Uncategorized

वीरगञ्ज महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

वीरगञ्ज, ८ असार । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा ‘वैभव वीरगञ्ज’को परिकल्पनालाई साकार पार्ने योजना अघि सारेको छ । महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले १५औँ नगरसभाको अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘वैभव वीरगञ्ज’ को परिकल्पनालाई साकार पार्न वीरगञ्जलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकसित गर्दै यहाँको ऐतिहासक तथा मौलिकतालाई ध्यानमा राखी नगरवासीको उत्कट चाहनाबमोजिम वीरगञ्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाइने घोषणा गरे। “वैभव वीरगञ्ज बनाउने अभियानबमोजिम यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलहरु विन्दवासिनीमाई मन्दिर, पिपराको नर्सिङ… पुरा पढौ

एनएमबि लघुवित्तले बाेलायाे असार २१ मा एजिएम

काठमाडौं, ४ असार । एनएमबि लघुवित्त वित्तीय संस्थाले असार २१ गते साधारण सभा डाकेकाे छ । संस्थाकाे ११ औं वार्षिक साधारण सभा होटल बाराही पोखरामा बिहान साढे ११:३० बजे डाकिएकाे छ । सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको चयन गर्नेछ । सभाले स्वतन्त्र सञ्चालकको र एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको चयन पनि हुने भएकाे छ । सभाले अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरका लागि कार्य गर्ने अख्तियारी, प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिममेवारी सञ्चालक… पुरा पढौ

गाजामा हवाई आक्रमण : दुई हमास नेतासहित पाँच लडाकूको मृत्यु

तेल अभिभ, ९ जेठ । हमासको ट्याङ्क प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् । उनले गाजा युद्धमा इजरायली रक्षा बल (आईडीएफ) विरुद्ध आक्रमण र आतङ्कवादी षड्यन्त्रको नेतृत्व गरेका थिए। इजरायलको आतङ्कवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा अलकारा र गाजा डिभिजनका सूचना प्रणाली प्रमुख फदी सलिमसहित पाँच हमास लडाकू मारिएका छन् । लक्ष्य निर्देशित गर्न सकिने र अधिक विस्फोटक शक्ति भएकाले एन्टी–ट्याङ्क मिसाइलहरू… पुरा पढौ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने, ‘मैले कुनै ठगी गरेकाे छैन, म बहुला हाेईन्’ ‘(Live)

काठमाडौं, ६ जेठ । प्रतिनिधिसभाको बैठक शुरू भएकाे छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा फेरि साढे ४ बजेका लागि निर्धारण गरिएपनि बेलुकी साढे ६ बजेपछि शुरू भएकाे हाे । https://youtu.be/ztk3FqfKeh8 प्रतिनिधि सभामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुलाइ नेपाली कांग्रेसले लगाएकाे आराेपका विषयमा मन्तव्य व्यक्त गरिरहेका छन् । साे क्रममा लामिछानेले भने, 'मैले कुनै ठगी गरेकाे छैन । तिनिहरूले जे सुकै भने पनि म बहुला हाेइन ।' प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले… पुरा पढौ

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

काठमाडौं, २८ वैशाख । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए। पुरा पढौ

लगानीकर्ताको रकम नडुब्ने गरी काम गर्नुपर्छ : अर्थमन्त्री पुन

काठमाडौं, ४ चैत । अर्थमन्त्री वर्षमान पुनले मनग्य आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानीकाे बिस्तार हुनुपर्ने बताएका छन् । आज नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रममा बाेल्दै उनले साे कुरा बताएका हुन्। अर्थमन्त्री पुनले भने, कोषबाट दीर्घकालीन महत्वका पूर्वाधार निर्माणमा लगानी हुनुपर्छ । ठूला आर्थिक वृद्धि हुने खालका क्षेत्रका साथै रोजगारी दिन सकिने क्षेत्रमा लगानी गर्नुपर्छ । कार्यक्रममा अर्थमन्त्री पुनले लगानी कर्ताको पैसा डुब्न नदिनेगरी काम गर्नुपर्ने र त्यसकाे जिम्मेवारी कोषले लिनुपर्ने बताए । अर्थ क्षेत्रमा भएका समस्याहरुकाे बारेमा जानकार… पुरा पढौ

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा

काठमाडौं, फागुन १६ । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा प्रवेश गरेको हो । नेपालले पहिलोपटक वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको हो । नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले समान एक–एक गोल गरे । खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा प्रीतिले गोल गरेपछि नेपालको जित सुनिश्चित… पुरा पढौ

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा

बग्दाद, ८ फागुन । इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले शिया धर्मगुरु मुक्तादा अल-सद्रप्रति वफादार एक जना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गरेका छन् । उनले यस घटनालाई सुरक्षा, स्थिरता र शान्तिपूर्ण सहअस्तित्वका लागि खतरा भएको बताए। रशिदले विज्ञप्ति जारी गर्दै प्रसिद्ध ब्लगर आयसेर अल-खाफाजीको हत्या कानूनको उल्लङ्घन हो भन्दै सुरक्षा बलहरूलाई नागरिकको सुरक्षाका लागि सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिए । उहाँले उक्त घटनाको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन पनि उनले सम्बन्धित पक्षलाई आग्रह गरे। अल-खाफाजी सोमबार बिहान… पुरा पढौ

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६… पुरा पढौ

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

नवलपरासी, २१ माघ । बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । गोली लागेर घाइते हुनुभएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ… पुरा पढौ