Uncategorized

प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षा

काठमाडाैं, १४ जेठ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशमा आंशिक देखि  सामान्य बदली  रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको जनाएकाे छ। जेठ १४ गते (शनिबार) दिउँसो : प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत  देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का… पुरा पढौ

रङ्गेली नगरपालिकामा एमाले विजयी

विराटनगर, ९ जेठ । मोरङको रङ्गेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा दिलीप बगडियाले १२ हजार ८५१ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले नौ हजार ६१ मत प्राप्त गरे। उपप्रमुखमा एमालेका भूमाकुमारी पराजुलीले ११ हजार ७९० तथा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गरे। नौ वडा रहेको नगरपालिकामा सबै वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं ६ मा जनता समाजवादी पार्टी नेपालकी सरस्वतीदेवी बहरदारले… पुरा पढौ

कामपाले सार्वजनिक बिदाको दिनमा पनि सेवा दिने

काठमाडौं, ८ जेठ । महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको छ । कामपाको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने कामपाको विभागीय प्रमुख महेश काफ्लेद्वारा जारी सूचनामा भनिएको छ । नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ । केन्द्र सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ… पुरा पढौ

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य फेरि बढ्यो

काठमाडौं, ३१ वैशाख । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको पुनः मुल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैया बढाउने निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ ।डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको जनाएको छ । पुरा पढौ

स्थानीय तह निर्वाचनकाे लागि कामपामा १५६ केन्द्र र ३६३ मतदानस्थल

काठमाडाैं, २९ वैशाख । भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । त्यसैगरी वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार… पुरा पढौ

मिलन डिजी इन्टरनेशनल प्रालिद्धारा जिफानको नयाँ कार्यसमितिलाई बधाई तथा सम्मान

पोखरा, २ बैशाख । मिलन डिजी इन्टरनेशनल प्रालिले सातौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ। नव वर्ष २०७९ आगमनमा अवसरमा शुभकामनासहित मिलन फाउण्डेशन नेपाल, मिलन वल्र्ड डट न्युज र मिलन ट्रष्ट सहआयोजक रहेको कार्यक्रमको प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र मिलन डिजी इन्टरनेशलन प्रालिकी संरक्षक सावित्री गुरुङले उद्घाटन गरेका थिए । जिफानको नवनिर्वाचित अध्यक्ष गुञ्जबहादुर गुरुङ लगायतको कार्यसमितिलाई सम्मानपत्र, फेटा, भाङ्ग्रा, क्रमु, खादा लगायतबाट प्रमुख अतिथि तमु धिं नेपालका… पुरा पढौ

अनिता र प्रवीणको म्युजिक भिडीयो ‘लैजाऊ लैजाऊ’ सार्वजनिक(भिडियाे)

काठमाडौं, २२ चैत । गायिका एवं सञ्चारकर्मी अनिता चलाउनेले ‘लैजाऊ लैजाऊ’ नामको म्युजिक भिडियो बजारमा ल्याएकी छन् । उनी र गायक प्रवीण वेडवालको स्वर रहेको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । नेभर माइन्ड रेष्ट्रोको लगानीमा निर्माण गरिएको उक्त भिडियोमा अर्जुन पोखरेलको शब्द र सङ्गीत तथा निर्देशन र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी तथा नायक आकाश श्रेष्ठ र नायिका रुबिना थापालगायत थुप्रै चर्चित कलाकारको अभिनय रहेको उक्त भिडियोमा गीतको छायाङ्कन मानकृष्ण महर्जन… पुरा पढौ

तनहुँमा वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिँदै

दमौली, १४ चैत । तनहुँमा आगामी वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने भएको छ । कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो । कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्मातालाई सघाउ पु¥याउन कृषिगणना गर्न लागिएको कार्यालय प्रमुख नवराज पोख्रेलले जानकारी दिए। कृषि गणनाका लागि तनहुँमा ६३… पुरा पढौ

चुनावमा भाग लिन मंगोल नेसनलसहित ३६ दल दर्ता

झापा, ८ चैत । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मंगोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार ६ वटा राष्ट्रिय दल र ३० अन्य गरी ३६ वटा दल कार्यालयमा आइतबारसम्ममा दर्ता भएका हुन् । विसं २०७४ को स्थानीय निर्वाचनमा ३२ वटा दल दर्ता भएर निर्वाचनमा सहभागी भएका थिए । यसपटक थप ४ नयाँ दल थपिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । उनले मंगोल नेशनल अर्गनाइजेसन, मौलिक… पुरा पढौ

सीमा पर्यटन प्रवर्धनका लागि आन्तरिक ट्राभल मार्ट सुरू

काठमाडौं, ८ चैत । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले (बोर्डर टुरिज्म) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिज्म मार्ट सुरु गरेको छ । यसैक्रममा पर्यटन बोर्डले यही चैत ११ देखि १३ गतेसम्म प्रदेश नं १ को धरानमा ‘इस्टर्न ट्राभल मार्ट’ आयोजना गर्ने भएको छ । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए। नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यावसायिक गतिविधिको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका… पुरा पढौ