खेलकुद

स्थानीय तहमा खेल मैदान निर्माण हुन्छ ः मुख्यमन्त्री पौडेल

वाग्मती, २८ मंसिर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गरिने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ मा निर्माण हुन लागेको मदन भण्डारी क्षेत्रीय रङ्गशालाको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले आवश्यकताअनुसार रङ्गशाला निर्माण गरिने उल्लेख गरे । प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा खेल मैदान तथा रङ्गशाला निर्माण गर्ने कार्य गरिरहेको उनले जानकारी दिए। कयौँ वर्षदेखि अलपत्र अवस्थामा रहेको हेटौँडास्थित गौरीटारमा प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान तयार पारेको भन्दै मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रियस्तरकै प्यारापिट निर्माणको प्रक्रिया प्रारम्भ… पुरा पढौ

गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता शुरु, टिम नारायणीकाे विजयी शुरुआत

भरतपुर, २७ मङ्सिर । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी शुरुआत गरेको छ । वाग्मती टिमलाई सुपरओभरमा पराजित गर्दै नारायणीले विजयी शुरुआत गरेको हो । सुपरओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्र बनाउन सक्यो । यसअघि वाग्मती र नारायणीले समान ११७ रन बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा प्रतियोगिता शुरु भएको… पुरा पढौ

हिमालयन चितुवा आइतबार ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता’ मा भिड्ने

काठमाडौं, २७ मङ्सिर । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे आइतबार जापानको टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दैछन्। नेपाली समयअनुसार सो प्रतियोगिता अपराह्न ३ बजे हुँदैछ । प्रतियोगिताको जापानी टेलिभिजनले प्रत्यक्ष प्रशारणसमेत गर्ने र भिडन्त हेर्न हजाराैं खेलप्रेमी दर्शकको सहभागिता हुने बताइएको छ । अहिले उनी अन्तिम प्रशिक्षणमा व्यस्त रहेका छन् । युवा समाजसेवी रामनारायण घिमिरेले राससलाई दिनुभएको जानकारीअनुसार अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र… पुरा पढौ

विश्वकप छनोटका ३ खेल नेपालले घरेलु मैदानमै खेल्ने

काठमाडौं, २७ मंसिर । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटवल सङ्घ ९एन्फा० का प्रवक्ता किरण राईले जानकारी दिए । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ । एसियाली… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटलाई कास्कीबाट खेलाडी छनोट

कास्की, २७ मङ्सिर । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ । लुम्बिनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट सङ्घले तीन वैकल्पिकसहित १७ खेलाडी छनोट गरेको हो । कास्की जिल्लाबाट छनोट भएका खेलाडीमा सृष्टी पौडेल, सिर्जना पौडेल, एलिशा क्षेत्री, गङ्गा लुयाली, प्रमिला बानियाँ, शिला रेग्मी, धन छन्त्याल, स्मृति गुरुङ, प्रतिमा बानियाँ, विन्दु थापामगर, त्रिष्ना देवकोटा, मिसेल परियार, प्रतीक्षा सुवेदी र स्मृति कुँवर छनोट हुनुभएको सङ्घका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए… पुरा पढौ

पुरुष तथा महिला फुटबल खेलाडीले अब समान पारिश्रमिक पाउने

काठमाडौं, २६ मङ्सिर (रासस) । नेपाली राष्ट्रिय फुटबल पुरुष तथा महिला खेलाडीले अबदेखि समान पारिश्रमिक पाउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठकले पुरुष तथा महिला खेलाडीलाई समान पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । एन्फाले राष्ट्रिय फुटबल टोलीका खेलाडीको पारिश्रमिकमा समेत वृद्धि गरेको छ । पुरुष तथा महिला खेलाडीले जनही मासिक रु १८ हजार पारिश्रमिक पाउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । लामो समयदेखि खेलाडीको पारिश्रमिकमा वृद्धि हुन सकेको थिएन । पुरुष तथा महिला… पुरा पढौ

शनिबारदेखि सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता

बुटवल, २६ मङ्सिर । रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर सुदीप शाक्य र उदय अर्याललगायत सैनामैना ग्नुगेका छन् । नगरपालिकाको मुर्गियामा आज आयोजना भएको पत्रकार भेटघाटमा सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दबहादुर थापाले नेपाली सेना र नेपाल प्रहरीका खेलाडीले नामसमेत दर्ता गरिसकेको जानकारी दिए । क्लबले रु एक करोड ३१ लाखका लागतमा मुर्गियामा निर्माण गरेको कभर्ड हलमा हुने राष्ट्रियस्तरको प्रतियोगितामा काठमाडौँ,… पुरा पढौ

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

काठमाडौं, २६ मंसिर । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले ११ खेल… पुरा पढौ

फिफा वरियतामा नेपाल १७१औं स्थानमा यथावत

काठमाडौं, २६ मङ्सिर । नेपालको फुटबल बरियता यथावत रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ । नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको बरियता यथावत रहेको छ । बङ्गलादेश फिफा बरियतामा दुई स्थान झरेको छ । गत साता बङ्गलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो । दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान… पुरा पढौ

तिमिल्सिना पश्चिमाञ्चल क्षेत्रीय खेलकुदमा निर्देशक

पोखरा, २५ मंसिर । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखराको निर्देशकमा कृष्ण तिमिल्सिना नियुक्त भएका छन् । राखेपको सदस्यसचिवस्तरीय निर्णयअनुसार उनलाई निर्देशक जिम्मेवारी दिइएको हो । विद्या मर्सानी गत असार १३ देखि सेवानिवृत्त भएपछि सो पद ५ महिनादेखि रिक्त हुँदैआएको थियो । तिमिल्सिना ५ वर्षदेखि उपनिर्देशक थिए । २०४० सालदेखि खेलजीवन सुरु गरेका तिमिल्सिनाले जिम्न्याष्टिकबाट ८ वटा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए । पुरा पढौ