, १३ पुस । पोखरामा नेपथ्य – मानवताका लागि साङ्गीतिक अभियानअन्तर्गत मङ्गलबार साँझ पोखराको प्रदर्शनी केन्द्रमा आयोजित ‘नेपथ्य लाईभ कन्सर्ट’ । तस्बिर : रामबहादुर थापा-रासस पुरा पढौ

झापाको सालवारी झिल

झापा, १३ पुस । झापाको अर्जुनधारा नगरपालिकास्थित सुखानीसहित स्मृति प्रतिष्ठान परिसरमा रहेको ‘सालवारी झिल’ । झापामा रहेका पर्यटकीयस्थलहरु मध्ये सालवारी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ठ गन्तव्यस्थल बनेको छ । तस्बिरः सुरेन्द्र भण्डारी-रासस पुरा पढौ