Uncategorized

सांग्रिला बैंकले निषेधाज्ञामा सेवा दिन तोक्यो सम्पर्क व्यक्ति

काठमाडौं, १७ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंकले निषेधाज्ञामा सहज सेवा दिन सम्पर्क व्यत्ति तोकेको छ । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको हो । जसअनुसार काठमाडौ उपत्यकाका विभिन्न शाखाका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको छ भने प्रदेशस्तरमा पनि समन्वयकर्ता छनौट गरी उनीहरुको नाम र सम्पर्क नम्बरको सूची नै सार्वजनिक गरिएको छ । काठमाडौ उपत्यकाका लागि विभिन्न शाखामा १९ जना सम्पर्क व्यक्ति तोकिएको छ । यस्तै,… पुरा पढौ

दोधारा चाँदनीमा सशस्त्र प्रहरीको १९औँ बिओपी उद्घाटन

कञ्चनपुर, १४ वैशाख (। दोधरा चाँदनी नगरपालिकाको पशुपति टोलमा आज सशस्त्र प्रहरीको १९औँ बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सो पोष्टको उद्घाटन गर्दै नेपाली भूमिमा खुला सिमानाका कारण हुने अवैध चोरीतस्करी नियन्त्रणमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गरे। चेलीबेटी बेचबिखन, लागुऔषध ओसारपसार, हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण, सङ्गठित सीमा अपराध तथा सीमा विवादजस्ता गहन समस्याहरू समाधान गर्नका लागि सशस्त्र प्रहरीले… पुरा पढौ

अर्जेन्टिनाका राष्ट्रपति कोभिड-१९ बाट सङ्क्रमित

ब्युनस आयर्स, २१ चैत । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ । कोभिड–१९ को खोप लगाइसक्नु भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ । राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड–१९ पोजेटिभ देखाएको बताएका छन् । शुक्रबार ६२ वर्ष पुगेका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको जनाए । राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक भी खोप लगाएका थिए । उनले दोस्रो… पुरा पढौ

चीनमा आइतबार स्वदेशकै कोभिड १९ का संक्रमित भेटिएनन्

बेइजिङ, १६ चैत । चीनमा हिजो आइतबार स्थानीय स्तरमा नै संक्रमित भएका कोरोना भाइरसका संक्रमितहरु नभेटिएको स्वास्थ्य अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् । उनीहरुले आइतबार चीनमा देशभित्रै संक्रमण सरेका व्यक्ति नभेटिएको बताएका हुन् । चीनको नेसनल हेल्थ कमिनसनले आइतबार चीनमा १५ जनामा कोभिड १९ को संक्रमण त भेटिएको छ तर पनि उनीहरु चीनभित्र नै संक्रमित भएका भने नपाइएको बताएको हो । ती १५ जना संक्रमित चीन बाहिरबाट आएको बताइएको पनि सो समाचारमा जनाइएको थियो । बेइजिङमा आइतबार १५ जना… पुरा पढौ

कर्णाली प्रतिष्ठानमा उपकुलपतिका आकांक्षीको आकर्षण

कर्णाली, ५ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएको फागुन १६ गते तत्कालीन उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद अहिले रिक्त रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन १७ गते प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावललाई आर्थिक तथा प्रशासनिक अधिकारसहितको निमित्त उपकुलपति जिम्मेवारी दिएको छ । त्यस्तै मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा शिक्षाध्यक्ष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीनलाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरेको थियो । मन्त्रालयले फागुन २४ गते तीनै प्रतिष्ठानका रिक्त उपकुलपति… पुरा पढौ

सरकारको नेतृत्व परिवर्तन हुँदैन : मुख्यमन्त्री राई

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालयकाे आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गरे । सर्वाेच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने फैसला गरे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एउटा समूहबाहेक अन्य दलको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई निरन्तरता दिने बताउँदै उनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसलाले सरकारविरोधी समूहलाई सहयोग पुगेको भनाइ राखे । बहुमतप्राप्त प्रधानमन्त्रीले अराजकतालाई परास्त गर्न… पुरा पढौ

सर्वोच्च अदालतको फैसला अनुसार काँग्रेस अघि बढ्छ : देउवा

पोखरा, ६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला अनुरुप नै कांग्रेस अगाडि बढ्ने बताएका छन् । उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’ पोखरामा विहीबार नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनमा बोल्दै नेता देउवाले अदालतलाई जुलुस, ¥याली गरेर दबाब नदिने बताए । हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको देउवाको ठहर छ । देउवाले संसद विघटनको निर्णयबारे… पुरा पढौ

आजबाट एमिकस क्युरीको बहस शुरू हुँदै

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस सकिएको छ । आजबाट अदालतका सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुँदैछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् । उनले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिने भएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएको छ । रिट निवेदकबाट… पुरा पढौ

लक्ष्मी र श्री स्टिलले घटाए मूल्य

काठमाडौं, २१ माघ । व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार, चार मूल्य घटाएका हुन् । लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य रु ७७ कायम गरेका छन् । यसअघि उक्त दुई उद्योगले रु ८१ (भ्याट बाहेक) लिँदै आएका थिए । फलामे डण्डीको मूल्य बढाएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विभागले डण्डी व्यवसायीसँग प्रारम्भिक रुपमा छलफल गरेको थियो ।… पुरा पढौ

विसं २०७८ का लागि १४ पात्रो प्रकाशन स्वीकृति

काठमाडौं, २० माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७८ का लागि १४ पात्रो (पञ्चाङ्ग) लाई प्रकाशन स्वीकृति दिएको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, अठोला पञ्चाङ्ग, तारकेश्वर पञ्चाङ्ग, सूर्य पञ्चाङ्ग, आकाश दर्शन पञ्चाङ्ग, बगलामुखी पञ्चाङ्ग, शुभ पञ्चाङ्ग, बाबा गोरखनाथ पञ्चाङ्ग, कीर्ति पञ्चाङ्ग, सिद्धि पञ्चाङ्ग, खप्तड तारानाथ पञ्चाङ्गलाई स्वीकृति दिइएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। विगत वर्षमा पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्ने गरेकामा यस वर्ष कोरोना महामारीका… पुरा पढौ