खेलकुद

विश्व ब्याडमिन्टनको बरियतामा नेपालका प्रिन्सको छलाङ

काठमाडौं, ३ माघ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए । दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहेका छन्। विश्व बरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिएका छन् । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा रहेका थिए । नेपालका जुनियर खेलाडी दाहालले पाएकाे यो अहिलेसम्मकै ठूलो… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटः विनोदको शतकको मद्दतमा आर्मी विजयी

काठमाडाैं, ३ माघ । कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गण्डकी प्रदेश विरुद्धको खेलमा भण्डारीले अविजित १११ रनको पारी खेलेपछि आर्मी ९८ रनले विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २८७ रन बनायो । आर्मीका लागि भण्डारीले ७३ बल खेल्दै चार छक्का र नौ चौका प्रहार गरे । यस्तै… पुरा पढौ

श्रीलंका–इङल्यान्ड टेस्ट शुरु

गाले, श्रीलंका, १ माघ । श्रीलंका र इङल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट श्रीलंकाको गालेमा बिहीबार शुरु भएको छ । टस जितेर ब्याटिङ थालेको श्रीलंका पहिलो दिनको पहिलो सत्रमै ६२ रन बनाउँदै तीन विकेट गुमाइसकेको छ । इङल्यान्डका तिब्र गतिका बलर स्टुआर्ट बोर्डले दुई विकेट लिएका थिए । श्रीलंकाका नियमित कप्तान डिमुथ करुनारत्ने बुढी औंलामा चोट लागेपछि खेल्न असमर्थ भएसँगै श्रीलंकाली टोली दबाबमा परेको थियो । श्रीलंकाली टोलीको नेतृत्व दिनेश चन्डीमलले गरेका छन् । एन्जेलो म्याथ्युज (१७) र कप्तान चन्डीमल (२२) बीच… पुरा पढौ

पल्सर स्पोर्टस् अवार्ड:गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

काठमाडाैं, २९ पुस । पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जित्नुभएको छ । विसं २०७६ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै जना उत्कृष्ट खेलाडीका रूपमा घोषित हुनुभएको हो । गौरीकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन । गौरीकाले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा… पुरा पढौ

पोखराको पर्यटनमा ऊर्जा थप्न माघ २३ देखि एनसेल बाह्रखरी गल्फ प्रतियोगिता

पोखरा, २८ पुस । बाह्रखरी मिडिया प्रालिको आयोजनामा माघ २३ देखि २५ सम्म पोखरामा ‘एनसेल बाह्रखरी गल्फ प्रतियोगिता’ हुने भएको छ । कोरोनाका कारण थलिएको पोखराको पर्यटन व्यवसाय प्रवद्र्धनमा सघाउन चौथो संस्करणको सो प्रतियोगिता यसपालि पोखराको हिमालय गल्फ कोर्समा ल्याएको आयोजकले पत्रकार सम्मेलन गरी जनायो । बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले कोभिडले पोखराको पर्यटन निकै समस्यामा परेकोले त्यसलाई केही भए पनि टेवा दिने हिसाबले र यहाँको पर्यटन चलायमान बनाउन पोखरामा गल्फ प्रतियोगिता गर्न लागिएको जनाए । उनका अनुसार प्रतियोगितामा ७२… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ मा

कास्की, २८ पुस । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको छ । सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ ।… पुरा पढौ

पल्सर स्पोर्टस अवार्ड’ वितरण आज

काठमाडौं, २८ पुस । सत्रौं संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आज वितरण हुँदैछ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आज ललितपुरको सातदोबोटोस्थित कराते हलमा कार्यक्रम आयोजना गर्दैछ । कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रम सेमी भर्चुअलका रुपमा आयोजना हुँदैछ । कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा खेलकूद क्षेत्रमा योगदान दिएका १० विधाका व्यक्तित्वलाई पुरस्कार प्रदान गरिदैंछ । मञ्चले यसअघि नै ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको थियाे । ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका सिंह, करातेका… पुरा पढौ

अस्ट्रेलिया-भारत तेस्रो टेस्ट बराबरीमा सम्पन्न

सिड्नी, २७ पुस । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खेलले अस्ट्रेलिया निराश भएको थियो । पाँचौं दिन २ विकेटको क्षतिमा ९८ रनबाट खेल्न थालेको भारतले कूल ५ विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । जितका लागि अस्ट्रेलियाले भारतसामु ४०७ रनको चुनौती दिएको थियो । कुनै पनि टिमले सिड्नीको खेल मैदानमा चौथो इनिङमा २८८ भन्दा बढी रन बनाउन सकेका थिएनन् । सन् २००६ मा दक्षिण अफ्रिका… पुरा पढौ

खुला दौड प्रतियोगिताको उपाधि बस्नेतलाई

गोरखा, २७ पुस । पृथ्वीजयन्तीका अवसरमा आज भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले हात पारे । गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गणमा कार्यरत बस्नेतले निर्धारित दूरी २३ मिनेट २५ सेकेन्डमा पूरा गर्दै पहिलो हुन सफल भए । प्रतियोगितामा नेपाली सेनाका सुनिल थापाले २५ मिनेट २५ सेकेण्डमा पूरा गर्दैै दोस्रो भए । पूर्णबहादुर गुरुङले २५ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हात पार्न सफल भए । नेपाली… पुरा पढौ

तेक्वान्दो संघको वार्षिक साधारणसभा

पोखरा, २५ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले राखेपले मात्र खेलकुदका संरचना बनाउन नसक्ने भन्दै पब्लिक प्राइभेट पार्टनरसीप आधारमा संरचना बनाउनुपर्नेमा जोड दिएका छन् । उनले आफूहरुलेमात्र स्रोत खोज्न नसक्ने भन्दै खेलकुदको समग्र विकासलाई आर्थिक विकाससँग जोड्न सो योजनामा गए खेल दिगो बन्ने बताए । नेपाल तेक्वान्दो संघको वार्षिक साधारणसभाको शनिबार पोखरामा उद्घाटन गर्दै सदस्य सचिव सिलवालले खेलको विकासका लागि जति धेरै मानिसलाई समेट्न सक्यो, त्यति अपनत्व हुने भएकोले खेल क्षेत्रको विकास हुने बताए ।जिम्मेवार पदमा… पुरा पढौ