खेलकुद

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलो साता

काठमाडौं, २४ पुस । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सञ्चालन हुने भएको छ । काठमाडौंमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७ गते सम्पन्न हुने छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज खेल तालिका सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब,… पुरा पढौ

भारत–अस्ट्रेलिया टेस्टः स्मिथले बनाए २७औं शतक, अस्ट्रेलिया ३३८ रनमै समेटियो

सिड्नी, २४ पुस । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाली मध्यक्रमका ब्याट्सम्यान स्टिभेन स्मिथले शतक प्रहार गरेका छन् । स्मिथको शतकको मद्दतले अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रनको मध्यम स्कोर खडा गरेको छ । स्मिथले १३१ रनको महत्वपूर्ण योगदान दिएका थिए । वर्षाले प्रभावित खेलमा दोस्रो दिनको खेल दुई विकेटको क्षतिमा १६६ रनबाट अगाडि बढाएको अस्ट्रेलियाले मध्य र पुछारका क्रमका ब्याट्सम्यानको फितलो प्रदर्शनका कारण ३३८ रनमै पूरै टिम समेटिएको थियो । अस्ट्रेलियाका लागि स्मिथ बाहेक प्रारम्भिक ब्याट्सम्यान विल पुकोभ्स्कीले ६२,… पुरा पढौ

महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि

काठमाडाैं, २४ पुस । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको राईले बताए । कोरोनाको जोखिमका कारण लिग लामो समयसम्म सञ्चालन गर्न नसकिएको उनले उल्लेख गरे । आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त… पुरा पढौ

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ शुरु

काठमाडौं, २२ पुस । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ आजदेखि शुरु भएको छ । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा शुरु भएको उक्त प्रतियोगिताको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । उद्घाटनको दिन आज पुरुष र महिलातर्फ १०० मिटर तथा आठ सय मिटरतर्फका खेल सम्पन्न भएका छन् । पुरुष १०० मिटर दौडमा मध्यपश्चिम पृतनाका प्यूठ धर्मेन्द्र सिंह पहिलो हुनुभयो । उहाँले सो दौड १० दशमलव ७८ सेकेन्डमा पूरा गरे र ।… पुरा पढौ

दोस्रो टेस्टः पाकिस्तानको लगातार दोस्रो हार, जेमिसनले लिए ११ विकेट

क्राइस्टचर्च, २२ पुस । अग्लो कदका तिब्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्यूजील्यान्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्यूजील्यान्ड टेस्ट क्रिकेटको विश्व वरियतामा पहिलो नम्बरमा उक्लेको छ । पहिलो इनिङमा पाँच विकेट लिएका काइल जेमिसनले दोस्रो इनिङमा पनि प्रभावशाली खेल प्रदर्शन गर्दै पाकिस्तानका ६ खेलाडी आउट बनाएका थिए । ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए भने केन विलियम्सनले १ विकेट लिएका थिए । पहिलो इनिङमा २९७ रन… पुरा पढौ

१८ औं संस्करणको आहा ! रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार बचत

पाेखरा, २२ पुस । गण्डकी प्रदेशकै उत्कृष्ट फुटवल प्रतियोगिता अन्तर्गत १८ औं संस्करणको आहा ! रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैया बचत भएको छ । गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिताबाट ८८ लाख १० हजार ३ सय ६६ रुपैया आम्दानी हुँदा खर्च घटाएर उक्त रकम बचत भएको सहारा क्लवले जनाएको छ । “खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटनको शहरको रुपमा स्थापित गरौैं ” भन्ने मुलभूत… पुरा पढौ

‘सुदूरपश्चिम खेलकूदको पावर हाउस’ : सिलवाल

महेन्द्रनगर, २१ पुस । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले सुदूरपश्चिम प्रदेश खेलकूदको ‘पावर हाउस’ भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशले ओलम्पियन र खेलकूदमा थुप्रै स्वर्ण दिनुका साथै देशका लागि खेलाडी उत्पादन गरेको बताउँदै यस प्रदेशलाई राज्यको दृष्टिमा पछाडि पार्न नहुने धारणा राखे । आज कञ्चनपुरको महेन्द्रनगरमा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानले आयोजना गरेको प्रतिभावान खेलाडी छनोट घोषणा कार्यक्रममा सदस्य सचिव सिलवालले सुदूरपश्चिम भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, कबड्डी, कुस्तीलगायतका खेलको खेलाडी उत्पादनका निम्ति उर्बरभूमि भएको बताए । “खेलकूदमा म सुदूरपश्चिमलाई… पुरा पढौ

विलियम्सनको दोहोरो शतक, न्यूजील्यान्ड सुदृढ स्थितिमा

क्राइस्टचर्च, २१ पुस । केन विलियम्सनले दोहोरो शतक प्रहार गरेपछि पाकिस्तान विरुद्धको दोस्रो टेस्ट क्रिकेटमा न्यूजील्यान्ड सुदृढ स्थितिमा पुगेको छ । विलियम्सनको यो चौथो दोहोरो शतक हो । न्यूजील्यान्ड टिमका कप्तान समेत रहेका विलियम्सन व्यक्तिगत २३८ रन बनाएर आउट भएका थिए । न्यूजील्यान्डका लागि हेनरी निकोल्सले १५७ तथा डेरिल मिचेलले १०२ रन बनाएर महत्वपूर्ण योगदान दिएका थिए । तेस्रो दिन छ विकेटको क्षतिमा ६५९ रन बनाएर न्यूजील्यान्डले पहिलो इनिङ समाप्त भएको घोषणा गरेको छ । यो घोषणासँगै न्यूजील्यान्डले पाकिस्तान विरुद्ध… पुरा पढौ

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौं, २० पुस । अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उनी आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । लामिछानेको टोली होबार्ट आज भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो । टस जितेर होबार्टले फिल्डिङ रोजेपछि मेलवर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो । जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । होबार्टका लागि बेन म्याक डरमोटले… पुरा पढौ

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : ललितपुर विजयी

काठमाडौं, १९ पुस । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताअन्तर्गत आज भएको वाग्मती प्रदेशको छनोट खेलमा ललितपुर विजयी भएको छ । ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई १२३ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनायो । ललितपुरले दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा त्रिविले नौ विकेट गुमाएर १४५ रन मात्र बनायो । २६९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा त्रिविका लागि पृथु बाँस्कोटाले ४९, सुशान्त तिमल्सिनाले २८… पुरा पढौ