Uncategorized

अमेरिकाले सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने

वासिङटन मङ्सिर । अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने सोमबार घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो । तर उसले अमेरिकी खेलाडीहरु भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ । गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए । ह्वाइट हाउसकी प्रवक्ता… पुरा पढौ

एसिया कप क्रिकेटका लागि २० जना खेलाडी छनोट

काठमाडौं, २० मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले हिजोमात्रै सम्पन्न यु-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ । क्यानका अनुसार नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्नेछन् । एसिया कप क्रिकेट संयुक्त अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २… पुरा पढौ

पूर्वप्रधानमन्त्री ओलीले मङ्सिर ११ गते चितवनमा रात्रिभोज दिने

वाग्मती, ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने भएका छन् । ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक तथा वाग्मती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार महाधिवेशनको मिति नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ । महाधिवेशन सफल पार्न जिल्लामा निर्माण गरिएका समितिहरुले आफ्ना कामहरु तीव्ररूपमा अगाडि बढाइरहेको बताए । महाधिवेशनलाई सभ्य र… पुरा पढौ

तिहारकाे कोसेली ‘पाल्पाली ढाका’

पाल्पा, १७ कात्तिक । पाल्पा भनेपछि ढाका कपडा सबैका मन मस्तिष्कमा छाएकै हुन्छ । अझ विशेषगरी चाडपर्वका समयमा पाल्पाली ढाकामा ग्राहकको आकर्षण बढ्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई कोसेलीका रुपमा ढाका कपडाबाट उत्पादित सामान दिने चलन छ । अहिले पाल्पाका ढाका पसलमा तिहारलाई सामान किनमेल गर्नेको उत्साह छ । यस पटकको तिहारलाई पाल्पाली ढाका कपडाका सामग्री खरिद गरिसकेकाे रमा पन्तले बताइन । तानसेन नगरपालिका–२ बडिज्ञानटोल बस्ने पन्तले तिहार अर्थात् भाइटीका दिदीबहिनी र दाजुभाइका लागि विशेष पर्व भएकाले पनि कोसेलीका रुपमा ढाका… पुरा पढौ

आर्मी सेमिफाइनलमा प्रवेश

काठमाडाै, १२ कात्तिक  । नेपाल आर्मीले भनिमण्डल भेट्रान्स क्लबलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे । राजुले खेलको छैटौँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाए । यस्तै विकर्णले खेलको १६औँ मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए । हरिले खेलको… पुरा पढौ

व्यवसाय पुर्नजिवनका लागि तत्कालै विज्ञ टोली बनाएर नीति बनाउने : मन्त्री शर्मा

पाेखरा, २५ साउन । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले प्रदेश भित्र रहेका उद्यम व्यवसाय र पर्यटन क्षेत्रमा कोभिडले पु¥याएको क्षती र व्यवसाय पुर्नजिवनको लागि अध्ययन अनुसन्धानको विज्ञ टोली बनाएर आवश्यक नीति बनाउने बताएका छन् । पश्चिमाञ्चल होटल संघ पोखरामा आवद्ध व्यवसायीसँग अन्तरक्रिया गर्दै मन्त्री शर्माले पहिलो प्राथमिकतामा व्यवसायी मजदुरलाई खोप लगाउने काम सुरु भईसकेको बताए । मन्त्री शर्माले भने ‘आफूले कार्यभार समालेकै दिनबाट व्यवसायी र मजदुरलाई अनिवार्य खोपको लागि लागिरहेको छु’ । पोखरालाई सुरक्षित पर्यटन गन्तव्य बनाउनको… पुरा पढौ

७ दिनकी सुत्केरी परीक्षा दिँदै

म्याग्दी, २२ साउन । म्याग्दीको एउटा परीक्षा केन्द्रमा ७ दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन्। विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत मगरले ५ ओटा परीक्षा दिइसकेको प्रधानाध्यापक हरिकृष्ण सुवदीले जानकारी दिए। “हामीले सुत्केरीका लागि छुट्टै स्तनपान कक्षको व्यवस्था गरेका छौँ”, प्रअ सुवेदीले भने। उनका अनुसार सामान्य विद्यार्थी… पुरा पढौ

मास्क अभियान साउन २३ गतेदेखि सञ्चालन गर्ने : मन्त्रालय

काठमाडौं, २१ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि… पुरा पढौ

प्रभु क्यापिटलले ल्यायो “समर डिम्याट स्किम”

काठमाडौं, १० साउन । प्रभु क्यापिटल लिमिटेडले नयाँ स्किम ल्याएको छ । डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोमा डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजना “समर डिम्याट स्किम” आजबाट सञ्चालनमा ल्याएको हो । यस योजना अन्तरगत ग्राहकले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयरप्राप्त गर्नेछन् । यो योजना श्रावण ३२ गतेसम्म सञ्चालन हुने भएको छ । योजना अन्तरगत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोलेका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन… पुरा पढौ

जीप दुर्घटना : तीनको मृत्यु, ११ घाइते

बैतडी, २० असार । सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्युहुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही बर्षका मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरु तीनैजनाको घटनास्थमै मृत्यु भएको जनाइएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार घाइतेहुनेहरुमा… पुरा पढौ