Uncategorized

प्रदेश ५ काे बैठकः(लाइभ)

बुटवल, २० असाेज । आजको बैठकमा प्रदेश ५ को राजधानी र नामाकरणका बारेमा मतदान हुने कार्यसूची रहेकाे छ। सभालाइ मुख्यमन्त्री शंकर पाेखरेलले संवाेधन गरेका छन । अन्यले पनि बाेल्ने क्रम जारि छ । नेपाली कांग्रेसले आफ्ना सांसदलाई विपक्षमा मतदान गर्न ह्वीप जारि गरेकाे छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारि गरेको छ । विशेषतः नेपाली कांग्रेसले प्रदेश ५ को राजधानी बुटवलमा हुनुपर्ने माग गरिरहेको छ । सोमबार सभामा नाराबाजि गर्दै विरोध प्रदर्शन गरेको थियो… पुरा पढौ

मनाङमा एउटै ठेकेदारको राज, ठेक्का लिने, काम नगर्ने

मनाङ, १९ असोज । मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ । पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्तरूपमा पाएको योजना अहिलेसम्म अलपत्र छ । मनाङको पुरानो सदरमुकाम थोँचेबाट पल्लोगाउँ तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल विसं २०७३ असारमा ठेक्का लगाइएको थियो । विसं २०७४ साउन २३ मा सक्नुपर्ने शुरुको सम्झौता भए पनि… पुरा पढौ

पहिलो फिल्मबाट निकालिएका राजेश, जो बने ‘महानायक’

‘नेपाली चलचित्र क्षेत्रलाई नै मतलब नगर्ने व्यक्तिले पनि चलचित्र क्षेत्रको एक नाम चिन्छ । त्यो नाम हो– राजेश हमाल ।’ यो कुरालाई धेरैले स्वीकारेका छन् । चलचित्र क्षेत्रकै व्यक्तिहरुले पनि यस कुरालाई नकार्न सकेका छैनन् । हुन पनि हो, गाउँदेखि शहरसम्म राजेशले आफ्नो पहिचान स्थापित गरेका छन् । उनले गाउँका व्यथादेखि शहरका कथासम्म आफ्नो अभिनयमार्फत् दर्शकसमक्ष पस्किएका छन् । आफ्नो चलचित्र यात्रामा राजेश गरिव बने, किसान बने, मजदुर बने । त्यो मात्रै होइन, कुनै चलचित्रमा उनी धनाढ्य शहरिया पनि बने… पुरा पढौ

मनसुन पुनः सक्रिय हुँदा ५ दिन देशभर वर्षा

काठमाडौँ, ७ असोज । नेपालमा अझै ५ दिन वर्षा हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले ५ दिनसम्म देशभर बदलीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा ५ दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुन अन्त्य हुने औसत समय सेप्टेम्बर २३ भए पनि उक्त प्रणालीको प्रभावले अबको केही समय… पुरा पढौ

सुनको मूल्य घट्यो

काठमाडैं, ६ असोज । सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार सुनको मूल्य तोलामा ९७ हजार २ सय रहेकोमा आज मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ । पुरा पढौ

कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुग्यो, एकैदिन थपिए १२०४

काठमाडौं, ३ असोज । कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रादलयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारसम्म कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोनाबाट थप ११ जनाको मृत्यु भएको समेत उनले जानकारी दिए । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार… पुरा पढौ

तोडियो २२० दिन विद्यालय खुल्नुपर्ने मान्यता

काठमाडौं, ३० भदौ । कुनै वर्ष नेपाल बन्द वा हड्तालका कारण लामो समय विद्यालय बन्द हुने स्थिति भएमा शैक्षिक क्षति हुने विश्लेषणहरु गरिएकामा कोरोना महामारीको बढ्दो जोखिमले सो मान्यतामा नीतिगतरुपमै आमूल परिवर्तन ल्याइदिएको छ । वर्षमा २ सयय २० दिन विद्यालय खुल्नुपर्ने र १ सय ९२ दिन पढाइ हुनुपर्ने प्रचलित शिक्षा ऐन र नियमका कानूनी मान्यता परिवर्तन भई वैकल्पिक प्रणालीको सिकाइले मान्यता पाई पाठ्यवस्तुमा समायोजन भएको छ । शिक्षण सिकाइ र अभ्यासमा यो उपक्रम सूचना र सञ्चार प्रविधिको सहज पहुँच… पुरा पढौ

झापामा नेपाल-भारत सीमा केन्द्र बनाएर ५ रेक्टरको भूकम्प

झापा, २६ भदौं । झापाको नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्र बनाएर शुक्रबार बिहान ९ बजेर ३० मिनेट जादा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५ रेक्टर स्केलको भूकम्प गएको हो । पुरा पढौ

बिनाेद चौधरीले जिते काेराेना

काठमाडौं, २० भदौ । उद्योगपति बिनाेद चौधरीले काेराेना जितेका छन् । चौधरीले ट्विट गर्दै आफु काेरानामुक्त भएको पुष्टि गरेका छन् । काेराेना संक्रमित भएपछि चौधरी हाेम आइसाेलेसनमा बसेका थिए । आइसोलेसनमा बसेका चौधरीको शनिबार पुनः परीक्षण गरिएको थियो । शनिबार गरिएको परीक्षणमा नेगेटिभ आएपछि उनले ट्वीटमा सबैको माया र सद्भावले आफूले चाडै कोरोना जित्न सफल भएको उल्लेख गरेका छन् । चौधरी नेपालका सबैभन्दा धनी व्यक्ति हुन् । उनी नेपाली कांग्रेसका सांसद समेत हुन् । पुरा पढौ

उत्तरमा हिमालसम्म जोड्ने योजना-महाकाली करिडोर

महेन्द्रनगर-दार्चुला, भदौ १८ । तराईको उर्वर फाँटदेखि उत्तरमा हिमालसम्म जोड्ने योजनासहित दशक अघि निर्माण थालिएको महाकाली करिडोरको निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिम प्रदेशको लाइफलाइन मानिएको करिडोरको निर्माण कछुवा गतिमा अघि बढेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवबाट सुरु हुने करिडोर निर्माण अझै शुरुआत हुन सकेको छैन् । करिव ४२५ किलोमिटर लम्बाइ भएको करिडोर अन्र्तगत ब्रह्मदेवदेखि जोगबुडासम्म ११ किलोमिटर क्षेत्र पर्छ । “ब्रह्मदेवबाट दुई÷तीन किलोमिटरपछि जंगल शुरु हुन्छ ।” महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले भने “लामो… पुरा पढौ